बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका– ८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई पुस २२ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोख्रेलको पुस २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सजायको फैसला गरेको हो । पीडित महिलालाई आरोपितले ०७७ कात्तिक ९ गते…
मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि अभिलेखीकरण गरिएका घटनाहरूमाथि पुस ७ गते समीक्षा गरिएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
आठराई गाँउपालिका– ७ की २५ वर्षीया नेनुसा खापुङको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति चन्द्रकुमार कन्दङवालाई कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १ गते घरायसी विवादका क्रममा घाँटी थिचेर हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २ गते प्रहरीमा उजुरी दिएको थियो । शवको पोष्टमार्टम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका–३ का २४ वर्षीय रनबहादुर खवासलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७६ पुस १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ असोज २३ गते इलाका प्रहरी कार्यालय आठराईमा उजुरी दिएको थियो । बलात्कारपछि गर्भवती भएकी बालिकाकाले…
कांग्रेस कार्यकर्ताद्धारा स्टेज तोडफोड गरेको आरोप
म्याङलुङ नगरपालिका– ८ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले असोज २० गते हुने कार्यक्रमका लागि तयार गरेको स्टेज नेपाली कांग्रेसका कार्यकर्ताले असोज १९ गते राति तोडफोड गरेको आरोप नेकपा वडा कमिटिले लगाएको छ । नेकपा वडा कमिटीले असोज २० गते आयोजना गर्न लागेको जनप्रतिनिधि र नगरवासीबिच अन्तरक्रिया कार्यक्रमको लागि…
बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–५ का १३ र १४ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितद्वयविरूद्ध असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका…
हत्या घटनाका आरोपित गिरफ्तार
मेन्छ्यायेम गाउँपालिका– ६ मोराहाङका ६२ वर्षीय वृद्ध डम्वरबहादुर लिम्वुलाई गलत औषधि चलाएर हत्या गरेको आरोपमा प्रहरीले क्लिनिक सञ्चालक पुष्पराज ढुङ्गानालाई वैशाख ५ गते गिरफ्तार गरेको छ । सामान्य बिरामी हुनु भएको बुबा क्लिनिकमा इजेक्सन लगाएको पन्ध्र मिनेट भित्रैमा बित्नु भयो,क्लिनिक सञ्चालकले लगत औषधि चलाएर बुबाको मृत्यु भएको छोरा दिनेश लिम्बूले…
हत्या घटनाका आरोपितद्वय गिरफ्तार
आठराई गाँउपालिका–४ की २८ वर्षीया बिन्दा पुरीको फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुरेन्द्र पुरी र २५ वर्षीय बालकृष्ण पुरीलाई चैत १ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई जिल्ला सुनसरी इटहरी उपमहानगरपालिकाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो । बिन्दाको ०७६ फागुन २९ गते…
हत्या घटनाका आरोपित गिरफ्तार
आठराई गाँउपालिका–४ की २८ वर्षीया बिन्दा पुरीको फागुन २९ गते घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । फागुन २९ गते बिहान घाँटी रेटिएको अवस्थामा घरमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाको हत्या आफन्तैबाट हुन सक्ने भएको इलाका प्रहरी कार्यालय संक्रान्तिका इन्स्पेक्टर सेशकराम थान्दारले बताउनुभयो ।…