शिक्षक नहुँदा विद्यार्थीको पढाइमा समस्या

इलामका धेरै विद्यालयमा विज्ञान र गणित विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइमै समस्या भएको छ । सरकारले शिक्षकलाई अध्यापन अनुमति पत्र अनिवार्य गराएपछि गणित र विज्ञान विषयका शिक्षक अभाव भएको हो । शिक्षक अभाव भएपछि विद्यालयमा पठनपाठन गराउनै समस्या भएको सन्दकपुर गाउँपालिकाका शिक्षा विभाग प्रमुख टीका निरौलाले बताए । ‘हाम्रो गाउँपालिका…

November 20, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–५ का ३६ वर्षीय केशव अधिकारीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताए ।…

November 14, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देउमाई नगरपालिका–१ का ३२ वर्षीय विवश राईलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी हेमन्त भण्डारीले…

November 7, 2019  
इन्सेकको पैरवी उपलब्धीमूलक हुन्छ भन्ने आशा छः जनप्रतिनिधि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सुरू गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत सन्दकपुर गाउँपालिकामा मानव अधिकार समूह गठन गरिएको छ । कात्तिक १७ गते स्थानीय नागरिक तथा सरोकारवालाहरूको भेलाले प्रकाश पराजुलीको अध्यक्षतामा १५ सदस्य समिति गठन गरेको हो । समूह गठन कार्यक्रममा बोल्दै…

November 5, 2019  
नागरिकका आर्थिक, सामाजिक र सा‌ंस्कृतिक अधिकार स्थापित गराउन अझै बाँकीः सरोकारवाला

तीन तहका सरकार सञ्चालनमा आएपनि तल्लो तहसम्म पुगेर नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्थापित गराउनु पर्नेमा अझै बाँकी रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सुरू गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह…

November 2, 2019  
भूमिगत पल्लो किराँतका नौ जना कार्यकर्ता गिरफ्तार

भूमिगत राजनीति गरिरहेको पल्लो किराँत लिम्बूवान राष्ट्रिय मञ्चका नौ जना कार्यकर्तालाई प्रहरीले कात्तिक ७ गते इलाम सदरमुकामबाट गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेमा मञ्चका केन्द्रीय सचिव मिक्लाजुङ–५ पाँचथरका ४५ वर्षीय धनबहादुर बिक धमला, महिला सङ्घ केन्द्रीय अध्यक्ष माङसेबुङ–३ की ५० वर्षीया कविरमाया साँवा, मञ्चका इलाम अध्यक्ष चुलाचुली गाउँपालिका–३ का २९…

October 25, 2019  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फाकफोकथुम गाउँपालिका–६ की ४४ वर्षीया सरिता राईको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति नरबहादुर राईलाई असोज २५ गते गिरफ्तार गरेको छ । पत्नी सरितालाई आरोपित राईले असोज २२ गते बारीको कान्लाबाट लडाएर हत्या गरेको आरोपमा गिरफ्तार गरिएको डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।  शव पोष्टमार्टमका लागि विपी कोइराला…

October 12, 2019  
कारागार भवनको छानो चुहिँदा कैदीबन्दीलाई समस्या

कारागार भवनको छानो चुहिएपछि कैदीबन्दीलाई बस्न समस्या भएको छ । केही दिनयता झरी परेपछि कारागार भवनको छानो चुहिँदा समस्या भएको चौकीदार प्रेमवाला राईले बताए । सात वर्षअघि निर्माण भएको भवन गुणस्तरहीन भएकाले पानी चुहिने समस्या भएको चौकीदार राईको आरोप छ । कारागारसहित क्वाटरमा पानी चुहिएर समस्या भएको कारागार प्रमुख प्रदीप…

September 30, 2019  
कार्यरत चिकित्सक समायोजन हुँदा अस्पताल चिकित्सकविहीन, सेवाग्राही मर्कामा

१५ जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा पुग्ने अधिकांश स्वास्थ्य सेवाग्राही महिना दिनयता स्वास्थ्य लाभ नलिई फर्कन बाध्य भएका छन् । भएको दरबन्दीमा क्रियाशील पाँच जना चिकित्सक र आकस्मिक सेवाका चार जना चिकित्सक कर्मचारी समायोजनमा कोही स्थानीय र कोही सङ्घमा समायोजन भएपछि अस्पताल यतिबेला चिकित्सकविहीन भएको छ । अस्पतालमा…

September 25, 2019  
अज्ञात पक्षबाट राखेको बम मेयरको गाडीमा फेला

माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा राखिएको गाडीमा असोज ६ गते बम फेला परेको छ । माई नगरपालिका-२ स्थित थेवेको घरको कम्पाउण्डमा पार्किङ गरेर राखिएको मे १ ज २९११ नम्बरको बोलेरो गाडी मुनी प्रेसर कुकुर बम भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताए । बिहान थेवेको परिवारले बम देखेर…

September 24, 2019