पानी अभावमा १० परिवार बसाइ सरे, ३ हजार जनसङ्ख्यालाई शुद्ध खानेपानी अभाव

पाँचखपन नगरपालिका–४ खानीगाउँका १० परिवार खानेपानीको अभावमा बसाइ सर्न बाध्य भएका छन् । सिङ्गो गाउँमा नै खानेपानी नभएपछि पानीकै लागि बसाइ जाने क्रम बढिरहेको छ । ‘खानेपानी अभाव समाधान गर्न नसके अझै बसाइ सर्नेको सङ्ख्या बढ्ने देखिन्छ ।’–पाँचखपन नगरपालिका वडा नं ४ मा अवस्थित गुप्तेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर श्रेष्ठले…

February 24, 2019  
अज्ञात पक्षबाट पावर हाउसमा बम विष्फोट

चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावर हाउसनजिकै अज्ञात पक्षले दुई ओटा बम पड्काएको छ । माघ २४ गते राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा दुई ओटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…

February 8, 2019  
जिल्ला अस्पतालमै छैन सुरक्षित गर्भपतन सेवा, प्राथमिक सेवा केन्द्रमा रिफर

चिचिला गाउँपालिकाकी ४३ वर्षीया एक महिला माघ २१ गते सुरक्षित गर्भपतनका लागि सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पुगिन् । तर दक्ष चिकित्सक नभएको भन्दै उनलाई जिल्ला अस्पतालले चैनपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरिदियो । ति महिला आफुलाई सन्तानको रहर पुगिसकेको र अनिच्छाले गर्भ बसेको भन्दै सुरक्षित गर्भपतन सेवा लिन…

February 6, 2019  
अपरिचित व्यक्तिले वडा कार्यालयमा तोडफोड

भोटखोला गाउँपालिका–३ को वडा कार्यालयमा तोडफोड भएको छ । वडा कार्यालयको झ्याल फुटाएर कार्यालय पसेको नचिनेको व्यक्तिले कार्यालयको सामान तोडफोड गरेको वडाध्यक्ष आम्दिक भोटेले बताए । माघ १६ गते बिहान कार्यालय पुग्दा तोडफोड भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । माघ १५ गते काम गरेर कार्यालय राम्रैसँग बन्द…

January 31, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–३ भोजपुरका २५ वर्षीय सुरेन्द्र राईलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ६ गते यौन दुर्व्यवहार गरी भागेको पीडित पक्षको आरोप छ । पीडित पक्षले माघ ७ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार…

January 21, 2019  
जन्मदर्ता नहुदाँ छुट्यो पढाई !

१३ वर्षीया जुना र ११ वर्षीया लक्ष्मी तामाङका हत्केलाभरी ठेलैठेला छन् । पढाई छुटेपछि यी दिदीबहिनीका कलिला हातले गिटी कुट्नु दिनचर्या बनेको छ । आफ्नो उमेरकाहरू स्कुल गइरहँदा उनीहरू घन लिएर ढुङ्गासँग पैठेजोरी खेलिरहेका हुन्छन् । मकालु गाउँपालिका–५ नुममा उनीहरू ढुङ्गालाई टुक्रा टुक्रा बनाएर भविष्य खोजिरहेका छन् । कलम, कापी…

January 19, 2019  
विष्फोटक पदार्थले स्थानिय त्रसित

सशस्त्र द्वन्द्वको समयमा बिच्छाइएका विष्फोटक पदार्थले सङ्खुवासभा चैनपुरका स्थानीयलाई अझैसम्म पनि त्रसित बनाउने गरेको छ । पुस २० गते मात्रै पनि चैनपुर नगरपालिका–७ मा विष्फोटक पदार्थ फेला परेको छ । द्वन्द्वका समयमा सशस्त्र प्रहरीले आफ्नो व्यारेक आसपास राखेका विष्फोटक पदार्थ हटाइसकेको दावी गरिरहे पनि बेलाबेलामा सो ठाउँमा विष्फोटक पदार्थ फेला…

January 5, 2019  
सूचना दिन मान्दैन स्थानीय तह !

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले केही दिनअघि जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभालाई जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी, कार्यरत सङ्ख्या र रिक्त सङ्ख्याको माग गर्दै सूचना माग ग¥यो । तर, निवदेन दिएको १७ दिनसम्म पनि जानकारी पाएन । सूचनाको हकसम्बन्धी ऐनमा कार्यालयले १५ दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था छ । त्यसपछि इन्सेक जिल्ला प्रतिनिधि बाबुराम…

January 3, 2019  
न इजालस कक्ष, न कानुनी ज्ञान, न त कानुनी सल्लाहकार नै !

न कानुनको जानकार, न त कानुनी सल्लाहकार, अनि इजलास कक्ष त अत्तोपत्तो छैन, सङ्खुवासभाका स्थानीय तहका न्यायिक समितिलाई । स्थानीय तहमा इजलास कक्ष र कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । सङ्खुवासभाका पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १० ओटा स्थानीय तह मध्ये नौ ओटा स्थानीय तहमा इजलास…

December 30, 2018  
द्वन्द्वपीडित भन्छन्ः कि लास चाहियो, कि सास !

सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएकाहरूका परिवारले आफ्ना आफन्तको कि लास कि सास चाहियो भनेर राज्यसँग माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले खाँदबारीमा आयोजना गरेको कार्यक्रममा पीडितहरूले यस्तो माग गरेका हुन् । आयोगका कर्मचारी तथा पदाधिकारीसँग कुरा गर्दै पाँचखपन नगरपालिका–१ स्याबुनकी अम्बिका पुरीले राज्यले द्वन्द्वपीडितको समस्या बुझ्न आलटाल गरेको…

December 17, 2018