द्वन्द्व पीडित भन्छन्-'सरकार अन्तरिम राहत देऊ !'

विगतको सशस्त्र द्वन्द्वका पीडितहरूले सरकारलाई अन्तरिम राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । द्वन्द्व समाप्त भएको वर्षौँ बित्दा पनि पीडिहरूले आश्वासन बाहेक राज्यबाट केही नपाएको र पीडित तथा पीडित परिवारको अवस्था दयनीय भएकाले तत्काल अन्तरिम राहतको व्यवस्था गर्न आग्रह गरेका हुन् । पीडितहरूले अन्तरिम राहतसँगै द्वन्द्व पीडितको परिचय कायम गरिदिनसमेत…

April 7, 2017  
यौन दुर्व्यवहार गरेको कसुरमा सात वर्ष ६ महिना कैदको फैसला

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा गर्दै सूर्योदय नपा-१० का १८ वर्षीय योगेन्द्र प्रधानलाई जिल्ला अदालतले सात वर्ष ६ वर्षकैदको सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले चैत ६ गते प्रधानमाथिको मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो । अदालतले मुलुकी ऐनको जबरजस्तीकरणी महलको ५ नम्बर बमोजिम कसुर…

March 19, 2017  
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले चैत ५ गते इलाम सदरमुकामस्थित जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीले आफूहरू सिप सिक्ने र सूचना पाउने कुराबाट वञ्चित रहको गुनासो गरेका छन् । कारागारमा विभिन्न सिपमूलक तालिमहरू आवश्यक रहेपनि कतैबाट त्यसको सुनुवाइ नभएको उनीहरूले गुनासो गरेका हुन् । पुरूष कैदी…

March 19, 2017  
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माङसेबुङ गाउँपालिका-७ बाँझोका १९ वर्षीय धिरज राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ । पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राईविरुद्ध अदालतले चैत २ गते मुलुकी ऐन जबरजस्ती करणी महलको १ नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३(२) नम्बर…

March 15, 2017  
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सोयाक-१ का १९ वर्षीय प्रेमबहादुर राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले चैत १ गते राईविरुद्ध मुलुकी ऐन जबरजस्तीकरणी महलको १ नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३(२) नम्बर बमोजिम आठ वर्षकैदको फैसला सुनाएको हो । राई…

March 14, 2017  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका माइपोखरी-३ का १८ वर्षीय सुमन राईलाई जिल्ला अदालतले फागुन २४ गते पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्तीकरणी महलको १, ३ (४) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३ (४) नम्बर बमोजिम पाँच…

March 7, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बरबोटे-१ इलामका ५६ वर्षीय दुर्गाप्रसाद घिमिरेलाई फागुन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले तत्कालै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । पीडित…

March 5, 2017  
बहुविवाह घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

बहुविवाह गरेको आरोपमा फाकफोक-३ का ५५ वर्षीय यामप्रसाद राई र सोही ठाउँकी ३६ वर्षीया रमिला खवासविरुद्ध प्रहरीले जिल्ला अदालतमा फागुन ८ गते बहुविवाहसम्बन्धी मुद्दा दर्ता गरेको छ । यामप्रसादकी जेठी पत्नी ४६ वर्षीया कमला राईले फागुन ६ गते आरोपितद्वयले विवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितद्वयलाई…

February 19, 2017  
बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ विराटनगरका ४३ वर्षीय  अकबर हुसेनविरुद्ध फागुन ५ गते जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको छ । पीडित महिलालाई मोरङ घर भइ इलाम बरबोटे-३ मा बस्दै आएका आरोपितले फागुन ४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका…

February 17, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दानाबारी-५ का ३६ वर्षीय यामबहादुर मगरलाई फागुन १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २८ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी…

February 12, 2017