बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मैवाखोला गाउँपालिका-१ का २३ वर्षीय सुवास लिम्बु र २२ वर्षीय लाक्पा शेर्पालाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले चैत १० गते बेलुकी बलात्कार गरेको आरोपमा पीडितले चैत ११ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिका-७ घर भई फुङलिङ नगरपालिका-२ बस्ने ३३ वर्षीय रामकुमार राईलाई चैत ८ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
तीन वर्षदेखि टहरामै पठनपाठन !
पहिरोले विद्यालयको भवन बगाएपछि मिक्वाखोला गाउँपालिका-३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी तीन वर्षदेखि टहरामै बसेर पढ्न बाध्य भएका छन् । ०७२ जेठ २७ गते पहिरोले भवन बगाए यता उक्त विद्यालयका १ सय २५ भन्दा बढी विद्यार्थी टहरामै पढ्न बाध्य भएका हुन् । २०६८ को भुकम्पले चर्काएका असुरक्षित भवन समेत विद्यार्थीको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ताप्लेजुङबाट १ वर्ष कैदको फैसला सुनाइएका फक्ताङलुङ गाउँपालिका-४ का २६ वर्षीय सविन मावोहाङ लिम्बुलाई माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ । लिम्बुलाई माघ १७ गते कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । २०७० सालमा जिल्ला अदालतबाट बलात्कार अभियोगमा फैसला…
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा एकजना गिरफ्तार
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची व्यूरो इन्चार्ज ४० वर्षीय सन्तोष पतङवा (सुमन)लाई मोरङ्को विराटनगरस्थित न्यूरो अस्पतालबाट कात्तिक २३ गते गिरफ्तार गरेको छ । मेची व्यूरो इन्चार्ज सुमनकी २८ वर्षीया पत्नी बिमला हाङवाङका अनुसार उनी कात्तिक १६ गते मोटरसाइकल दुर्घटनामा घाइते भई सोही…
ताप्लेजुङमा २२ ओटा मतदानस्थल अति सम्वेदनशील
ताप्लेजुङमा पहिलो चरण अन्तर्गत मङ्सीर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्धारित ७३ मतदान स्थलहरूमध्ये २२ मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसिका अनुसार सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील बाहेक २० ओटा मतदान स्थललाई सम्वेदनशील…
उम्मेदवारको घरमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा कालोझण्डा
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले प्रदेशसभा (ख) का बामगठबन्धन (नेकपा माओवादी केन्द्र) का उम्मेदवार आठराई त्रिवेणी गाउँपालिका-५ का टङ्क आङबुहाङ लिम्बुको घरमा ०७४ कात्तिक २२ गते कालो झण्डा गाडेर निर्वाचनको बिरोध जनाएका छन् । नेकपाका कार्यकर्ताले गाडेको कालोझण्डा सुरक्षाकर्मीले कात्तिक २२ गते नै हटाएको छ । जिल्ला प्रहरी…
बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै २२ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले १० वर्ष र हाडनातामा बलात्कार गरेको आरोपमा ३ वर्षथप गरी १३ वर्षकैद फैसला सुनाएको छ । पीडित बालिकालाई आफ्नै नातेदारले बलात्कार गरेको ठहरसहित आलातले वैशाख ३१ गते १३ वर्षकैदको फैसला भएको अदालतका श्रेस्तेदार गोपाल थापाले…
बालिका बलात्कार गरेको ठहरसहित १० वर्षकैदको फैसला
आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा थुकिमा-४ का २० वर्षीय भाटे भनिने बुद्धवीर लिम्बूलाई पुस ५ गते जिल्ला अदालतले १० वर्षजेल सजायको फैसला गरेको छ । न्यायाधीश अशोककुमार बस्नेतको इजलासले पीडित बालिकालाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत फैसला गरेको अदालतका श्रेष्तेदार गोपालप्रसाद थापाले जानकारी दिए । पीडित बालिकालाई आरोपितले गत…
ताप्लेजुङमा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
इन्सेक ताप्लेजुङको आयोजनामा मङ्सिर २५ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित मानव अधिकार हनन् र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि देवराज गुरुङले सन् २०१६ को यो अवधिमा जिल्लामा भएका मानव अधिकार हनन् र ज्यादतीका १८ ओटा घटना सार्वजनिक गरे ।…