बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडित तीन बालिकाको उद्धार

घुमाउन लाने र विवाह गर्ने भन्दै कालीकोट जिल्लाबाट ल्याइएका तीन बालिकामध्ये १४ र १५ वर्षीया दुई जनालाई नेपाल प्रहरीले नेपाल–भारत पूर्वी सीमा नाका पशुपतिनगरबाट उद्धार गरेको जनाएको छ । १६ वर्षीया एक बालिकाको भने भारतको दार्जिलिङबाट एक बच्चासहित असोज १८ गते प्रहरीले उद्घार गरेको छ । असोज १६ गते पशुपतिनगर…

October 5, 2018  
निजी विद्यालयले बढाएको शुल्क लिन नपाउने उच्च अदालतको फैसला

निजी विद्यालयहरूले बढाएको शुल्कविरूद्ध परेको रिट निवेदनमाथि उच्च अदालत विराटनगर इलाम इजलासले बढेको शुल्क लिन नपाउने फैसला गरेको छ । इलाम इजलासका न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले असोज १७ गते निजी विद्यालयहरूको विपक्षमा फैसला गरेको हो । जिल्लास्थित अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र सङ्घीय विद्यार्थी…

October 4, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक २७ वर्षीय दीपक सुवेदीलाई असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको भन्दै पीडितका अआफन्तले असोज १६ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएका थिए । नवलपरासी जिल्ला…

October 3, 2018  
नवजात शिशु हत्या गरेको कसुरमा जन्म कैदको फैसला

बच्चा जन्माएर जिउँदै फ्याँकेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेकी फाकफोकथुम गाउँपालिका– ७ की २३ वर्षीय मिना देवानविरूद्ध जिल्ला अदालतले असोज १४ गते जन्म कैदको सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मिनाविरूद्ध मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद सुनाएको अदालतका श्रेस्तेदार निरज पोख्रेलले जानकारी दिए । ०७४…

September 30, 2018  
स्वास्थ्य केन्द्रमा पानी चुहेर उपचारमा समस्या

इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पानी परेका बेला भवन चुहिने समस्याले उपचार प्रभावित हुने गरेको छ । सामाजिक स्वास्थ्य वीमाको उपचार सोही केन्द्रबाट हुन थालेपछि दैनिक ५० जना भन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिने केन्द्रमा पानी परेको समयमा बिरामीको प्राथमिक उपचारमै समस्या हुने गरेको केन्द्रका स्वास्थ्यकर्मीहरूले…

September 21, 2018  
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार 

१९ वर्षीया युवतीलाई भारत लगि बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले इलामको पशुपतिनगरबाट दुईजना भारतीय नागरिकलाई भदौ ३० गते गिरफ्तार गरेको छ । भारत दार्जिलिङ जिल्ला राङवाङ सुकिया घर भएका १९ वर्षीय विवेक राई र ३० वर्षीय दलवीर मुखियालाई नेपाल–भारत सीमाना पशुपतिनगरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हेमराज ओलीले बताए…

September 17, 2018  
बलात्कार घटनाका आरोपित पाँच वर्षपछि गिरफ्तार

एक महिलालाई बलात्कार गरी फरार भएका घटनाका आरोपित कन्काई नगरपालिका-३ का ४१ वर्षीय नेत्र तिम्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भदौ २५ गते इलाम सदरमुकामबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७० असोज १५ गते बलात्कार गरेको ठहर गर्दै झापा जिल्ला अदालतले ०७२ मङ्सिर १२ मा पाँच वर्षकैदको…

September 11, 2018  
नेपाली सेनाद्वारा बेवारिसे बम निष्क्रिय

इलाम बजारस्थित नारायणस्थान नजिक रहेको एउटा घरमा भदौ २४ गते बिहान भेट्टिएको तीन वटा बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ । पहिला माओवादी केन्द्रको जिल्ला कार्यालय रहेको भवनको नजिकमा रहेको एक घरमा प्रहरीले गस्तीका क्रममा बम रहेको फेला पारेको थियो । बम भेट्टिएपछि नेपाल प्रहरीले डिष्पोजका लागि…

September 9, 2018  
बलात्कार घटनाका नौ जना आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आराोपमा प्रहरीले देउमाई नगरपालिकाका नौ जनालाई भदौ २३ गते गिरफ्तार गरेको छ । गिरफ्तार भएकामध्ये देउमाई नगरपालिका–९ का चितवीर लावुङको मात्र नाम सार्वजनिक गरिएको छ । बाँकी आठ जनाको नाम प्रहरीले सर्वजनिक गरेको छैन । पीडित बालिका गर्भवती भएको थाहा भएपछि अभिभावकले भदौ २२ गते…

September 9, 2018  
ज्याला र ऐन कार्यान्वयन माग गर्दै चिया श्रमिक आन्दोलित

सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐन-२०७४ र सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दै इलामका चिया श्रमिकहरू आन्दोलित भएका छन् । बगान व्यवस्थापन पक्ष र चिया उद्योगहरूले सरकारले ०७५ साउन ३१ गते प्रकाशित गरेको नेपाल राजपत्रमा प्रकाशित ज्याला र श्रम तथा सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेपछि भदौ १७ गतेदेखि…

September 3, 2018