मानव बेचविखन गरेको कसुरमा पाँच बर्षकैदको फैसला

२९ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालत मोरङले वैशाख ५ गते बेलवारी-११ का ३४ वर्षीय योगेश भनिने बासुदेव राई र इटहरी-६ का ३१ वर्षीय कैलाश पोखरेललाई जनही पाँच-पाँच वर्षको कैद सजाय सुनाएको छ । कैद सजायसँगै उनीहरूलाई जनही २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज…

April 18, 2017  
गुणस्तरीय शिक्षाका लागि सरोकारवाला सचेत हुनुपर्छः सरोकारवाला

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय मोरङ तथा अन्य सरोकारवालाहरूबिच चैत ३१ गते विराटनगरमा शिक्षा अधिकारका सवाल र सरोकारवालाहरूको अनुभूति विषयक अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूह मोरङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालय…

April 13, 2017  
निर्वाचनको माहोल राम्रो बन्दै आएको प्रमुख निर्वाचन आयुक्तको भनाइ

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले राजनीतिक स्थिति विस्तारै अनुकूल बन्दै आएकाले निर्वाचनको माहोलसमेत राम्रो बनिरहेको अवस्थामा मधेसी मोर्चालेसमेत निर्वाचनमा भाग लिने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा चैत ३१ गते सञ्चालन गरेको निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रममा उनले खासखास जिल्लामा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको भएपनि उनीहरूले दल दर्ता र…

April 13, 2017  
कृषकको समस्या समाधान गर्न पहल गर्ने सरोकारवालाको प्रतिबद्धता

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला कृषि  विकास कार्यालय मोरङमा चैत ३० गते सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार निगरानी समूह मोरङले आयोजना गरेको कार्यक्रमका सहभागिहरूले मल, विउ, नपाउने, कृषि ऋणमा पहुँच नहुनु, परम्परागत खेती प्रणालीलाई आधुनिक बनाउने जस्ता कुरामा किसान अझै…

April 12, 2017  
निर्धक्क भएर लाग्न मतदान अधिकृतलाई निर्वाचन आयुक्तद्वारा आग्रह

निर्वाचन आयुक्त नरेन्द्र दाहालले हिमाल, पहाड, तराई मधेस सबैतिर एकै चरणमा निर्वाचन गर्ने गरी आयोगले काम अगाडि बढाएको बताएका छन । निर्वाचन आयोगले विराटनगरमा चैत ३० गते स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय गोष्ठिमा उनले निर्वाचनका लागि सरकारले सबैतिर सुरक्षा व्यवस्था मिलाइएकाले निर्वाध रूपमा आ-आफ्नो मतदान…

April 12, 2017  
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धनकुटा चुङमाङ घर भई हाल विराटनगर उमनपा-११ बस्ने ३६ वर्षीय नेत्रबहादुर विश्वकर्मालाई जिल्ला अदालत मोरङले १० वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको इजलासले चैत २९ गते कैदसँगै ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले…

April 11, 2017  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुरमा याङशीला-३ का ४२ वर्षीय टङ्कबहादुर लिम्बुलाई जिल्ला अदालत मोरङले पाँच वर्षकैद फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको इजलासले चैत २२ गते कैदसँगै २० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिलाउने निर्णय गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए । पीडित महिलालाई आरोपितले…

April 5, 2017  
सासूबुहारीको हत्या घटनाका आरोपित गिरफ्तार

दुई साता अघि मोरङको कटहरी-१ मा सासूबुहारीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले विराटनगर उमनपा-१२ का २६ वर्षीय विष्णुकुमार डाँगालाई एक थान पेस्तोलसहित चैत १७ गते गिरफ्तार गरेको छ । चैत ४ गते ४४ वर्षीया दिपा निरौला (डाँगा) र २२ वर्षीया अस्मिता भट्टराई (डाँगा)लाई गोली हानी हत्या भएको जिल्ला प्रहरी…

March 31, 2017  
आयोगद्वारा एसएसवीको गोली लागि ज्यान गुमाएका साहको परिवारसँग भेटघाट

राष्ट्रिय मानव अधिकार आयोगले ६ वर्षअगाडि भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली  लागि ज्यान गुमाएका अमाही बरियातीका बासुदेव साहको परिवारसँग भेटघाट गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा पौड्याल नेतृत्वमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापासहितको टोलीले चैत ११ गते साहको घरमा गएर स्थलगत अनुगमन गर्दै परिवारको अवस्थाबारे…

March 24, 2017  
स्थानीय तहबाटै राज्यमा दलित समुदायको समानुपातिक पहुँच हुनुपर्ने

स्थानीय तहबाटै राज्यमा दलित समुदायको समानुपातिक पहुँच प्राप्त गर्न सके मात्र नयाँ संविधानको कार्यान्वयन र्सार्थक हुने चैत ८ गते विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर र रिडेफ नेपालले संयुक्त्त रूपमा आयेाजना गरेको कार्यक्रममा वक्ताहरूले संविधानको सार्थक कार्यान्वयन गराउनका लागि अब…

March 21, 2017