बलात्कार कसुरमा ७ वर्ष कैद फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फिदिम नगरपालिका- १२ का १९ वर्षीय सुमन केरूङ्गलाई अदालतले जेठ २७ गते ७ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासल सो फैसला गरेको हो । अदालतको फैसला लगत्तै कसुरदारलाई कैद भुक्तान गर्न जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी याम चौहानले…

June 11, 2019  
हिंसा पीडित बालिकालाई न्याय दिलाउन इन्सेककर्मीद्वारा प्रहरीमा उजुरी दर्ता

फिदिम नपा-१ की १३ वर्षीया सन्ध्या राईलाई ३४ वर्षीय बुबा समिर राई र २० वर्षीया कान्छी आमा समीक्षा राईले कुटपिट गर्नुका साथै गालीगलौज गरेको भन्दै इन्सेक पाँचथरले जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकाले इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघासमक्ष सहयोगका लागि आग्रह गरेपछि पीडितलाई…

June 10, 2019  
मानव अधिकार रक्षकहरूको चुनौति थपिएकोमा सरोकारवालाहरूद्वारा चिन्ता व्यक्त

मानव अधिकार रक्षकहरूमा चुनौति थपिएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । जिल्ला सदरमुकाम फिदिममा जेठ २५ गते आयोजित मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रममा सहभागिहरूले सो चिन्ता व्यक्त गरेका हुन् । इन्सेकको सहकार्यमा पूर्वाञ्चल मानव अधिकार रक्षक परिषदद्वारा आयोजित कार्यक्रममा इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार…

June 9, 2019  
बालिका हत्या घटनाका मूख्य आरोपित गिरफ्तार

हिलिहाङ गाउँपालिका–४ की १५ वर्षीया शितल योङहाङको हत्या घटनाका मुख्या आरोपित फाल्गुनन्द गाउँपालिका–२ का १९ वर्षीय पदम तामाङलाई प्रहरीले जेठ १९ गते गिरफ्तार गरेको छ । मूख्य आरोपितलाई खोजी गर्ने क्रममा घटना भएको तीन हप्तापछि झापाको दमक बजारबाट गिरफ्तार गरिएको र जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको सो कार्यालयका डिएसपी…

June 2, 2019  
हतियार प्रहारबाट चार बालबालिकासहित नौ जनाको हत्या

मिक्लाजुङ गाउँपालिका–३ मा जेठ ६ गते राति नकावधारीले धारिलो हतियार प्रहार गरी चार जना बालबालिकासहित नौ जनाको सामूहिक हत्या भएको छ । हत्या गरिएका बालबालिकाहरूमा ६ वर्षीया इक्सा शेर्मा, ८ वर्षीया मुना शेर्मा, १३ वर्षीय योजन शेर्मा र १२ वर्षीया आशिका खजुम रहेका छन् । घटनामा ७४ वर्षीय बमबहादुर फियाक…

May 21, 2019  
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कुम्मायक गाउँपालिका–२ का २१ वर्षीय आतारे भन्ने एकल लावतीविरूद्ध जिल्ला अदालतले जेठ २ गते १८ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको हो । फैसलामा कसुरदारबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन भनिएको छ । आरोपित ०७५ माघ…

May 17, 2019  
बालिका हत्या घटनाका आरोपित गिरफ्तार

हिलिहाङ गाउँपालिका–४ की १५ वर्षीया शितल योङहाङको हत्या गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–२ का १९ वर्षीय भगिरथ बाँस्तोलालाई वैशाख ३० गते गिरफ्तार गरेको छ । सोही घटनाका अर्का एक जना आरोपितको विवरण गोप्य राखी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिलकुमार पौडेलले बताए । वैशाख २९ गते बाटो नजिकै घाँटी…

May 14, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फिदिम नगरपालिका–१४ का ४५ वर्षीय धनसिङ फागोसहित तीन जना विरूद्ध वैशाख २९ गते उजुरी दर्ता गरिएको छ । घटनामा संलग्न अन्य दुई जनाको विवरण गोप्य राखी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । पीडित महिलालाई आरोपितत्रयले वैशाख २७ गते बलात्कार गरेको…

May 13, 2019  
बालविवाह घटनाका आरोपित उजुरी दर्ता

१३ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङविरूद्ध वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितका आफन्तले आरोपितविरूद्ध दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । पीडित पक्षको सूचनाका आधारमा आरोपितलाई वैशाख २५ गते गिरफ्तार गरिएको इन्स्पेक्टर पौडेलले…

May 11, 2019  
बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

२७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा ३० वर्षीय नातेदारलाई जिल्ला अदालतले वैशाख १९ गते १० वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको हो । फैसलामा कसुरदारबाट पीडित महिलालाई १ लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिइएको छ । आरोपित ०७५ साउन ३१ गतेदेखि…

May 3, 2019