बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैत ६ गते बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय राजिव ठाकुरविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले गत फागुन २० गते बलात्कार गरेको आरोपमा न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो । पीडित बालिकालाई आरोपितले घटना सार्वजनिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जना आरोपितलाई चैत १ गते उर्लाबारीबाट गिरफ्तार गरेको छ । प्रहरीले उर्लाबारी नपा-४ का ३७ वर्षीय दीलिप माझी, सोही ठाँउका २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दासलाई गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितहरूले फागुन…
महिला मृतावस्थामा फेला, पति फरार
लेटाङ नपा-२ बुधबारेकी ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी राससले जनाएको छ । गएराति पतिसँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए । मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शङ्कास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर खगेन्द्र…
इन्सेक जिल्ला प्रतिनिधि पुरस्कृत
प्रदेश १ स्तरीय मानव अधिकार पत्रकारिता पुरस्कार-०७४ बाट इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकाल पुरस्कृत भएकी छन् । इन्सेक प्रतिनिधि ढकाललाई १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते सो पुरस्कार प्रदान गरिएको हो । प्रदेशसभा सांसद रामबहादुर रानामगरले ढकाललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । मानव…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
ग्रामथान गाउँपालिका-३ का ३७ वर्षीय हरेराम राजवंशी र कटहरी गाउँपालिका-२ की २२ वर्षीया सजनी राजवंशीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको हो । २५ वर्षीया पवित्रा चौधरीले आरोपितद्वयविरूद्ध फागुन १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार…
प्रहरीद्वारा कम्युनिष्ट पार्टीका ३२ जना कार्यकर्ता गिरफ्तार
मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना केन्द्रीय नेतासहित ३२ जना कार्यकर्तालाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ । सो पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकको तेश्रो राष्ट्रिय सम्मेलनमा भाग लिन आएका कार्यकर्तालाई प्रहरीले कार्यक्रमस्थल सहित विभिन्न स्थानबाट गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी…
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि सुझाव सङ्कलन
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि सुझाव सङ्कलन गर्ने उद्धेश्यले माघ २४ गते विराटनगरमा प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ । युपीआरका लागि गैरसरकारी संस्थाको राष्ट्रिय सञ्जालको सचिवालय इन्सेक, महिला सञ्जालको सचिवालय ओरेक, डर्बान रिभ्यू कन्फरेन्स फलोअप कमिटी र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को संयुक्त आयोजनामा सम्पन्न…
बेवारिसे वम विष्फोट हुँदा एक जना घाइते
मोरङको ग्रामथान गाउँपालिकामा माघ ४ गते वम विष्फोट हुँदा एक जना घाइते भएका छन । ग्रामथान-६ खोरियाटोलका दुर्गाबहादुर रोक्काको खेतमा बेवारिसे वम विष्फोट हुँदा उनका १८ वर्षीय छोरा एकराज रोक्का घाइते भएका हुन् । घाइतेको अनुहार र मुखमा चोट लागेको र दुई ओटा दाँत भाँचिएकोले उनको उपचार विराटनगर स्थित नोबेल…
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्न लागेको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को सम्पादन भेला पुस २४ गतेदेखि विराटनगरमा सुरू भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा प्रदेश नम्बर १ का १४ र प्रदेश नम्बर २ का दुई ओटा (साविक पूर्वाञ्चलका) गरी १६ जिल्लाका…
सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २३ गते मोरङको जहदा गाउँपालिकामा सेवा प्रदायक र सेवाग्राही विच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयका सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो…