कारागारमा कैदीबन्दी बिरामी हुँदा उपचारमा कठिनाइ

इलाम कारागारमा रहेका कैदीबन्दीमध्ये ७६ जना एकै पटक बिरामी भएपछि उपचार गर्न कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । कारागारमा रहेका एक जनामात्र स्वास्थ्यकर्मीले सबै बिरामीको उपचार गर्न समस्या भएको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताए । श्रेष्ठका अनुसार एक सातादेखि रूघाखोकी, ज्वरो र बान्ताका बिरामी बढेका छन् । ठूलो सङ्ख्यामा…

September 20, 2019  
बलात्कार गरेको कसुर ठहर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका फिदिम नगरपालिका–४ का २६ वर्षीय लक्ष्मी थापाविरूद्घ जिल्ला अदालतले असोज १ गते कसुर ठहर गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले कसुर ठहर गरेको अदातलका सूचना अधिकारी याम चौहानले बताए । मुद्दाको पुनः सजाय निर्धारणका लागि पेश गर्न समेत फैसलामा उल्लेख गरिएको…

September 19, 2019  
बलात्कार गरेको कसुर ठहर

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालत पेश गरिएका भारत अररिया बेलगाछी-१३ का २२ वर्षीय श्यामसुन्दर कुमारले कसुर गरेको अदालतले ठहर गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारीको भदौ ३१ गतेको इजलासले आरोपितले कसुर गरेको ठहर गर्दै सजायका लागि मिति तोक्न आदेश दिएको सूचना अधिकारी युवराज पौडेलले बताए । पीडित बालिकालाई…

September 18, 2019  
न्याय दिलाउन माग गर्दै पीडितद्वारा प्रहरीमा उजुरी

गढी गाँउपालिका-३ की १७ सञ्जीता उराउ, पति र परिवारले हेलाहोचो गरी हिंसा गरेको भन्दै सात महिनाकी नानीसहित न्यायका लागि प्रहरीको सम्पर्कमा पुगेकी छिन् । प्रेममा रहेका कारण १७ वर्षको उमेरमै विवाह अगावै गर्भवती बनेपछि पीडितलाई २४ वर्षीय सविन उरावले ०७५ फागुन १४ गते मन्दिरमा विवाह गरी घर भित्र्याएका थिए ।…

September 18, 2019  
बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा–६ का २४ वर्षीय प्रदिप मगरविरूद्ध भदौ ३१ गते जिल्ला अदालतले १४ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मोहन भट्टराईको एकल इजलासले कसुरदारवाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन समेत फैसला गरेको अदालतले जनाएको छ । आरोपित ०७५ चैत २८ गतेदेखि पूर्पक्षका लागि…

September 18, 2019  
प्रतिबन्धित पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका झापा जिल्ला सेक्रेटरी मनिष भनिने प्रविन मिश्र र जिल्ला सदस्य टिका पोखरेललाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । उनीहरूलाई विर्तामोड नगरपालिका-४ स्थित नेपाल विद्युत प्राधिकरण कार्यालय नजिक रहेको चिया पसलबाट सादा पोशाकमा खटिएका प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।…

September 17, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङको रङ्गेली नपा–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नपा–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।   पीडित बालकलाई आरोपितले भदौ २४ गते मोरङमा सार्वजनिक बसभित्रै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।  …

September 16, 2019  
यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धरौटीमा रिहा भएका बेलका नगरपालिका ७ का ३४ वर्षीय हेमकुमार राईलाई जिल्ला अदालतले भदौ २६ गते ६ महिना कैद, १० हजार रुपियाँ जरिबाना र पीडितलाई ३० हजार रुपियाँ क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको छ । न्यायाधीश मनोज केसीको इजलासले कसुर ठहर गर्दै यस्तो…

September 14, 2019  
बलात्कार गरेको कसुरमा तीन महिना कैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि बालसुधारगृहमा रहेका नौ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ २६ गते तीन महिना कैद फैसला सुनाएको छ । न्यायाधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । अदालतको फैसलासँगै उनी छुटेका छन् । फैसलाअनुसार तीन महिना कैद पुर्पक्षका लागि थुनामा…

September 14, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

उमेर नखुलेकी युवतीलाई सामूहिक बलात्कार घटनाका फरार आरोपित त्रियुगा नगरपालिका–६ का ४३ वर्षीय हरिनारायण सदा २४ वर्षपछि भदौ २६ गते गिरफ्तार भएका छन् । जिल्ला अदालतको सुरक्षार्थ खटिएका असई मदनकुमार श्रेष्ठ र अदालतका कार्यालय सहायक नारायणप्रसाद ढकालको टोलीले सिरहा जिल्लाको लहान नगरपालिकास्थित मुसरनीया टोलमा लुकिछिपी बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको…

September 13, 2019