पतिको कुटपिटबाट घाइते भएकी सुनिताको उपचारको क्रममा मृत्यु
वीरगञ्ज मनपा–२० घर भई वीरगञ्ज मनपा–११, हरपतगञ्ज निवासी ३६ वर्षीया सुनिता यादवको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा चैत १५ गते मृत्यु भएको छ । नारायणी अस्पतालमा कार्यरत ४० वर्षीय डा.सचितानन्द यादवले पत्नी सुनितालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते भएकी सुनीताको उपचारको क्रममा मृत्यु भएको हो । सुनितालाई…
कुटपिट घटनाका आरोपित पतिविरूद्ध उजुरी
मनपा–२०, हरपतगञ्ज घर भइ वीरगञ्ज मनपा–११ बस्ने ३६ वर्षीया सुनीता यादवलाई नारायणी अस्पतालमा कार्यरत डा.सचितानन्द यादवले कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । चैत ८ गते कुटाइले पीडित सुनीताको मानसिक सन्तुलन पनि गुमेको अवस्था रहेको पीडित पक्षको आरोप छ । पीडित महिलाको पुरै…
जनता आवासको कार्यक्रम अन्र्तगतका घरहरू अझै बनेन
विपन्न तथा गरिव परिवारलाई लक्षित गरी सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत पर्सामा निर्माण भइरहेका घरहरू यतिखेर अलपत्र परेको छ । घर निर्माणका लागि आवश्यक पर्ने रकम अर्थ मन्त्रालयले भुक्तानी नदिँदा सरकारले विपन्नको घर निर्माणका लागि थालेको जनता आवास कार्यक्रम नै अलपत्र परेको हो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगञ्ज महानगरपालिका–२४ सुर्गाली बिर्ताका ४० वर्षीय मतलुव मिया र बीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ३२ वर्षीय सासोदिन अन्सारीलाई माघ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई माघ १७ गते आरोपितद्वयले बलात्कार गरेको पीडित पक्षको आरोप छ । उनीहरूविरूद्ध पीडित महिलाले माघ २१ गते जिल्ला…
ठोरी गाउँपालिकाको कार्यालयमा स्थानीयद्वारा तालाबन्दी
मन्त्री परिषदको माघ १४ गते बसेको बैठकले पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । सुवर्णपुरमा रहेको गाउँपालिका कार्यालयमा माघ १७ गतेदेखि स्थानीयले तालाबन्दी गरेका हुन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्र सारिएको जानकारी गराएपछि स्वस्फूर्त रूपमा स्थानीयले…
प्रहरी र प्रदर्शनकारीबिच झडप, दुई जना प्रदर्शनकारी घाइते
सरकार विरोधी प्रर्दशनमा उत्रिएका नेविसङ्घका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन् । माघ १८ गते बीरगंजमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच विद्यार्थीका झडप भएको हो । झडपमा परि बीरगंज महानगरपालिका–१४ पिप्रा निवासी २४ वर्षीय विकेश पटेल र बीरगंज महानगरपालिका–१६ नगवाका…
समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि प्रहरीद्वारा लाठी चार्ज
तिलावेपुलमा गरिएको सडक जामको समाचार सङ्कलनका लागि गएका पत्रकारलाई प्रहरीले लाठी चार्ज गरेको छ । सडक जाम गरेर अवरोध सृजना गर्नेहरूलाई प्रहरीले लाठी चार्ज गरेर तितरबितर पार्दै गरेको दृष्य सङ्कलन गर्ने क्रममा पत्रकारमाथि प्रहरी आइलागेको पत्रकारको आरोप छ । प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेका जनता टिभीका पर्सा सम्वाददाता श्याम कुशवाहा,…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पकाहा मैनपुर गाउँपालिका धोरेका १९ वर्षीय देवकुमार पटेलविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस १६ गते उजुरी दर्ता भएको छ । पीडित परिवारले पुस १६ गते दिएको उजुरी दर्ता गरी अरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए । आरोपित पटेलले पुस १५…
दुई दिने बाल अधिकारसम्बन्धी तालिम रङ्गपुरमा सम्पन्न
पटेर्वा सुगौली गाउँपालिका–२ गादीको सभाहलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका दुई दिने तालिम पुस १३ गते सम्पन्न गरिएको छ । कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले अधिकारका कुरा जानेर अधिकार…
स्वास्थ्य केन्द्रमा औषधि अभाव, सेवाग्राही रित्तै फर्कँदै
ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधिको अभाव भएको छ । ६ महिनादेखि स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि उपलब्ध गराइएको छैन । औषधि अभाव भएपछि सेवाग्राहीहरू उपचार बिना फिर्ता भइरहेका छन् । स्थानीय तह गठन भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतको सेवा गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।…