बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला
६३ वर्षीया सौतेनी आमालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले २३ वर्षीय एक पुरूषलाई चैत १२ गते जन्म कैद सजायको फैसला सुनाएको छ । न्यायधीश हरिशचन्द्र इङ्गनामको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ६० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले बताउनु भयो…
भारतीय जेलमा क्षतिपूर्ति बिनाको चालिस वर्षे बन्दी जीवन, प्रदेश सरकारले उपचार गर्ने
४० वर्षसम्म बिना कानुनी सुनुवाइ एउटा व्यक्ति बन्दी बन्नु मानव अधिकारको सङ्कुचित अवस्था हो । नेपालमा जन्मकैदको फैसला हुँदा कुनै व्यक्तिले २५ वर्षमात्रै काराबासको सजाय भोग्नु पर्छ । बलात्कारपछि हत्या, जाती निर्मूल हुने गरीको हत्या, अपहरण बन्धक बनाएर हत्या आदि कसुर अनुसारमात्र आजीवन काराबासको सजायको व्यवस्था नेपालको कानुनमा छ ।…
खुकुरी प्रहारबाट तीन जना घाइते
इलाम नगरपालिका–३ की ४४ वर्षीया पत्नी कमला राई, १२ वर्षीया छोरी प्रमिला राई र छिमेकी १५ वर्षीय बालक अनुप राईलाई चैत ७ गते बेलुका खुकुरी प्रहार गरी घाइते बनाएका ५२ वर्षीय देउमान राईले आत्महत्या गरेको प्रहरीले जनाएको छ । पीडितहरूलाई चैत ७ गते घरायसी विवादमा खुकुरी प्रहार गरी घाइते बनाउने…
बेपत्ता आयोगले वितरण गरेको परिचयपत्रप्रति इलामका द्वन्द्व पीडितको असन्तुष्टि
शसस्त्र द्वन्द्वका समयमा बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले वितरण थालेको परिचयपत्रप्रति इलामका पीडित परिवारले असन्तुष्टि जनाएका छन् । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले चैत ५ र ६ गते इलामका बेपत्ता भएका व्यक्तिका परिवारका सदस्यलाई परिचयपत्र वितरण गरेपछि पीडित परिवारले असन्तुष्टि व्यक्त गरेका हुन् । आयोगले वितरण…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्थानीय समुदायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत माईजोगमाई गाउँपालिकामा फागुन १७ गते आवासको अधिकार सम्बन्धी अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रदेश १ कार्यालयको विराटनगरको आयोजना तथा मानव अधिकार समूह जोगमाईको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रम माइजोगमाई गाउँपालिका प्रमुख जीतबहादुर राईले मानव…
आयोगले सिफारिस गरेका मुद्दालाई राज्यले सम्बोधन नगरेको गुनासो
मानव अधिकारसँग जोडिएका मुद्दामा सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले सम्बोधनका लागि सिफारिस गरेपनि राज्यबाट सम्बोधन गर्न नसकेको अधिकारकर्मीहरूले बताएका छन् । न्यायका लागि सरकारसमक्ष सिफारिस गरिएको मानव बेचविखनको घटनाका पीडितले न्याय नपाएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । फागुन १६ गते आयोगले इलाममा गरेको मानव बेचविखन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका– २ का २८ वर्षीय प्रितम राईलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०५९ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
सूर्योदय नगरपालिका– ५ की १९ वर्षीया गीता तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति दिनेश तामाङलाई प्रहरीले फागुन ९ गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवादका क्रममा आरोपितले फागुन २ गते दाउराले हिर्काएर हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…
सेफ हाउस नहुँदा हिंसा पीडित र आपतकालीन अवस्थाका बालबालिकालाई समस्या
हिंसा पीडित तथा जोखिममा परेका महिला र बालबालिकालाई आपतकालीन अवस्थामा राख्न जिल्लामा सेफ हाउस नहुँदा समस्या भएको छ । महिता तथा बालबालिका कार्यालय जिल्लाबाट हटेर स्थानीय तहमा गएपछि जिल्लामा महिला र बालबालिकाको क्षेत्रमा सरकारी क्षेत्रबाट हुनुपर्ने काम नभएको भन्दै अधिकारकर्मीहरूले सेफ हाउस निर्माण गर्न माग गरेका छन् । सेफ हाउस…
पत्नी हत्या घटना आरोपित गिरफ्तार
देउमाइ नगरपालिका– ८ आमबोटेकी २७ वर्षीया नम्रता राईको पुस २१ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति सुवास राईलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले पुस २१ गते बिहान खुकुरी प्रहार गर्दा पीडितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु…