आचारसंहिता विपरीत राखिएका झण्डा र व्यानर हटाइयो

विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मोरङको विभिन्न स्थानमा राखेको प्रचार सामग्री निर्वाचन कार्यालयले हटाउन सुरू गरेको छ । मङ्सिर ११ गते केरावारी गाउँपालिका, बेलवारी, पथरीलगायतका स्थानमा राखिएका प्रचार सामग्री हटाइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचार सामग्रीको प्रयोग गरेका…

November 27, 2017  
मोरङका दुई ठाउँमा आठ ओटा बम फेला

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन सकिएको भोलिपल्ट मङ्सिर ११ गते मोरङका दुई ठाउँमा आठ ओटा बम फेला परेका छन् । विराटनगर महानगरपालिका र केरावारी गाउँपालिकामा बम फेला परेका हुन् । विराटनगर-४ स्थित हाम्रो अस्पताल प्रा.ली नजिकै फेला पारिएको सुतली बम सेनाको बम डिस्पोजल टोलीले दिउँसो डिस्पोज गरेको छ…

November 27, 2017  
दीप प्रज्वलन गरेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ

लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर ९ गते साँझ विराटनगरमा दीप प्रज्वलन गरिएको छ । 'लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ' भन्ने नाराका साथ यस वर्ष १६ दिने अभियान सुरू गरिएको हो । हरेक वर्ष नोबेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन गर्ने गरिएको…

November 25, 2017  
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अभियोगमा चार जना गिरफ्तार

नजिकिँदो प्रतिनिधि र प्रदेश सभा निर्वाचनका विरूद्ध गतिविधि गरेको आरोपमा मोरङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार भएका छन् । पार्टीका विद्यार्थी नेता कानेपोखरी गाउँपालिका-४ वयरवनका २१ वर्षीय फणिन्द्र राजवंशीलाई  मङ्सिर १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार बिसीले बताए । राजवंशीलाई…

November 18, 2017  
निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा ०७४ कात्तिक ३० गते निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका कस्तो हुनुपर्छ ? र पर्यवेक्षकले केके कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? भन्दै जान्नु पर्ने बताए । संयोजक…

November 16, 2017  
आचारसंहिता उल्लङ्घन गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी

कटहरी गाउँपालिका-२ का वडा अध्यक्ष किशोरकुमार पाण्डेसहित सदस्यहरू कला राजवंशी र कल्पना कोइरालाले गाउँपालिकामार्फत बाढी पीडित राहत कोषको रकम नेपाली काङ्ग्रेस समर्थकलाई मात्र वितरण गरेको आरोपमा उनीहरूविरूद्ध ०७४ कात्तिक २० गते क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी परेको छ । निर्वाचनको समयमा मत प्रभावित पार्ने गरी एउटा पार्टी निकटका व्यक्तिलाई मात्र…

November 6, 2017  
मोरङमा आचारसंहिता उल्लङ्घनका तीन घटना

निर्वाचन नजिकिएसँगै मोरङमा निर्वाचन आचारसंहिता उल्लङघनका तीन ओटा उजुरी परेका छन् ।  क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा हालसम्म तीन ओटा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । मोरङको क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका डिगबहादुर लिम्बूले आफ्नो क्षेत्र भित्र पर्ने साविक रमिते खोला गाविसमा सोलार…

November 5, 2017  
आचारसंहिता विपरीत स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै उजुरी

निर्वाचनमा मतदातालाई प्रभाव पार्ने हिसावले निर्वाचन आचारसंहिता विपरीत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भन्दै नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनील शर्मा न्यौपानेविरुद्ध नेकपा एमालेको अगुवाइमा बाम गठबन्धनले कात्तिक १७ गते उजुरी गरेको छ । बाम गठबन्धनका तर्फबाट मोरङ-३ का प्रतिनिधि सभाका उम्मेदवार रहेका एमालेका…

November 3, 2017  
इन्सेकद्वारा विर्तामोड घटनाको छानबिन गर्न माग

विर्तामोडमा एक जना सर्वसाधारणको ज्यान जाने गरी भएको घटनाको भर्त्सना गर्दै निश्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन इन्सेकले माग गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाद्वारा हस्ताक्षर गरी कात्तिक १२ गते जारी विज्ञप्तिमा आक्रोशित र अनियन्त्रित भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरिएको र बिना…

October 29, 2017  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा केरावारी गाउँपालिका-६ का २२ वर्षीय गणेश बिकविरुद्ध कारबाहीको माग गर्दै पीडितका आफन्तले असोज २६ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले असोज २१ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २६ गते धरानस्थित…

October 13, 2017