बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका-३ फार्सेका ५२ वर्षीय डिगबहादुर पाठकलाई जिल्ला अदालतले चैत २७ गते १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजालासले बलात्कारको ठहर गर्दै यस्तो फैसला सुनाएको हो । पीडित बालिकालाई गत साउन ७ गते…

April 9, 2017  
कानुन कार्यान्वयन नहुँदा नागरिक अधिकार ओझेलमाः सरोकारवाला

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख सुवर्ण कर्मचार्यले कानुन कार्यान्वयन नहुँदा जनताका अधिकारहरू ओझेलमा परेको बताएका छन् । आयोगले चैत १५ गते गाईघाटमा आयोजना गरेको ज्येष्ठ नागरिकको मानव अधिकार अवस्था अनुगमन र अन्तरक्रिया विषयक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कर्माचार्यले ज्येष्ठ नागरिक मात्र नभई जनताका अधिकारका…

March 29, 2017  
बलात्कार गरेको ठहर गर्दै पाँच वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भारत दरभङ्गा बहादुर पञ्चायत ठेकुली स्थायी घर भई चौदण्डी नपा-७ मा बस्दै आएका २५ वर्षीय अमरनाथ लालदेवलाई जिल्ला अदालतले चैत १० गते ५ वर्षकैद र २० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले बलात्कार गरेको ठहर…

March 23, 2017  
मानसिक सन्तुलन गुमाएका युवक आठ वर्षदेखि खोरमा

चौडण्डीगढी नपा-१ शिखरपुरका ३४ वर्षीय शिवराज बिकलाई विगत आठ वर्षदेखि परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक सन्तुलन बिग्रेका बिकलाई परिवारले आर्थिक श्रोतको कारण देखाउँदै थुनेर राखेका हुन् । उपचार गर्ने खर्च नभएपछि खोर बनाएर थुनेको बुवा रामकुमार बिकले बताए । 'आठ वर्षअघि मानसिक सन्तुलन गुमाएका शिवराजको सामान्य उपचार गराउँदा…

March 22, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २१ गते बेल्टारबसाहा नपा- १० का ८० वर्षीय दिलप्रसाद राईलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका सई पूर्णप्रसाद घिमिरेले जानकारी दिए ।…

March 5, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई माघ १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले जाल्पा चिलाउने गाविस-४ का १९ वर्षीय ताराबहादुर राउतलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले विद्यालयकी शिक्षिकालाई घटना बारे जानकारी गराएपछि आरोपितविरुद्ध प्रहरीमा माघ १४ गते उजुरी दिइएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि…

January 29, 2017  
जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन

मानव अधिकार अवस्थालाई थप प्रभावकारी र सुदृढीकरण गर्न पुस २२ गते मानव अधिकार एलाइन्सका अध्यक्ष हिमाल खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत सदरमुकाम गाईघाटमा…

January 6, 2017  
कारागारमै बसेर मासिक १० हजार रुपियाँ आम्दानी

मेहनत, सिप, जोशजाँगर भए दुई छाक टार्न र पकेट खर्च गर्न टण्टलापुर घाममा वालुवा र गिटी नै चाल्नु पर्दैन । थोरै मेहनत, परिश्रम गरे पुग्छ । यसको ज्वलन्त उदाहारण बनेका छन् जिल्ला कारागार उदयपुरमा बन्दी जीवन बिताइरहेका १०/१२ जना कैदीबन्दी । जेलभित्रको जीवन कोचिएर तनावपूर्ण रूपमा जीउनु पर्ने भन्ने कथनलाई…

January 3, 2017  
पतिको कुटाइबाट गम्भीर घाइते भएकी महिलाको उपचारमा समस्या

भलायडाँडा गाविस-३ की २३ वर्षीया सरिता मोतेलाई कुटपिट गरी २५ वर्षीय पति जीवन मोते फरार भएपछि उपचारमा समस्या भएको छ । पीडित महिलालाई आरोपितले गाँजा सेवन गरेर पुस १ गते दाउराले कुटपिट गरी आरोपित फरार भएपछि उपचारमा समस्या भएको हो । टाउकोमा गम्भीर चोट लागेकी सरिताको उपचारमा आर्थिक अभाव भएको…

December 25, 2016  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भलायडाँडा-९ ध्वाँसेकी २६ वर्षीया शोभा सदालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति पुकन सदालाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई पुस ५ गते मदिरा सेवन गरी घर पुगेका आरोपितले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए । घटनाको भोलिपल्ट…

December 22, 2016