आयोगद्वारा एसएसवीको गोली लागि ज्यान गुमाएका साहको परिवारसँग भेटघाट

राष्ट्रिय मानव अधिकार आयोगले ६ वर्षअगाडि भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली  लागि ज्यान गुमाएका अमाही बरियातीका बासुदेव साहको परिवारसँग भेटघाट गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा पौड्याल नेतृत्वमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापासहितको टोलीले चैत ११ गते साहको घरमा गएर स्थलगत अनुगमन गर्दै परिवारको अवस्थाबारे…

March 24, 2017  
स्थानीय तहबाटै राज्यमा दलित समुदायको समानुपातिक पहुँच हुनुपर्ने

स्थानीय तहबाटै राज्यमा दलित समुदायको समानुपातिक पहुँच प्राप्त गर्न सके मात्र नयाँ संविधानको कार्यान्वयन र्सार्थक हुने चैत ८ गते विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर र रिडेफ नेपालले संयुक्त्त रूपमा आयेाजना गरेको कार्यक्रममा वक्ताहरूले संविधानको सार्थक कार्यान्वयन गराउनका लागि अब…

March 21, 2017  
मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङले चैत ७ गते जिल्ला समन्वय समिति मोरङको कार्यालयमा तालबन्दी गरेको छ । सङ्घीय समाजबादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा गएको टोलीले कार्यालय खुल्ने समयमा तालाबन्दी गर्दै सूचना पाटीसमेत तोडफोड गरेको छ । तालाबन्दीपछि उनीहरूले कार्यालय अगाडि नाराबाजी गरेका थिए । तालाबन्दीका कारण कार्यलयको…

March 20, 2017  
सिफारिस कार्यान्वयन नगर्ने अधिकारीको नाम पनि 'उल्लङघनकर्ता'को रूपमा सूचीकृत गरिने

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले आयोगले सिफारिस गरेको विषय कार्यान्वयन नगर्ने व्यक्तिलाई मानव अधिकार उल्लङनकर्ताको रूपमा सूचीकृत गरिने बताए । विराटनगरमा चैत ६ गते राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको 'आयोगको योजना कार्यान्वयनसम्बन्धी क्षेत्रीय समिक्षा कार्यक्रम'मा सदस्य वस्तीले त्यसका लागि कार्यविधि तयार भइरहेको बताए । मानव अधिकार आयोग…

March 19, 2017  
अज्ञात समूहले गोली हानी सासू-बूहारीको हत्या

मोरङ कटहरी-१ स्थित आदर्श टोलकी ४५ वर्षीया दीपा निरौला (डाँगा) र उनकी बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को गोली हानी हत्या गरेको अवस्थामा चैत ४ गते साँझ शव फेला परेको छ । छिमेकी तथा घर अगाडीको पसलमा क्यारामबोर्ड खेल्नेहरुले समेत हत्या भएको र लुटपाट भएको थाहा नपाउनुले घटना थप…

March 19, 2017  
मान्छेको मानसिकतामा परिवर्तन ल्याउनसके हिंसा न्यूनीकरणः अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मान्छेको मानसिकतामा परिवर्तन ल्याउन सके मात्रै महिला विरूद्धका हिंसामा कमी आउने बताएकी छन् । १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन २७ गते विराटनगरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको महिला हिंसा विरूद्धको अधिकार विषयक क्षेत्रीय सम्मेलनमा उनले समाजमा भएका गलत…

March 10, 2017  
उच्चस्तरीय जाँचबुझ आयोग रङ्गेली घटनाको अध्ययन गर्दै

पछिल्लो मधेस आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडको घटना बारे छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको टोलीले फागुन १९ गते मोरङको रङ्गेलीमा सरोकारवालाहरूसँग घटनाबारे छलफल गरेको छ । गत वर्षमाघ ७ गते युवा सङ्घ नेपालले तराई मधेस जागरण अभियान अन्तर्गत रङ्गेलीमा जनसभा कार्यक्रम आयोजना गर्ने क्रममा आन्दोलनरत मधेसी मोर्चा…

March 3, 2017  
पतिको कुटाइबाट गम्भीर घाइते महिलाको उपचारमा इन्सेकको सहयोग

पतिको कुटाइबाट गम्भीर घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरले माघ १३ गते १० हजार रुपियाँ सहयोग गरेको छ । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार गराइरहेकी मोतेलाई खर्च अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको अपिल गरेपछि…

January 26, 2017  
माओवादी कार्यकर्ताद्वारा जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले माघ १२ गते मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । कार्यलयमा बसिररहेको अवस्थामा शिक्षक नियुक्तिमा भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै माओवादी कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ । ६ जनाको समूहमा जिल्ला…

January 26, 2017  
पूर्वाञ्चलमा नेतृत्व विकास तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २७ गते देखि मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सुरु गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत जिल्लास्तरमा गठन गरिएका मानव अधिकार निगरानी समूहका पदाधिकारीका…

January 11, 2017