बालविवाह रोक्न प्रशासन समक्ष माग

उमेर नै नपुगी अविभावकले विवाह गरिदिन लागेपछि उदयपुरकी १६ वर्षीया एक बालिकाको विवाह रोक्न बाल क्लब सञ्जालले मङ्सिर २६ गते स्थानीय प्रशासनसँग माग गरेको छ । त्रियुगा नगर स्तरीय बाल क्लब सञ्जालले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी पत्रमार्फत विवाह रोक्न माग गरेको हो । बालिकाको विवाह मङ्सिर २७ गते झापाको…

December 11, 2016  
बहुविवाह गरेको कसुरमा एक बर्षकैदको फैसला

बहुविवाहको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका त्रियुगा नपा-१३ का ३१ वर्षीय मेघबहादुर मगरलाई जिल्ला अदालतले मङ्सिर २० गते एक वर्ष कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजालासले मगरलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको हो । अर्का आरोपित इलामा झोलुङ्गा गाविस-७ की २५…

December 5, 2016  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रियुगा नपा-५ भातिखर्कका ३० वर्षीय दिपक भनिने वमबहादुर खड्कालाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई कात्तिक १५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले कात्तिक १६ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका…

November 4, 2016  
बलात्कार गरेको ठहरमा २२ वर्षकैदको फैसला

१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका तीन जनालाई जिल्ला अदालतले कात्तिक ९ गते दोषी ठहर गर्दै २२ वर्षसम्मको कैद र क्षतिपूर्तिवापत ७० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजालासले तीन जनाविरुद्ध फरक फरक कैद र क्षतिपूर्तिको फैसला सुनाएको हो । अदालतले घटनाका…

October 26, 2016  
बाढीले काठे पुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित

त्रियुगा नदीमा पानीको बहाव नघटेपछि भलायडाँडा-३ अँधेरीका ५० जना भन्दा बढी बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । असोज ४ र ५ गते परेको वर्षातका कारण त्रियुगा नदीमा आएको बाढीले सात वर्ष अगाडि स्थानीयले बनाएको काठे पुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित भएका हुन् । कक्षा ३ सम्म गाउँमा रहेको…

September 29, 2016  
बलात्कार प्रयास गरेको ठहर गर्दै पाँच वर्षकैदको फैसला

चार वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका खाँबु-६ का ४८ वर्षीय विरबहादुर मगरलाई जिल्ला अदालतले भदौ २० गते पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजालासले मगरलाई यस्तो आदेश दिएको हो । मगरले ०७१ चैत १६ गते बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितका अभिभावकले…

September 5, 2016  
दरबन्दीका डाक्टर नहुँदा उपचार सेवा प्रभावित

जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचार सेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञसहित १४ जना दरबन्दी रहेको अस्पतालमा दुई जना चिकित्सक मात्र उपस्थित हुँदा बिरामीको उपचार प्रभावित बनेको हो । अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट तथा जनरलिष्ट अधिकृत डा. विष्णुबहादुर बस्नेत र मेडिकल अधिकृत डा. विशालकुमार देव मात्र रहेको अस्पताल प्रशासनले जनाएको…

September 3, 2016  
बलात्कार गरेको ठहर गर्दै १० वर्षकैदको फैसला

३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका त्रियुगा नपा-५ वेहेडवाका ३५ वर्षीय शुभकरण चौधरीलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले चौधरीलाई कैदसँगै पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो । पीडित…

August 24, 2016  
बलात्कार प्रयास गरेको कसुरमा एक वर्षतीन महिना कैदको फैसला

एक १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई साउन ३१ गते हालका लागि सजाय स्थगित रहने गरी १ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले कसुरदार नाबालक भएकाले हालका लागि कैद सजाय स्थगित गर्ने गरी फैसला सुनाएको हो…

August 16, 2016  
दाम्लोमा बाँधिएकी गर्भवतीको निशुल्क उपचारका लागि हेटौंडा लगियो

६ महिना देखि दाम्लोमा बाँधिएकी त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया गर्भवती महिला सृजना कार्की (खड्का)को निःशुल्क उपचार हुने भएको छ । हेटौंडास्थित मानव सेवा आश्रमले उनको निशुल्क उपचार गर्न लागेको हो । सृजनाको विषयमा इन्सेक अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रशारण गरेपछि आश्रमले जिल्ला प्रशासन कार्यालय उदयपुरसमक्ष उपचार गर्ने…

August 13, 2016