बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत बिकलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित र पीडक दुवै पक्ष छलफलका लागि पुगेका बेला प्रहरीले आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर लक्ष्मणबहादुर थापाले बताए । पीडित बालिकालाई आरोपितले मङ्सिर…

November 27, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाँउपालिका-१ थिङ्लाबु याक्तेलीका ४८ वर्षीय वर्ते जेठा भन्ने धनबहादुर लिम्बूलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई गत साउन १३ गते बलात्कार गरेको आरोपमा पीडितले मङ्सिर ७ गते आरोपितविरूद्घ प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह…

November 26, 2018  
मानव अधिकार रक्षाका लागि सबैको भूमिका समान रहनेमा सरोकारवालाहरूको जोड

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ताप्लेजुङमा कात्तिक २९ गते सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले मानव अधिकार साझा विषय भएकाले मानव अधिकारको रक्षाका लागि सबैको भूमिका समान हुनु पर्नेमा जोड दिएका छन् । समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी…

November 16, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मैवाखोला गाउँपालिका-५ फाकुम्बाका २३ वर्षीय कमल थोप्रा लिम्बूलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न अर्का आरोपित डिके खुइले भनिने सुमन थोप्रा लिम्बू भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितद्वयले भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडितका बावुले…

August 23, 2018  
१० महिनाका जुम्ल्याहा छोरीको हत्या गरी आमा फरार भएको आरोप

पाथीभरा याङवरक गाँउपालिका-२ थेचम्बुस्थित लतेवारीमा २० वर्षीया कमला बिकले कुटपिटपछि शौचालयमा फालेर १० महिने जुम्ल्याहा छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । मृतक बालिकाद्वयलाई आरोपितले साउन २६ गते कुटपिटपछि शौचालयमा फालिएका जुम्ल्याहामध्ये गङ्गालाई स्थानीयले मृत अवस्थामा फेला पारेका थिए । नाजुक अवस्थामा उद्घार गरिएकी जमुनाको उपचारका क्रममा साउन ३० गते…

August 16, 2018  
बलात्कार प्रयासका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका-४ का ३५ वर्षीय निमतेञ्जी शेर्पालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन २७ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन…

August 14, 2018  
बलात्कार गरेको कसुरमा तीन वर्षकैदको फैसला

४३ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा ३५ वर्षीय पतिलाई जिल्ला अदालत ताप्लेजुङले जेठ ३० गते तीन वर्षकैद र पीडकको अंश भए अंशबाट दिने र नभए नेपाल सरकारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । पीडित महिलालाई आरोपितले ०७१ साउन ३० गते बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा भदौ ३०…

June 14, 2018  
बलात्कारका कारण गर्भवती भएकी बालिका उपचार पाउनबाट वञ्चित

बलात्कारका कारण गर्भवती भएकी १३ वर्षीया बालिका विराटनगरस्थित कोशी अस्पताल भर्ना भएको चार दिनसम्म पनि अस्पतालको सेवा पाउनबाट वञ्चित भएकी छिन् । चैत १४ गते कोशी अस्पताल भर्ना भएपनि छोरीको उपचारबारे अस्पताल प्रशासनले कुनै जानकारी नदिएको पीडितकी ४० वर्षीया आमाले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिइन् । पीडितकी आमाले भनिन्-'गर्भ छिप्पिएकाले…

March 31, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मैवाखोला गाउँपालिका-१ का २३ वर्षीय सुवास लिम्बु र २२ वर्षीय लाक्पा शेर्पालाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले चैत १० गते बेलुकी बलात्कार गरेको आरोपमा पीडितले चैत ११ गते  दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

March 27, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिका-७ घर भई फुङलिङ नगरपालिका-२ बस्ने ३३ वर्षीय रामकुमार राईलाई चैत ८ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…

March 24, 2018