महिला कैदीबन्दीलाई दर खुवाइयो

    इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र महिला सञ्जाल सुनसरीको संयुक्त आयोजनामा विराटनगरस्थित कारागारका महिला कैदीबन्दीलाई भदौ १७ गते तिजको दर खुवाइएको छ ।   महिला बन्दी गृहमा गएर ६६ जना महिलाहरूलाई दर खुवाउनुका साथै सृङ्गारका सामान र सेनेटरी प्याड प्रदान गरिएको महिला सञ्जाल सुनसरीकी अध्यक्ष लक्ष्मी गौतमले जानकारी…

September 2, 2016  
भ्रष्टाचार रोक्न सबैको सहयोग आवश्यकः प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका प्रधानन्यायाधीश शुसिला कार्कीले अदालतमा हुने भ्रष्टाचारका विरुद्धमा आफू सक्रिय भएर लाग्ने बताउँदै सबैको सहयोग आवश्यक रहेको बताएकी छन् । सर्वोच्च अदालतले भदौ १० गते विराटनगरमा आयोजना गरेको न्यायिक सुशासन र न्यायमा पहूँच विषयक अन्तरक्रियामा प्रधानन्यायाधीश कार्कीले न्याय क्षेत्रमा भ्रष्टाचार हुने कुरा नकार्न नसकिने भन्दै यसलाई निर्मूल पार्न सबैको…

August 26, 2016  
इन्सेक अध्यक्षद्वारा सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले चुनावबाट निर्वाचित सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । सप्तरीको रायपुर गाविसमा भदौ ७ गते इन्सेकको साझेदार संस्था दलित सेवा समाजद्वारा आयोजित समुदायका नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त कुरामा जोड दिएका हुन् । उनले भने-'जबसम्म राज्य मेरो हो भनेर…

August 24, 2016  
दण्डहीनता समाज विकासको बाधकः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालमा समाज विकासको बाधकका रूपमा दण्डहीनता प्रमुख कारक रहेको बताउँदै यसको अन्त्यका लागि अधिकारकर्मी क्रियाशील हुनुपर्ने बताएका छन् । इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयद्वारा भदौ ५ गते विराटनगरमा आयोजित मानव अधिकार सञ्जाल आबद्ध अधिकारकर्मीहरूसँगको छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले राजनीतिक दलका नेताहरूले हामीले जे…

August 21, 2016