महानगर सभापति र प्रदेश सभा सदस्य बीच कुटाकुट

वीरगंज मनपा–१० आर्दशनगर निवासी ५३ वर्षीय नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र सोही पार्टीेका वीरगंज मनपा–१ छपकैया निवासी ४७ वर्षीय नेपाली कांग्रेस वीरगंज महानगर समितिका सभापति भोला साह कलवारबीच मङ्सिर ४ गते वीरगंजको आदर्शनगरमा प्रभातीय यात्रामा निस्किएको समयमा कुटाकुट भएको छ । कलवारले आफ्ना निकटका होटल कामदारहरू र गाउँका…

November 22, 2019  
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता र विद्यार्थीले छात्रवृत्ति पाएनन्

पर्साको जगरनाथपुर गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७ को साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । ज्येष्ठ नागरिक, एकल महिलाहरूलाई चाडबाडको समयमा समेत भत्ता वितरण नहुँदा आर्थिक कठिनाइ भोग्नु परेको जगरनाथपुर गाउँपालिका–१ निवासी भोला राउतले गुनासो गरे । जगरनाथपुर गाउँपालिका भित्र करिब १ हजार ७ सय ज्येष्ठ नागरिक र एकल…

November 16, 2019  
गोली प्रहार गरी अपहरण घटनाका आरोपति गिरफ्तार

१४ वर्षीय बालकको अपरहण गरेको आरोपमा प्रहरीले पोखरिया नपा–६ सोनवारीका २० वर्षीय राजकुमार दासलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । कात्तिक २० गते बिहान अपहरित बालकको बुवासँग फिरौती रकम लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरी उनलाई गिरफ्तार गरेको हो । दासको दाहिने गोडाको घुँडामुनिको भागमा गोली लागेको छ …

November 7, 2019  
घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला, पहिचान खुलेन

ठोरी गाउँपालिका–५ सुवर्णपुरको ठुलोबाघमोर्चा भन्दा उत्तर राष्ट्रिय बनको झाडीमा अन्दाजी १८ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन । गोठालाहरूले देखेर हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गहुँगोारे वर्णकी किशोरीको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले बताए । रातो साडी लगाएको र पैतला रङ्गिएको युवतीको…

November 3, 2019  
हत्या आशङ्कामा पति, देवर र जेठानी गिरफ्तार

पकाहामैनपुर गाउँपालिका-४ धोवीया टोलकी २४ वर्षीया सोरियम खातुनको हत्या अशङ्कामा २८ वर्षीय पति नसुरद्दीन मीयाँ, २४ वर्षीय देवर विल्टु मियाँ र ३२ वर्षीया जेठानी तुना खातुनलाई इलाका प्रहरी कार्यलय पोखरियाले असोज २६ गते गिरफ्तार गरेको छ । असोज १९ गते सोरियम खातुनको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट मुस्लिम परम्परा…

October 15, 2019  
पाँच वर्षदेखि जनता आवासको नाममा झुपडीको बास

जनता आवास कार्यक्रम अन्तर्गत पर्सागढी नगरपालिकामा ७० जना गरिब, दलित, विपन्न, मुस्लिम परिवार पाँच वर्षदेखि घरविहीन भएका छन् । ०७० चैतदेखि हाल पर्सागढी नपा–१ अन्तर्गतको झबराहा, बढनिहार, माछीटोल, बिरुवागुठी, सोही नपा–४ अन्तर्गतको बर्वाटाँडी, बकनेरवा, छटैली, सोही नपा–५ को झिङ्गना, सोही नपा–६ को चैनपुर, सोही नपा–८ को हरपुर र सोही नपा–९…

October 1, 2019  
१५ वर्षीया बालिकालाई एसिड प्रहार, आरोपित गिरफ्तार

बीरगंज महानगरपालिका–३ छपकैया निवासी १५ वर्षीया बालिका मुस्कान खातुनको अनुहार र शरीरमा तेजाव छर्केर घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका १६ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपित बालकले बीरगंजको गणेशमानचोकमा भदौ २० गते एसिड प्रहार गरेका हुन् । एकतर्फी माया गर्ने बालकले ति बालिकामाथि एसिड प्रहार…

September 8, 2019  
प्रहरीले चलाएको गोली लागी एक जना घाइते

बीरगंज महानगरपालिका–१६ का ३४ वर्षीय सन्तोष दास भदौ १७ गते राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका छन् । उनको दायाँ गोडामा गोली लागेको छ ।   वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हतियार देखाई गोली हान्न खोजेकाले नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको जिल्ला…

September 4, 2019  
छात्राबासमा बस्ने गरेका विद्यार्थी विद्यालयबाट बेपत्ता !

कालिकामाई गाउँपालिका-२ का अध्यक्ष सोनालालप्रसाद चौरसियाका १३ वर्षीय छोरा भदौ १२ गतेदेखि बेपत्ता भएका छन् । वीरगन्जको पावर हाउस चोकमा रहेको जिएचपी माध्यमिक विद्यालयको होस्टलमा बस्दै आएका अमितकुमार चौरसिया विद्यालयबाटै सम्पर्कविहीन भएपछि विद्यालय प्रशासनले अभिभावकलाई जानकारी गराएको थियो । घटनाको भोलिपल्ट भदौ १३ गते अमितको परिवारले विद्यालयबाटै छोरा हराएको जानकारी…

September 2, 2019  
पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार

कालिकामाई गाउँपालिका–५ सेमरा टोलकी ३५ वर्षीया सङ्गीतादेवी पटेललाई धारिलो हतियार गडासी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मुक्ति पटेललाई साउन ३२ गते गिरफ्तार गरेको छ । सङ्गीतादेवीलाई साउन ३१ गते अपरान्ह साढे ५ बजे धारिलो हतियार गडासीले प्रहार गरी आरोपितले हत्या गरेको आरोप छ । शव पोष्टमार्टमका…

August 17, 2019