बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कारपछि फरार रहेका त्रियुगा नगरपालिका–८ बोकेढिकका २० वर्षीय सञ्जय राउतलाई प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार ४ गते बलात्कार गरी फरार रहेका आरोपितलाई पीडित पक्षले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनअनुसार खोजतलासका क्रममा प्रहरीले त्रियुगा नपा–११ सङ्गमटोलबाट गिरफ्तार गरेको हो…

August 3, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिका बलात्कारपछि फरार रहेका त्रियुगा नगरपालिका–१५ वेतेनीका ५१ वर्षीय कृष्णबहादुर मगरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले साउन १६ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई असार ५ गते बलात्कार गरी फरार रहेका आरोपितलाई प्रहरीले राति १० बजे सोही वडाको रानीबासबाट गिरफ्तार गरेको हो ।   आरोपितविरुद्ध पीडित…

August 3, 2019  
चार ओटा गाउँपालिकामा खाद्यान्नको सङ्कट, आपूर्तिका लागि हेलिकोप्टरको माग

दुई साताहदेखि अवरूद्घ सडक सुचारू हुन नसकेपछि उदयपुरको विकट चार ओटा गाउँपालिकामा खाद्यान्न सङ्कट देखिएको छ । असार २६ गतेको भारी वर्षाले सिद्धिचरण र सगरमाथा लोकमार्गसँगै ग्रामीण सडकहरू कामै नलाग्ने गरी भत्किए पश्चात पहाडी क्षेत्रमा खाद्यान्न सङ्कट देखिएको हो । सदरमुकामलगायतका मुख्य व्यापारिक केन्द्रबाट पहाडी भेगमा जाने सबै सडक पहिरोले…

July 24, 2019  
बाढीका कारण सुत्केरी र गर्भवती समस्यामा

गत असार २६ गते खोला गाउँ पसेपछि चार महिनाको दूधे बालक च्यापेर घरबाट निस्किएकी बेलका नगरपालिका–१ पलारकी रोजी नेवार यतिबेला सुखनी आधारभूत विद्यालय सप्तरीमा आश्रय लिएर बस्दै आएकी छिन् ।   आधा किलोमिटर टाढा रहेको त्रियुगा खोला गाउँ पसेपछि उनलाई स्थानीयले उद्दार गरी घरबाट निकालेका थिए ।   ‘१० मिनेट…

July 22, 2019  
उदयपुरमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा बृद्धि

उदयपुरमा मानव अधिकार उल्ल्ङघन् र ज्यादतीका घटना बढ्दै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कले देखाएको छ । इन्सेक उदयपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा असार २२ गते जिल्लाको मानव अधिकार अवस्था सार्वजानिक गर्दै महिला र बालबालिका सबैभन्दा बढी पीडित भएको प्रतिवेदन सार्वजनिक…

July 8, 2019  
उदयपुरका दई मुख्य बजारमा दुई ओटा बम फेला, सेनाद्वारा डिस्पोज

उदयपुरका दुई मुख्य बजारमा असार १० गते दुई ओटा बम फेला परेको छ । त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तिर्थ श्रेष्ठको घर अगाडि बम फेला परेको हो । सदरमुकाममा फेला परेको बम सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । शङ्कास्पद बस्तु…

June 25, 2019  
घाँटी रेटी सौताको हत्या, आरोपित गिरफ्तार

कटारी नगरपालिका–४ मरूवाकी २० वर्षीया लक्ष्मी राईलाई ३० वर्षीया सौता सीता राईले असार ८ गते घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । ३१ वर्षीय पति प्रधान राईले लक्ष्मीलाई कान्छी पत्नीको रूपमा घरमा भित्र्याएपछि जेठी पत्नी सीता अलग्गै बस्दै आएकी थिइन् । पतिले कान्छी पत्नी ल्याएपछि उनी मानसिक रूपमा विक्षिप्त…

June 23, 2019  
क्याम्पसको कक्षाकोठामा प्रवेश गरी कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

चौदण्डीगढी नगरपालिका–६ स्थित ज्योति बहुमूखी क्याम्पस बेल्टारमा अध्ययनरत सोही नपा–७ का २२ वर्षीय अजय राईलाई व्यक्तिगत रिसइबी साँध्न असार १ गते क्याम्पसकै कक्षाकोठाभित्र प्रवेश गरी कुटपिट गरेको आरोपमा चौदण्डीगढी नपा–२ का २० वर्षीया रमिला बस्नेत, त्रियुगा नपा–१० का २७ वर्षीय चित्र कार्की र त्रियुगा नपा–११ का २७ वर्षीय देवराज राईविरूद्ध…

June 18, 2019  
विद्यार्थीले अस्वाभाविक व्यहार देखाउन थालेपछि साताका लागि विद्यालय बन्द

त्रियुगा नगरपालिका–६ स्थित घनचक्रे आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले अस्वाभिक व्यवहार देखाउन थालेपछि जेठ २१ गतेदेखि २७ गते सम्म विद्यालय बन्द गरिएको छ । जेठ १७, १९ र २० गते नौ जना विद्यार्थी मुर्छा पर्ने, रूने, कराउने, दारा किट्ने, चिच्चाउने, थरथर काप्ने लगायतका ब्यवहार देखाउन थालेपछि एक साताका लागि विद्यालय बन्द…

June 5, 2019  
बलात्कारको प्रयास गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१८ वर्षीया सुस्तमनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कटारी नगरपालिका २ गराँसका ६७ वर्षीय रामबहादुर विष्टलाई जिल्ला अदालतले जेठ १४ गते ३ वर्ष ४ महिना १५ दिन कैद तथा पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति र ३५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रशर्मा सापकोटाको…

May 29, 2019