अज्ञात पक्षद्वारा एक्जाभेटरमा आगजनी

भोजपुर नगरपालिका-१२ बेहेरे दोभान र रामप्रसादराई गाउँपालिकाको-५ मानेभञ्याङ्ग जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा भदौ १० गते राति अज्ञात पक्षले आगजनी गरेको छ । अज्ञात पक्षले मार्सेली निर्माण सेवाको एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डपकुमार राजवंशीले बताए । आगजनी भएको क्षेत्रमा शङ्कास्पद वस्तु फेला परेपछि…

August 28, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरापेमा प्रहरीले भोजपुर नगरपालिका-१२ टक्सारका २० वर्षीय बुद्घिमान सुन्दासलाई भदौ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताए । पीडित बालिकाको स्वास्थ्य…

August 27, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर बिकलाई भदौ १ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको भनी पीडितका आफन्तले ३१ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए ।   पीडित बालिकाको स्वास्थ्य परीक्षण…

August 18, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १५ गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पान्डपकुमार राजवंशीले बताए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय भोजपुरमा साउन १६ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीको भनाई…

August 3, 2019  
बलात्कार प्रयास गरेको कसुरमा ६ वर्षकैदको फैसला

२६ वर्षीया महलिलाई बलात्कार प्रायासको कसुरमा रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीका २२ वर्षीय सुजन राईलाई ६ वर्षकैद र ३५ हजार क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश हरिश्चन्द्र इङनामको इजालसले साउन ११ गते मुलुकी ऐन २०७४ को दफा ३४ (३) बमोजिम कैद र क्षतिपूर्तिको फैसला सुनाएको हो । पीडित महिलालालई राईले गत…

July 29, 2019  
कोट र टाई नलगाएको भन्दै कुटपिट गरेको आरोपमा प्रिन्सिपलविरूद्ध प्रहरीमा उजुरी

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-१ स्थायी घर भई भोजपुर नगरपालिका-१ स्थित सगरमाथा अङ्ग्रेजी माध्यमिक विद्यालयमा अङ्ग्रेजी र गणित पढाउने २८ वर्षीय शिक्षक अतित अधिकारीलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका प्रिन्सिपल रमेशकुमार आलेविरूद्ध असार २९ गते प्रहरीमा उजुरी परेको छ । कोट र टाई नलगाई विद्यालयमा आएको भन्दै असार २९ गते कुटपिट गरेको…

July 16, 2019  
भोजपुरमा विप्लव समूह र प्रहरीबिच गोली हानाहान, एक प्रहरीसहित दुईको मृत्यु

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भोजपुर सदरमुकाममा असार २५ गते भएको गोली हानाहानमा एक जना प्रहरी जवान र एक जना विप्लव कार्यकर्ताको ज्यान गएको छ । सदरमुकामको हटिया लाइनमा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाएपछि भएको जबाफी कारवाहीमा प्रहरी जवान सञ्जीव…

July 10, 2019  
नेपाली सेनाद्वारा टाइम बम डिस्पोज

भोजपुर नगरपालिका–६ देउराली चोक नजिकै फेला परेको टाइम बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । असार १८ गते स्थानीयले शङ्कास्पद वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सेनालाई खबर गरी शङ्कास्पद ‘वस्तु’लाई निष्क्रिय बनाएको हो । मोवाइलमा टाइमिङ गरी राखिएको बम डिस्पोज गरेको फस्ट राइफल गण भोजपुरका…

July 3, 2019  
बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भोजपुर नगरपालिका–५ बोखिमका २३ वर्षीय कुमारप्रसाद घिमिरेलाई अदालतले असार ८ गते १० वर्ष कैद र ६० हजार रूपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायधीश हरिश्चन्द्र इङ्गनामको इजलासले सो फैसला गरेको हो । पीडित बालिकालाई घिमिरेले ०७५ फागुन २६ गते होटलमा…

June 25, 2019  
बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका ५६ वर्षीय शतीकुमार राईलाई जिल्ला अदालतले असार ५ गते १४ वर्ष कैदको सजाय सुनाएको छ । न्यायाधीश हरीश्चन्द्र इङ्गनामको इजालसले १४ वर्ष कैद र ३५ हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश दिएको छ । पीडित बालिकालाई राईले ०७५ फागुन…

June 21, 2019