अज्ञात समूहद्वारा गरिएको गोली प्रहारबाट एक जना घाइते 

बीरगञ्ज उमनपा-१४ ठुलो पिप्राकी २३ वर्षीया निलु पटेललाई चैत २८ गते राति अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । पटेलको देब्रे कन्चट नजिक गोली लागेको प्रहरीले जनाएको छ । पीडित महिलाको उपचार बीरगञ्जस्थित नेशनल मेडिकल कलेजको सघन उपचार कक्षमा भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको…

April 11, 2017  
पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

ठोरी गाविस-३ सरस्वतीचोककी २१ वर्षीया एलिशा सुनारको हत्या गरेको आरोपमा ३५ वर्षीय पति अशोक लोहार र अशोककी जेठी पत्नी ३३ वर्षीया जमुना लोहारविरुद्ध पीडितपक्षले फागुन १२ गते इलाका प्रहरी कार्यालय पोखरीयामा उजुरी दिएको छ । हत्या घटनामा संलग्न रहेको आरोपमा अशोक र जमुनालाई प्रहरीले फागुन १० गते नै गिरफ्तार गरेको…

February 24, 2017  
एक महिना अघि झडपमा घाइते भएका कैदीको उपचारको क्रममा मृत्यु

बीरगञ्ज कारागारभित्र ०७३ पुस १० गते दिउँसो कैदीहरूबिच भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २६ वर्षीय कैदी राजनकुमार बानियाको माघ १७ गते उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको  छ । उनको उपचार सुरक्षा निगरानीमा काठमाडौँमा भइरहेको थियो । बीरगञ्ज उमनपा-१३ घडीअर्वा घर भएका बानिया, शरीर बन्धक तथा अपहरण…

February 1, 2017  
निर्वाचन नभए सङ्घीयता संकटमा पर्ने नागरिक समाजका अगुवाहरूको भनाइ

बीरगञ्जमा आयोजित एक कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरूले निर्वाचन नभए सङ्घीयता सङ्कटमा पर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७३ माघ १५ गते बीरगञ्जमा आयोजना गरेको मधेशका समस्या, प्रान्त सीमा र स्वायत्तताको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजाका विभिन्न सरोकार समूहका वुद्धिजिविहरू एउटै थलोमा बसेर नेपालको वर्तमान…

January 28, 2017  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय सेढवाले  सुवर्णपुर गाविस-१ का ५० वर्षीय धनबहादुर मगरलाई माघ ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ६ गते बलात्कार प्रयास गरेको आरोपमा स्थानीयबासीले समातेर प्रहरीसमक्ष बुझाएका थिए । इलाका प्रहरीले आरोपितलाई आजै जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको…

January 19, 2017  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मधुवन मथौल गाविस-५ सिद्धपुरका ३१ वर्षीय अम्बू महतो उरावविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पुस २२ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले पुस २१ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । प्रतिकारको क्रममा हातमा चोट लागेको…

January 6, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज उमनपा-१९ इनर्वाका ५७ वर्षीय अब्दुल रहिम मियाँलाई प्रहरीले पुस १८ गते गिरफतार गरेको छ । पीडित बालिकालाई पुस १५ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस १८ गते  प्रहरीमा उजुरी दिएपछि आरोपित मियाँलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दकुमार साहले जानकारी…

January 3, 2017  
वीरगञ्ज कारागारभित्र चक्कु प्रहार, आठ जना घाइते

वीरगञ्ज कारागारमा अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज घडिअर्वाका ३६ वर्षीय राजन बानियालगायत आठ जनालाई पुस १० गते साँझ रौतहट स्थायी ठेगाना भएका ४२ वर्षीय बन्दी पनिलाल पण्डितले तरकारी काट्ने चक्कुले घाँटीमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । आरोपितको आक्रमणबाट सोनाम मियाँ, दिपेन्द्र यादव, माया दास, व्रिजकिशोर शर्मा,…

December 26, 2016  
कथित बोक्सीको आरोपमा कुटपिट तथा दुर्व्यवहार गरेको आरोप

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन पर्साकी एक ज्येष्ठ नागरिक महिलाले कथित बोक्सीको आरोपमा दुर्व्यवहार भोग्नु परेको घटना सार्वजनिक भएको छ । बहुअर्वा भाठा-६ की ६० वर्षीया राधिकादेवी तुराहलाई मङ्सिर ९ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ५० वर्षीय रामानन्द मुखिया विन र उनका २५ वर्षीय छोरा…

November 27, 2016  
नौ वर्षीय बालक मृत अवस्थामा फेला 

बीरगञ्ज उमनपा-१६ राधेमाईका नौ वर्षीय छोरा राजन पटेलको शव बीरगञ्ज चिनी कारखानाको आवास क्षेत्रमा असोज २० गते फेला परेको छ । पीडित बालकको टाउको, नाक र आँखामा गम्भीर चोट लागेको, शरीरमा नीलडाम र मुखबाट फिज निस्केको हुनाले उनलाई कसैले मारेर फालेको हुनसक्ने पर्सा प्रहरीले जनाएको छ । पीडितको शव फेला…

October 7, 2016