बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय मामालाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर राजीव श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा…
स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्य प्रभावकारी बनाउनु पर्नेमा जोड
नागरिक समाजका अगुवाहरूले स्थानीय सरकार र नागरिक समाजका बीचमा सहकार्य कमजोर रहेको औँल्याएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सदरमुकाम ओखलढुङ्गामा आयोजना गरेको नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा नागरिक संस्थाका अगुवा तथा सञ्चारकर्मीहरूले स्थानीय सरकारले सहकार्यमा चासो नदिएको गुनासो गरे ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला सप्तरी स्थायी घर भई अस्थायी प्रहरी चौकी श्रीपुरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादवलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २३ गते…
कार्यालयमै हातपात गरेको आरोपमा वडाध्यक्षविरूद्ध प्रहरीमा उजुरी
चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष ३७ वर्षीय सुरेश थापालाई गाउँपालिकाको कार्यालयमा काम गरिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेर हातपात गरेको आरोपमा चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष ४३ वर्षीय अजय लुइटेलविरूद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पीडित पक्षले उजुरी दिएको छ । अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुङ्गानालाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा चिसङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्मरबहादुर राना मगरलाई प्रहरीले साउन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १ गते घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर राजीव…
गोरखापत्र दैनिकका समाचारदाता भट्टराईलाई मार्ने धम्की
गोरखापत्र दैनिकका ओखलढुङ्गा समाचारदाता मनोजबहादुर भट्टराईलाई ठगी मुद्दामा फरार रहेका एक निजी कम्पनीका सञ्चालक सुवास कार्कीले असार २१ गते मार्ने धम्की दिएका छन् । सिड्स ब्याङ्क नामक बिउजिन कम्पनीका सञ्चालक चम्पादेवी गाउँपालिका–६ का सुवास कार्कीले आफूविरूद्ध समाचार लेखेको भन्दै फेसबुकमार्फत पत्रकार भट्टराईलाई मार्ने धम्की दिएका हुन् । कार्की ठगी मुद्दामा…
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२८ वर्षीया महिलालाई मोलुङ गाउँपालिका–६ स्थित श्रीचौर प्रहरी चौकीका असई पर्शुराम बिकले यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई सो प्रहरी चौकीका प्रमुखसमेत रहेका असई बिकले मादक पदार्थ सेवन गरेर असार ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी गरेको छ ।…
भूकम्प पीडितका सवाल सम्बोधन गर्ने वडा कार्यालयको प्रतिबद्धता
मोलुङ गाउँपालिका–७ मा वडा कार्यालयले प्रवाह गरेका सेवा र भूकम्पपछिको पुनः निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र ७ नं. वडा कार्यालयको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २१ गते ७ नं. वडा कार्यालय नजिकै तालकोटबजारमा गरिएको थियो । सुशासन नेपालले सहजीकरण…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरी फरार भएको आरोपमा प्रहरीले लिखु गाउँपालिका–३ का वडा सदस्य ५६ वर्षीय विष्णु श्रेष्ठलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७५ चैत ७ गते बलात्कार गरेको आरोपमा उनीविरूद्ध चैत ९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उजुरी दर्ता गरिएको थियो । श्रेष्ठ चैत…
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले मानेभञ्याङ्ग गाँउपालिका–५ का ३५ वर्षीय वेकबहादुर राईलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । मानेभञ्याङ्गमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका आरोपित प्रहरीको रेकर्डमा विप्लव कार्यकर्ता रहेकाले गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले बताए ।…