नेकपा कार्यकर्ताको धम्की पछि तीनदिन देखि वडा कार्यालय बन्द
पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा अध्यक्ष माथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएपछि तीन दिनदेखि वडा कार्यालय बन्द भएका छन् । गत चैत २९ गते राति नेकपाका कार्यकर्ताले चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झण्डा गाडेर विज्ञप्ति प्रकाशन गर्दै कार्यालय नखोल्ने उल्लेख गरेको वडा नम्बर…
अन्नमा श्रम साट्दै 'कथित' दलित परिवार
बिहानको पाँच बजेको हुँदो हो । एउटा हातमा हँसिया, अर्को हातमा कोदालो र टाउकोमा एउटा झोला बोकेको । अलि मैलो अनि थोरै च्यातिएको कपडा लगाएका सभापोखरी गाउँपालिका-३ का रुद्रबहादुर लोहार । यसैगरि छिमकी गाउँमा भेटिन्छन् उनी भन्दा अलि फरक देखिने सुकिलो मुकिलो कोट लगाएर रेडियोको छेउमा बसेका तिनजना राजनीतिक गफ…
सङ्खुवासभा भिडन्तपछि 'छर्रा' बोकेर हिँड्न बाध्य अनुपा
२०५९ सालमा सङ्खुवासभाको चैनपुरमा भएको भिडन्तमा सहभागी अनुपा राई होस आउँदा अनकन्टार जङ्गलमा थिइन् । वरपर कोही थिएनन् । शरीर थिलोथिलो अवस्थामा थियो । दुःखले शरीर घिसार्दै पार्टीको सम्पर्कमा पुग्दा २१ दिन भएको थियो । 'पार्टीको सम्पर्कमा पुग्दा पो बल्ल थाहा भयो आफ्नो मृत्यु भइसकेको भनेर शहीद घोषणा गरिसकिएको रहेछ…
नेकपाको बन्दका दिन अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी
चैनपुर नपा-४ मा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै को २ त ४६६३ नम्बरको ट्याक्टर चैनपुर नपा-४ दोभाने नजिकै चैत ११ गते बिहान ८ बजे पाँचखपन नगरपालिका जलजला जाँदै गर्दा आगजनी गरेका थिए । पाँचखपन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-३ पावाका १४ वर्षीय बालक होमनाथ बिकलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २६ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएकाले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष खड्काले जानकारी दिए । पीडित बालिकाका…
औषधि खरिद गर्न अलमल, स्वस्थ्य सस्थामा रितिदै औषधि
जनप्रतिनिधि र स्वास्थ्यकर्मीबिच समन्वय हुन नसक्दा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने औषधि अझै खरिद हुन सकेको छैन । केन्द्र सरकारले औषधि व्यवस्था गर्न बजेट स्थानीय तहलाई पठाएको भए पनि राज्यको नयाँ संरचनाको कार्यान्वयनमा अलमल हुँदा पूर्वाधार विकासमा मात्र होइन औषधि खरिद समेत रोकिएको छ । अहिलेसम्म जिल्ला अस्पतालसमेत सबै…
बलात्कार गरेको कसुरमा पाचँ वर्षकैदको फैसला
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चिचिला गाउँपालिका-५ का ६४ वर्षीय कविर विश्वकर्मालाई जिल्ला अदालत सङ्खुवासभाले पुस २४ गते ५ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले कसुर ठहर गर्दै ५ वर्षकैदको फैसला सुनाएको अदालतका श्रेष्तेदार राजन बास्तोलाले जानकारी दिए । पीडित महिलालाई…
स्वास्थ्य संस्थामा रित्तिँदै औषधि !
सङ्खुवासभाका १० ओटै स्थानीय तहमा औषधि अभाव सुरू भएको छ । आर्थिक वर्षसुरू भएको ६ महिना बित्न लाग्यो । स्थानीय तहमा २० वर्षपछि जननिर्वाचित प्रतिनिधिसमेत आए तर सरकारले निःशुल्क उपलब्ध गराउने भनेको औषधिसम्म जनताले पाउन सकेका छैनन् । सङ्खुवासभाका १० ओटै स्थानीय तहले औषधि खरिद गरेका छैनन् । यसले गर्दा…
कारागारमा निर्मित वस्तुहरूले बजार पाएन
खाँदबारी कारागारका कैदीबन्दीहरूले उत्पादन गरेको सामानहरूले बजार नपाएपछि विक्री गर्न सकेका छैनन् । कारागारभित्र प्रशस्त मात्रामा सामानहरू उत्पादन गरिए पनि बजारमा विक्री नभएपछि सामानहरू थुप्रिएका छन् । कारागारभित्र ३५ जना कैदीबन्दीले मुडा, टोपी, घरेलु साडी, जाल, नाम्लोलगायतका सामानहरू उत्पादन गर्छन् । तर, उत्पादित वस्तुहरू कारागारको ढोका बाहेक अन्यत्र लगेर विक्री…
काङ्ग्रेस र एमालेका कार्यकर्ताबचि झडप, एमालेका एक कार्यकर्ता घाइते
वाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य सङ्खुवासभाका (ख) का उम्मेदवार तुलसीप्रसाद न्यौपानेको उपस्थितिमा मङ्सिर ७ गते भएको घरदैलो कार्यक्रमबाट घर फर्कँदै गरेका नेकपा एमालेका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच पाँचखपन नगरपालिका-७ को बिहीबारेमा झडप हुँदा झडपमा पनि पाँचखपन नगरपालिका-७ का एमाले कार्यकर्ता ३६ वर्षीय पिण्डेश्वर राई घाइते भएका छन् ।…