सेनाद्वारा ठूलो सङ्ख्यामा बम डिस्पोज

उदयपुरगढी गाउँपालिका-२, सिरुवानीमा फेला परेको शक्तिशाली सकेट बम वैशाख १९ गते साँझ नेपाली सेनाले डिस्पोज गरेको छ । गाईबस्तुको लागि गोठ बनाउन घँडेरी बनाउने क्रममा भेटिएका ६ थान सकेट बम भवानी दल ताराघारी गुल्मले डिस्पोज गरेको हो । ताराघारी गुल्मका प्रमुख क्याप्टेन भरत गिरीको नेतृत्वमा सिरहाबाट आएको सेनाको डिस्पोजल टोलीले…

May 3, 2017  
पत्नी हत्याको आरोपमा पति गिरफ्तार

त्रियुगा नपा-१३ असारीकी ४६ वर्षीया सीता गुरुङको हत्या गरेको आरोपमा प्रहरीले वैशाख १२ गते ६२ वर्षीय पति मनबहादुर घले गुरुङलाई गिरफ्तार गरेको छ । वैशाख ९ गते राति मदिरासेवन गरी घर पुगेका मनबहादुर र सीताबिच झगडा भएपछि आरोपितले कुटपिट गरी सीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नरबहादुर केसीले जानकारी…

April 26, 2017  
विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अपहरित प्राविधिक सहायक अपहरणमुक्त

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूद्वारा वैशाख ८ गते अपहरणमा परेका उदयपुरगढी गाउँपालिका-६ का ४६ वर्षीय प्राविधिक सहायक उद्धब ढुङ्गाना दुई घण्टापछि अपहरणमुक्त भएका छन् । पीडित ढुङ्गाना आफ्नो कार्यालय त्रियुगा नपा-११ मा काम गरिरहेको अवस्थामा वैशाख ८ गते अपहरणमा परेको जानकारी पाए लगत्तै प्रहरीले अपहरणमुक्त गराएको हो…

April 22, 2017  
अनुगमन संयन्त्र कमजोर बन्दा एकाधिकार बढेको स्थानीयको गुनासो

अनुगमन संयन्त्र जबाफदेही बन्न नसक्दा मनपरितन्त्र मौलाएको इन्सेकले चैत २९ गाईघाटमा आयोजना गरेको सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले बताएका छन् । इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अनुगमन र कार्यान्वयनको जिम्मेवारी पाएका सरकारी निकाय नै उदासिन…

April 12, 2017  
संविधान कार्यान्वयन नहुँदा अधिकारबाट वञ्चित

संविधान कार्यान्वयन नहुँदा नागरिक सामान्य अधिकारबाट वञ्चित हुनु परेको इन्सेकले चैत २८ गते आयोजना गरेको मानव अधिकार विषयक जिल्लास्तरीय बहस कार्यक्रमका सहभागिहरूले बताएका छन् । इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत गाईघाटमा आयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक कार्यक्रममा सहभागिहरूले नयाँ…

April 11, 2017  
बलात्कार गरेको कसुरमा ८ वर्षकैदको फैसला

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेलका नपा-८ का २३ वर्षीय बोलमान राईलाई जिल्ला अदालतले चैत २७ गते ८ वर्षकैद र १५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले बलात्कारको ठहर गर्दै यस्तो फैसला सुनाएको हो । पीडित बालिकालाई आरोपितले ०७२ पुस…

April 10, 2017  
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका-३ फार्सेका ५२ वर्षीय डिगबहादुर पाठकलाई जिल्ला अदालतले चैत २७ गते १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजालासले बलात्कारको ठहर गर्दै यस्तो फैसला सुनाएको हो । पीडित बालिकालाई गत साउन ७ गते…

April 9, 2017  
कानुन कार्यान्वयन नहुँदा नागरिक अधिकार ओझेलमाः सरोकारवाला

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख सुवर्ण कर्मचार्यले कानुन कार्यान्वयन नहुँदा जनताका अधिकारहरू ओझेलमा परेको बताएका छन् । आयोगले चैत १५ गते गाईघाटमा आयोजना गरेको ज्येष्ठ नागरिकको मानव अधिकार अवस्था अनुगमन र अन्तरक्रिया विषयक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कर्माचार्यले ज्येष्ठ नागरिक मात्र नभई जनताका अधिकारका…

March 29, 2017  
बलात्कार गरेको ठहर गर्दै पाँच वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भारत दरभङ्गा बहादुर पञ्चायत ठेकुली स्थायी घर भई चौदण्डी नपा-७ मा बस्दै आएका २५ वर्षीय अमरनाथ लालदेवलाई जिल्ला अदालतले चैत १० गते ५ वर्षकैद र २० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले बलात्कार गरेको ठहर…

March 23, 2017  
मानसिक सन्तुलन गुमाएका युवक आठ वर्षदेखि खोरमा

चौडण्डीगढी नपा-१ शिखरपुरका ३४ वर्षीय शिवराज बिकलाई विगत आठ वर्षदेखि परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक सन्तुलन बिग्रेका बिकलाई परिवारले आर्थिक श्रोतको कारण देखाउँदै थुनेर राखेका हुन् । उपचार गर्ने खर्च नभएपछि खोर बनाएर थुनेको बुवा रामकुमार बिकले बताए । 'आठ वर्षअघि मानसिक सन्तुलन गुमाएका शिवराजको सामान्य उपचार गराउँदा…

March 22, 2017