ठोरी गाउँपालिकाको कार्यालयमा स्थानीयद्वारा तालाबन्दी

मन्त्री परिषदको माघ १४ गते बसेको बैठकले पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । सुवर्णपुरमा रहेको गाउँपालिका कार्यालयमा माघ १७ गतेदेखि स्थानीयले तालाबन्दी गरेका हुन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्र सारिएको जानकारी गराएपछि स्वस्फूर्त रूपमा स्थानीयले…

February 3, 2019  
प्रहरी र प्रदर्शनकारीबिच झडप, दुई जना प्रदर्शनकारी घाइते

सरकार विरोधी प्रर्दशनमा उत्रिएका नेविसङ्घका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन् । माघ १८ गते बीरगंजमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच विद्यार्थीका झडप भएको हो । झडपमा परि बीरगंज महानगरपालिका–१४ पिप्रा निवासी २४ वर्षीय  विकेश पटेल र  बीरगंज महानगरपालिका–१६ नगवाका…

February 3, 2019  
समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि प्रहरीद्वारा लाठी चार्ज

तिलावेपुलमा गरिएको सडक जामको समाचार सङ्कलनका लागि गएका पत्रकारलाई प्रहरीले लाठी चार्ज गरेको छ । सडक जाम गरेर अवरोध सृजना गर्नेहरूलाई प्रहरीले लाठी चार्ज गरेर तितरबितर पार्दै गरेको दृष्य सङ्कलन गर्ने क्रममा पत्रकारमाथि प्रहरी आइलागेको पत्रकारको आरोप छ । प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेका जनता टिभीका पर्सा सम्वाददाता श्याम कुशवाहा,…

January 25, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पकाहा मैनपुर गाउँपालिका धोरेका १९ वर्षीय देवकुमार पटेलविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस १६ गते उजुरी दर्ता भएको छ । पीडित परिवारले पुस १६ गते दिएको उजुरी दर्ता गरी अरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए । आरोपित पटेलले पुस १५…

January 1, 2019  
दुई दिने बाल अधिकारसम्बन्धी तालिम रङ्गपुरमा सम्पन्न

पटेर्वा सुगौली गाउँपालिका–२ गादीको सभाहलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका दुई दिने तालिम पुस १३ गते सम्पन्न गरिएको छ । कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले अधिकारका कुरा जानेर अधिकार…

December 31, 2018  
स्वास्थ्य केन्द्रमा औषधि अभाव, सेवाग्राही रित्तै फर्कँदै

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधिको अभाव भएको छ । ६ महिनादेखि स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि उपलब्ध गराइएको छैन । औषधि अभाव भएपछि सेवाग्राहीहरू उपचार बिना फिर्ता भइरहेका छन् । स्थानीय तह गठन भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतको सेवा गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।…

December 21, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

पाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ९ गते वीरगञ्जमा सम्पन्न गरिएको छ । २०१८ को जनवरीदेखि हालसम्म अभिलेख गरिएका घटनाहरूको बारेमा समीक्षा गरिएको इन्सेक प्रतिनिधि केसी लामिछानेले बताए । उनले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सङ्कलित घटनासम्बन्धी तथ्याङ्क प्रस्तुत गरेका थिए । तथ्याङ्क अनुसार…

November 25, 2018  
मानव अधिकारको अवस्थाका बारेमा पर्साका सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ को संयुक्त टोलीले मङ्सिर ४ गते वीरगञ्जमा सरोकारवाला निकायसँग भेटघाट गरी मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरेको छ । इन्सेक केन्द्रीय कार्यालयका सम्झा श्रेष्ठको नेतृत्वमा रहेको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साका…

November 22, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छिपहरमाई गाउँपालिका-१ मिर्जापुरका ३२ वर्षीय राजकुमार यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते उजुरी दर्ता भएको छ । मङ्सिर ४ गते दिउँसो आरोपितले महिला घरमा एक्लै भएको अवस्थामा उनको घरमा गएर मुख थुनेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । पीडित पक्षले मङ्सिर ५ गते…

November 22, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१८ का २७ वर्षीय कृष्ण साहविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १२ गते दिएको उजुरी कात्तिक १८ दर्ता भएको छ । पीडित महिलालाई आरोपितले कात्तिक ३ गते बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरी लिएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी…

November 6, 2018