बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छिपहरमाई गाउँपालिका-१ मिर्जापुरका ३२ वर्षीय राजकुमार यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते उजुरी दर्ता भएको छ । मङ्सिर ४ गते दिउँसो आरोपितले महिला घरमा एक्लै भएको अवस्थामा उनको घरमा गएर मुख थुनेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । पीडित पक्षले मङ्सिर ५ गते…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१८ का २७ वर्षीय कृष्ण साहविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १२ गते दिएको उजुरी कात्तिक १८ दर्ता भएको छ । पीडित महिलालाई आरोपितले कात्तिक ३ गते बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरी लिएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी…
सञ्चार उद्यमीमाथि एसिड प्रहार, आरोपित गिरफ्तार
वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर निवासी वाइपास दैनिकका प्रकाशक ४० वर्षीय धिरज दारुकामाथि वीरगञ्जमा कात्तिक ६ गते साँझ एसिड प्रहार गरिएको छ । आफ्नै घर आगाडि उभिएका बेला सञ्चार उद्यमी दारुकामाथि एक महिलाले एसिड प्रहार गरेको आरोप छ । सञ्चार उद्यमी दारुकाकै छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि एसिड…
खाद्य अधिकारमा गाउँपालिका प्रतिबद्धः अध्यक्ष चौधरी
खाद्य अधिकारको सवालमा गाउँपालिका गम्भीर रहेको पटेर्वा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले बताए । पर्टेवा गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरद्वारा जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि आयोजित क्षमता अभिबृद्धि तथा अभिमूखीकरण तालिममा अध्यक्ष चौधरीले सो बताएका हुन् । तालिम दुई दिनसम्म सञ्चालन गरिने छ ।…
तेजाव प्रहारबाट मृत्यु भएकी सम्झनाका परिवारलाई ४ लाख रुपियाँ राहत प्रदान
तेजाव प्रहारबाट मृत्यु भएकी सम्झनाकुमारी दासका परिवारलाई प्रदेश सरकारले ४ लाख रुपियाँ दिने घोषणा गरे अनुसार असोज १० गते १ लाख रुपियाँ प्रदान गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले मृतक सम्झनाका बुवा जादोलाल दासलाई १ लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् । बाँकी ३ लाख रुपियाँ असोज १४ गते हस्तान्तरण…
गाउँले बिच झडप, प्रहरीद्वारा दर्जनौ राउण्ड हवाइफायर र अश्रुग्यास प्रहार
रौतहटको श्रीपुरमा रहेको ढोरानदीको किनारमा शव जलाउने क्रममा गाउँलेको दुई पक्षबिच विवाद हुँदा असोज १० गते दिउँसो प्रहरीले गोली चलाउनु परेको छ । रौतहटको गरुडा नपा–९ स्थित श्रीपुरका ६५ वर्षीय रामप्रित सहनीको मृत्यु भइ शव जलाउने क्रममा विवाद भएको हो । दुवैपक्ष बिच झडप हुँदा प्रहरीले ३२ राउण्ड भन्दा बढी…
पैसा अभावमा उपचारमा समस्या, घटनाका सम्बन्धमा अनुसन्धान जारी
अज्ञात व्यक्तिले भदौ २६ गते राति सुतिरहेको अवस्थामा फालेको तेजाव लागेर घाइते भएकी चन्द्रपुर नपा–६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासको पैसा अभावका कारण उपचारमा समस्या भएको छ । पीडित बालिकाका बुवा जादोलाल दासले पैसा अभावमा छोरीहरूको उपचारमा समस्या आएको बताए । “अलिअलि पैसा थियो सकियो”–उनले…
सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकको गुनासो
पोखरिया नगरपालिका–३ का ३० जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बापतको रकम नपाएको गुनासो गरेका छन् । यहाँ १ सय २५ जना ज्येष्ठ नागरिक रहेका छन् । त्यसमध्ये ९५ जनाले सामाजिक सुरक्षा भत्ता बापतको रकम पाएका छन् । तर, ३० जनाले भने सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका हुन् ।…
हत्या घटनाका आरोपित गिरफ्तार
जगरनाथपुर गाउँपालिका–४ सुहपुर बस्ने १८ वर्षीया बविता चौधरीलाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई साउन ५ गते गिरफ्तार गरेको छ । भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नं. ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने बविता असार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–२ गादीको लक्ष्मीपुर गाउँका ४५ वर्षीय केदार भण्डारीलाई साउन ६ गते गिरफ्तार गरेको छ । आरोपित भण्डारीलाई रङ्गपुर प्रहरी चौकीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा साउन ६ गते पठाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते…