बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१६ का ४८ वर्षीय कृष्णप्रसाद ढकाललाई असोज ५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई साउन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उजुरी लगत्तै फरार रहेका आरोपितलाई आफन्तको घरमा…

September 22, 2020  
समस्या पहिचान र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न

कोशी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” पहल कार्यक्रम अन्तरगत असोज ५ गते समस्या पहिचान र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार समूह कोशीका सदस्य, जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य  र आवासको अधिकार सम्बन्धी समस्या…

September 21, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–१ का ३८ वर्षीय बोखिले भनिने उत्तर राईलाई असोज ३ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई धम्की दिएर पटक–पटक बलात्कार गर्दै आएको र अन्तिम पटक असार ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २ गते इलाका प्रहरी कार्यालय…

September 19, 2020  
समस्या पहिचान,सरोकारवाला पहिचान र कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारवालाहरूले शिक्षा र स्वास्थ्यमा सुधारको खाँचोे औल्याएका छन् । भोक्राहा नरसिंह गाँउपालिकामा भदौ २९ गते मानवअधिकार समूहको आयोजनामा भएको समस्या पहिचान तथा  सरोकारवालाको पहिचान र कार्य कार्ययोजना निर्माण विषयक कार्यक्रममा सरोकारवालहरूले सो खाँचो औल्याएका हुन् । मानवाधिकार समूह बैठक तथा अन्तरक्रिया कर्याक्रममा सरोकारवालाहरूले विद्यालयमा नियमित पठनपाठन नभएको…

September 14, 2020  
बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाँउपालिका–१ का १९ वर्षीय हसबुदिन मियाँ र कोशी गाँउपालिका–३ का २० वर्षीय रिजमान मियाँलाई भदौ २७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्वयविरूद्ध भदौ १७ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको…

September 13, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका– ८ का ३६ वर्षीय भोजकुमार लिम्बूलाई भदौ १७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १७ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

September 3, 2020  
अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी सात वर्षपछि गिरफ्तार

अपहरण र शरीर बन्धक मुद्दामा जिल्ला अदालतले ०७० असोज ६ गते दोषी ठहर्‍याउँदै ११ वर्ष कैद सजाय सुनाएपछि फरार भएका भोक्राहा नरसिंह गाँउपालिका–७ का ३७ वर्षीय वुदर भनिने विदुर यादवलाई प्रहरीले सात वर्षपछि भदौ ७ गते गिरफ्तार गरेको छ । अदालतबाट कैद सजायसँगै एक लाख रुपियाँ जरिबानाको फैसला भएपछि फरार…

August 24, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाँउपालिका–४ का ४६ वर्षीय मो.इसाद आलमलाई भदौ ७ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई साउन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ७ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

August 24, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१७ का ३३ वर्षीय टेकबहादुर धामीलाई साउन ३१ गते गिरफ्तार गरेको छ । आरोपितले साउन ३१ गते हतियार देखाएर बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि गिरफ्तार डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन…

August 17, 2020  
प्रहरीले चोरी कबुल गर्न दबाब दिँदै यातना दिएको पीडित पक्षको आरोप

बर्जु गाँउपालिका–५ का ३७ वर्षीय मनिकलाल पण्डितले प्रहरीले चोरी गरेको कबुल गर्न दबाब दिएर यातना दिएको आरोप लगाउनु भएको छ । वैशाख १७ गते रामेश्वर यादवको पानी तान्ने मोटर चोरी भएको र मोटर धनीले वैशाख १९ गते प्रहरी चौकी बर्जुमा उजुरी दिएपछि प्रहरीले सोही दिन गिरफ्तार गरी हिरासतमा यातना दिएको…

May 7, 2020