शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयको आयोजना र इन्सेकद्वारा नगरपालिकामा गठित मानव अधिकार समूहको संयोजनमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्र्तगत शिक्षाको अधिकारका…
बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ वर्ष आठ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको पुस २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले इन्सेक…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारत,किसनगञ्ज पौखालीथाना स्थायी घर झापा गाउँपालिका–३ मा बसोवास गर्दै आएका २१ वर्षीय समीर खानलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश इन्दिरा शर्माको पुस २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ…
बलात्कार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला
२३ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई चार वर्ष आठ महिना कैद सजायको सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको पुस २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी २५ हजार रुपियाँ कसुरदारबाट भराउन आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले इन्सेक प्रतिनिधिसँगको भेटमा…
समस्या पहिचान तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगर कार्यालयको आयोजनामा वुद्धशाान्ति गाउँपालिकामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण कार्यक्रम पुस १३ गते सम्पन्न भएको छ । “ स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तर्गत शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकार सम्बन्धी समस्या पहिचना तथा सरोकारवाला पहिचान…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इन्सेक झापाको आयोजनामा पुुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम शनिश्चरेमा सम्पन्न भएको छ । जिल्लामा सन् २०२० को जनवरीदेखि डिसेम्वर १५ सम्मको अवधिमा भएका मानव अधिकारका घटनाहरूमाथि समीक्षा गरिएको छ । जिल्लामा हत्याको १० ओटा, हत्या प्रयास १५ ओटा, बलात्कार तथा…
यौन दुर्व्यवहार घटना आरोपित विरूद्ध प्रहरीमा उजुरी
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गौरीगञ्ज गाँउपालिका–२ कुञ्जीबारीस्थित सशस्त्र सीमा सुरक्षा बलमा कार्यरत ५३ वर्षीय असई सूर्य कटुवालविरूद्ध मङ्सिर २४ गते इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २१ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले अधिकारकर्मीको सहयोगमा आरोपितविरूद्ध प्रहरीमा…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया ज्येष्ठ नागरिक माइना हस्दाको मङ्सिर २४ गते हत्या गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । वृद्धाको शव मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पाऊपाथीभरा मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गको कल्भर्टमुनि भेटिएको भन्दै आरोपित आँफैले मङ्सिर २५ गते प्रहरीलाई खबर…
पत्रकार कुटपिट घटनाका आरोपित कर्मचारी गिरफ्तार
मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय पत्रकार खगेन्द्र घिमिरेलाई समाचार सङ्कलनका क्रममा कुटपिट गरेको आरोपमा प्रहरीले मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पत्रकार घिमिरले मङ्सिर १६ गते सेवाग्राहीसँग कर्मचारी इन्द्र राजवंशीले १० हजार रुपियाँ घुस लिएको दृश्य क्यामरामा कैद गरी समाचार सङ्कलन गरेपछि मालपोत…
समस्या पहिचान तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सञ्चालन गरिरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी ‘समस्या पहिचान, सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण कार्यक्रम’ मङ्सिर १९ गते सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले नगरपालिका भित्र भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको…