मध्यराति घरेलु हतियारसहित आक्रमण घटनाका ६ जना आरोपित गिरफ्तार, दोषीलाई कारबाही गर्न अधिकारकर्मीको माग

बुढीगङ्गा गाउँपालिका– २ खारजी कोहबराको मुसहर वस्तीमा आक्रमण गरेको आरोपमा प्रहरीले साउन २३ गते ६ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–१४ का ३६ वर्षीय सञ्जय यादव, ३६ वर्षीय उत्तिमलाल यादव, ४५ वर्षीय राजदेव यादव, २५ वर्षीय ब्रम्हदेव यादव, १८ वर्षीय दीपक साह, ३२ वर्षीय विन्दु यादवलाई गिरफ्तार गरेको…

August 8, 2020  
चिकित्सकमाथि हातपात घटनाका आरोपितलाई कारबाही गर्न माग

कोशी अञ्चल अस्पताल विराटनगरमा कार्यरत चिकित्सकमाथि हातपात घटनाका आरोपितलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले साउन २२ गते माग गरेको छ । साउन २० गते कोशी अञ्चल अस्पतालमा भर्ना गरिएका विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय एक पुरूषको उपचारका क्रममा साउन २१ गते मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृत्तकका आफन्तले…

August 6, 2020  
उपचारका क्रममा कैदीको मृत्यु

जिल्ला कारागार मोरङमा बलात्कार र बहुविवाह कसुरमा सजाय भुक्तान गरीरहेका केरावारी गाउँपालिका–४ का २८ वर्षीय रमेश मगरको साउन १५ गते उपचारका क्रममा मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि साउन १५ गते बिहान कोशी अस्पताल विराटनगर भर्ना गरिएका मगरको उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताउनुभयो ।…

July 30, 2020  
पत्नी हत्याका दोषी रञ्जन कोइरालाको फैसला पुनरावलोकन गरी दोषीलाई कारबाही गर्न अधिकारकर्मीहरूको माग

पत्नी हत्या अभियोगमा कारागारमा सजाय भुक्तान गरीरहेका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाप्रति विराटनगरका अधिकारकर्मीहरूले असहमति जनाएका छन् । साउन १४ गते विज्ञप्ति जारी गर्दै अधिकारकर्मीहरूले ०७७ साउन ८ गते सर्वोच्च अदालतले गरेको फैसला मानव अधिकार सिद्धान्त विपरीत…

July 29, 2020  
कोभिड–१९ को प्रभाव र मानव अधिकार अवस्था विषय अधिकारकर्मीहरूबीच छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को आयोजनामा साउन १४ गते विराटनगरमा कोभिड–१९ को प्रभाव र मानव अधिकार अवस्था विषयक अधिकारकमीहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । “मानव अधिकार संरक्षण र सम्वद्र्वनका लागि मानव अधिकार रक्षकहरूको परिचालन तथा अभिवृद्धि”(डिसीए) परियोजना अन्र्तगत अधिकारकर्मीहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश…

July 29, 2020  
समयमा अस्पतालले भर्ना नलिदाँ उपचारबाट वञ्चित, बिरामीको मृत्यु

कोरोना भाइरसको सङ्क्रमण भए, नभएको पुष्टि माग गर्दै अस्पतालले बिरामी भर्ना नगर्दा उपचार अभावमा उदयपुर कटारी नगरपालिका – ५ का २३ वर्षीय पदमबहादुर राईको साउन ९ गते मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि परिवारले पदमबहादुरलाई साउन ९ गते विराटनगर ल्याएको थियो । सुरूमा बिरामी नोबेल अस्पताल विराटनगर लगिएको थियो…

July 24, 2020  
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेपाल निजामति कर्मचारी सङ्गठनले कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । साउन २ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै सङ्गठनले महामारीलाई नियन्त्रणमा लिने उद्देश्यका साथ जारी भएको कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा ब्यवस्थापन गर्न बनेको मापदण्ड…

July 17, 2020  
जनप्रतिनिधिमाथि खुकरी प्रहार, घटनाका आरोपित गिरफ्तार

केरावारी गाउँपालिकाका अध्यक्ष ४० वर्षीय रोहितबहादुर कार्कीलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले केरावारी गाउँपालिका – १० का ३२ वर्षीय भुवन ठकुरीलाई साउन २ गते गिरफ्तार गरेको छ । आरोपितले पटके करको विषयलाई लिएर केरावारी गाउँपालिका–१० स्थित घरैमा बसिरहनु भएका गाउँपालिकाका अध्यक्षलाई साउन २ गते बिहान पौने १२ बजे…

July 17, 2020  
प्रतिबन्धित नेकपाका पूर्वी कमाण्ड शैन्य विभाग प्रमुख गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको पूर्वी कमाण्ड शैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई प्रहरीले असार ३० गते गिरफ्तार गरेको छ । उर्लावारी नगरपालिका–३ घरबाटै बोहरालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो । गिरफ्तारीमा परेका बोहराको घरबाट कटुवा…

July 14, 2020  
पारिश्रमिक नपाएकोप्रति स्वास्थ्यकर्मीको विरोध

कोरोना भाइरसको बहानामा निजी अस्पताल तथा नर्सिङ कलेजहरूले चिकित्सक तथा नर्सहरूको रोजगारी खोसेर अलपत्र पारेकोप्रति चिकित्सक सङ्घ र नर्सिङ सङ्घले विरोध जनाएको छ । प्रदेश १ मा कार्यरत दश हजार नर्समध्ये सरकारी अस्पतालको सेवा सुविधा बुझ्ने बाहेक निजी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, मेडिकल, हेल्थ तथा नर्सिङ कलेजहरूमा अध्यापन गराउँदै आएकाहरूको…

July 6, 2020