उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

उदयपुरगढी गाउँपालिका-८ नरेटारमा वाम गठबन्धनका उमेदवार शुरेस राई (हिमाल)लाई लक्षित गरी अज्ञात समूहले मङ्सिर ८ गते साँझ बम विष्फोट गराएको छ । उदयपुरगढी गाउँपालिका-७ नेपालटार बजारको चुनावी सभालाई सम्बोधन गरी फर्कदै गरेका प्रतिनिधि सभा क्षेत्रनं २ का उम्मेदवार राईलाई लक्षित गरी बम विष्फोट गराइएको हो । बम विष्फोट भएपनि घटनाको…

November 24, 2017  
आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री निकालियो

निर्वाचन आयोगले उदयपुरमा कात्तिक २० गतेदेखि निर्वाचन आचारसंहितालाई कडाइ गरेको छ । आचारसंहिता विपरीत हुने गतिविधिलाई रोक्न र दलहरूलाई आचारसंहिताको पूर्णपालना गराउन प्रमुख निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाको नेतृत्वमा रेहेको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको टोलीले अनुगमन कार्य सुरू गरेको हो । टोलीले कात्तिक २० गते स्थानीय तहको निर्वाचनमा दलहरूले…

November 6, 2017  
हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार

त्रियुगा नगरपालिका-१३ स्थित भुसुनेकी २८ वर्षीया लक्ष्मीकुमारी राईलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पति राजकुमार राई र देवर ओम राईलाई कात्तिक ६ गते गिरफ्तार गरेको राससले जनाएको छ । लक्षमीलाई कात्तिक ३ गते राति ११ बजेतिर रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताए । सो घटनाका सम्बन्धमा…

October 23, 2017  
अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा

सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन् । यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको राससले जनाएको…

October 1, 2017  
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत गाईघाटमा भदौ २२ गते जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक उदयपुरको आयोजनामा जिल्लामा सञ्चालित परियोजनाको अवस्थाको बारेमा सल्लाहकार समितिसँग बैठक सम्पन्न भएको हो । कार्यक्रममा परियोजनाका…

September 7, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा-३ पश्चिमटोलका १८ वर्षीय ध्रुव भनिने हेमबहादुर कार्कीलाई ०७४ भदौ १८ गते राति प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले १८ गते साँझ बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीलाई मौखिक उजुरी दिए लगत्तै आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले…

September 4, 2017  
अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

त्रियुगा नगरपालिका-७ कालिखोलामा अज्ञात समूहले भदौ १७ गते राति स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ । उक्त समूहले वैकल्पिक राजमार्ग अर्न्तगत धरान-चतरा-गाईघाट-कटारी-सिन्धुली-हेटौँडा सडक निर्माणमा प्रयोग गरिएको स्काभेटर जलाएको हो । सडक निर्माणको जिम्मा पाएको जेड आईइसि-शर्मा लामा जेभिको बा.२.क.६५५७ नम्वरको स्काभेटरमा आगजानी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले…

September 3, 2017  
बलात्कार गरेको कसुरमा पाँच वर्षजेल सजायको फैसला

२४ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा सर्लाही जिल्ला हरिवन गाविस-९ का २४ वर्षीय गणेश भनिने ज्ञानबहादुर कार्कीलाई जिल्ला अदालतले साउन २६ गते पाँच वर्षजेल र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । न्यायधीश राजकुमार कोइरालाको इजालासले कार्कीलाई जेल सजायसँगै पीडितको हकमा क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको…

August 11, 2017  
सेवाप्रदायक र सेवाग्राही विच छलफल

कार्यक्रम प्रभावकारी भएपनि जनताका विचमा प्रचारप्रसार कमि हुँदा कार्यक्रम ओझेलमा परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ३० गते आयोजना गरेको कार्यक्रममा सहभागिहरूले बताएकाछन् । साविकका कार्यक्रम सञ्चालन भएका २ वटा गाबिस रौता र भलायडाँडाँलाई लक्षित गरी हालको रौतामाई गाउँपालिका वडानं ७ मुर्कुचीमा आयोजना गरिएको सेवाप्रदायक र सेवाग्राही विच शिक्षा,…

July 16, 2017  
अज्ञात समूहद्वारा विद्यालयको बसमा आगजानी

अज्ञात समूहले असार २६ गते राति त्रियुगा नगरपालिका-४ सालघारीस्थित क्रिमशन बोर्डिङ स्कुलको बसमा आगजानी गरेको छ । राति १०ः३० बजेको समयमा उक्त समूहले स्कुलको को.१.ख.५०४० नम्बरको बस स्कुल हाताभित्रै राखिएको ठाउँमा आगजानी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीप्रसाद फागुले बताए । बस आगजानी गर्नु अघि उक्त समूहले गेट र भित्र…

July 11, 2017