अपाङ्गता परिचयपत्र नहुँदा सेवाबाटै वञ्चित

महिला बालबालिका कार्यालय हटेसँगै अपाङ्गता भएका व्यक्तिहरूलाई दिइने परिचय पत्र वितरण नहुँदा अपाङ्गता भएका व्यक्तिहरू सरकारले दिने सेवा सुविधाबाट वञ्चित भएका छन् । विगतमा महिला तथा बालबालिका कार्यालयले वितरण गर्दै आएको अपाङ्गता परिचय पत्र असार महिनादेखि बन्द भएको छ । जिल्लाबाट महिला तथा बालबालिका कार्यालय हटाएर स्थानीय तहबाटै अपाङ्गता परिचय…

January 25, 2019  
स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि डा. केसीलाई काठमाडौँ लगियो

पुस २५ देखि चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीलाई माघ ३ गते राति काठमाडांँ लगिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ गते साँझ इलाम आइपुगेको टोलीले केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको औँल्याउँदै आइसीयुनै आवश्यक पर्नै भन्दै अन्यत्र लैजान सुझाव दिएपछि राति साढे…

January 18, 2019  
‘डा. केसीलाई आइसियुको आवश्यकता’–चिकित्सक, अर्का अनसनकारीलाई निमोनियाको सम्भावना

पुस २५ गतेदेखि १६ औँ अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्न थालेको जनाइएको छ । अनसनमा बसेको छैठौँ दिन पुस ३० गते बिहान इलाम अस्पतालमा भर्ना गरिएका डा. केसीको साँझ सम्ममा स्वास्थ्य अवस्था थप जटिल बनेको जनाइएको हो । डा. केसीको उपचारमा संलग्न डा. विजेन्द्रकुमार साहले…

January 14, 2019  
डा. केसीद्वारा १६ औँ अनसन सुरू

सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डाक्टर गोविन्द केसी पुस २५ गतेदेखि इलाममा १६ औँ अनसनमा शुरु गरेका छन् । गत साउन १० गते सरकारसँग भएको सम्झौता अनुसार अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्नुपर्ने, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुँझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारीलगायतका व्यक्तिलाई…

January 10, 2019  
मानव विकास र वातावरणको अधिकारमाथि बहस चलाउँदै आयोग

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मानव विकास र वातावरणको अधिकारका विषयमा छलफल चलाउन थालेको बताएका छन् । पुस १५ गते इलाममा आयोजित विकास वातावरण र मानव अधिकार विषयक छलफल कार्यक्रममा आयोगका सदस्य पाठकले भने–‘संविधानले व्यवस्था गरे अनुसारको मानवको विकास र वातावरणको अधिकारका विषयमा पनि आयोगले छलफल अघि सार्न…

December 31, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सन्दकपुर गाउँपालिका-४ का २५ वर्षीय सोम राई र बुद्धशान्ति गाउँपालिका-४ झापाका २५ वर्षीय उत्तम श्रेष्ठलाई प्रहरीले पुस ११ गते गिरफ्तार गरेको छ । पुस ९ गते बेलुका घुम्न जाऔँ भन्दै आरोपितद्वयले बालिकालाई जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।…

December 27, 2018  
पर्याप्त पानी नुहुँदा कैदीबन्दीलाई समस्या

सुख्खा मौसम सुरू भएसँगै पर्याप्त मात्रामा पानी नआउँदा कारागारमा रहेका कैदीबन्दीलाई पानी अभाव भएको छ । १ सय २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा २ सय ४४ जना कैदीबन्दी रहेको कारागारका प्रमुख भक्तबहादर खड्काले बताए । प्रमुख खड्काले सुख्खा मौसम सुरू भएसँगै पानी एउटा पाइपमा मात्र आउने गरेका कारण कारागारमा पानीको…

December 26, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम–४ का ३० वर्षीय गोपाल बस्नेतलाई मसिर २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २० गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । गिरफ्तार गरिएका बस्नेतलाई जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको…

December 9, 2018  
अपाङ्गमैत्री भवन नहुँदा समस्या

इलाममा अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीदेखि सरकारी सेवा लिने अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएका छन् । नेपाल सरकारले २०६० सालमै अपाङ्गमैत्री भवन निर्माणका लागि ऐन बनाएको छ । ऐन र नियमावली निर्माण भएको १५ वर्षबितेपनि अपाङ्गमैत्री भवन निर्माण हुन नसक्दा दुःख भएको अपाङ्ग एकता समाज इलामका सचिव प्रकाश चापागाईंले बताए ।…

November 22, 2018  
समाजमा कानुनी सचेतना आवश्यकः सरोकारवाला

दैनिक जसो घटने हिंसाका घटना न्यूनीकरणका लागि समाजमा कानुनी सचेतना जरूरी रहेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीले बताएका छन् । मङ्सिर १ गते इन्सेकले आयोजना गरेको कार्यक्रममा घटना भए त्यसको कारवाही के भयो भन्ने जानकारी नहुँदा पनि घटना हुने गरेको सहभागीले बताए ।…

November 18, 2018