विवरण नविकरण नहुँदा सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो
विवरण नविकरण नहुँदा बीरगंज महानगरपालिका–३२ बेलवाका ७५ जनाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । समाजिक सुरक्षा भत्ता लिनका लागि व्यक्तिगत विवरण हरेक वर्ष अद्यावधिक हुने गर्दछ । त्यसलाई वार्षिक नविकरण भनिन्छ । त्यही नभएका कारण उनीहरू सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन् । बीरगंज महानगरपालिकामार्फत गत वर्ष…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ १० गते छपकैयाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको भनी आरोपितविरुद्ध पीडितका बाबुले माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएको घटनाहरुको पूर्व समीक्ष कार्यक्रम पुस ९ गते वीरगंजमा सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारको उल्लङ्घनको विषयलाई इन्सेकले सार्वजनिक गरेर राज्यलाई जिम्मेवार…
झडपमा घाइते भएका नेकपका स्थानीय नेता चौरसियाको मृत्यु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले बिन्दवासनी गाउँपालिकामा कात्तिक ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका बिन्दवासीनी गाउँपालिका–१ बहुअर्वाभाठाका ३७ वर्षीय मुकेश चौरसियाको मृत्यु भएको छ । झडपमा चौरसियाको टाउकोमा चोट लागेको थियो । बीरगंजस्थित न्युरो अस्पतालमा उपचाररत चौरसियाको मृत्यु कात्तिक ७ गते बिहान भएको अस्पतालले…
उपचार अभावमा बीरगंजमा एक बालकको मृत्यु भएको आरोप
बारा जिल्ला बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी नौ वर्षीय सुशिलकुमार साहको उपचार अभावमा साउन २७ गते बिहान बीरगंजस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको मृतकका बुबाले आरोप लगाउनु भएको छ । ज्वरो, झाडा–पखाला र बान्ताले बिरामी भएका बालकलाई साउन २५ गते उनका बुबाले उपचारका लागि बीरगञ्ज ल्याएपनि रातभर विभिन्न अस्पताल चहार्दा पनि…
विद्यालय निर्माणको ३९ वर्षसम्म पनि शौचालय निर्माण भएन
वीरगंज मनपा–२० स्थित निरञ्जन साह कलवार प्राथमिक विद्यालय निर्माण भएको ३९ वर्ष हुँदा पनि शौचालय भने बनेको छैन । २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा पाँचसम्म अध्ययन–अध्यापन हुने गरेको छ । एक बालविकास सहजकर्तासहित चार जना शिक्षक कार्यरत यस विद्यालयमा १ सय ३५ जना विद्यार्थीहरू अध्ययनरत छन् । विद्यार्थीहरू शौचालय…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया छोरीलाई जेठ ३२ गते यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय बुवालाई विजयवस्ती प्रहरी चौकीका प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । घटनाका बारेमा पीडित बालिकाले सोही दिन आफन्त र छरछिमेकमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो । पीडित बालिकाले घटनाबारे बताएलगत्तै स्थानीयले ती बालिकाका बुवालाई नियन्त्रणमा लिएर प्रहरीको…
समाचार सम्प्रेषण गरेको भन्दै धम्की दिएको पत्रकारको आरोप
जिरा भवानीपुर गाउँपालिका २ सेढवा निवासी प्रतीक दैनिकका सम्वाददाता ३७ वर्षीय ओमप्रकाश चौधरीलाई असार २५ गते राती सेढवा बजारमा सोही ठाउँका कांग्रेसका कार्यकर्ता हरिनारायण यादवले समाचार सम्प्रेषण गरेको भन्दै कुटपिट गर्ने धम्की दिएको पीडितको आरोप छ । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको ठोरी गाउँपालिका अन्तर्गतको ओरिया खोलाबाट विकास निर्माणका लागि भण्डारण…
बलात्कार घटनाका आरोपित चौरसिया गिरफ्तार
१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकामाई गाउँपालिका–३ हरिहरपुरबिर्ता निवासी २२ वर्षीय दीपेन्द्र चौरसियालाई वैशाख १९ गते गिरफ्तार गरेको छ । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाएको छ । वैशाख १९ गते दीपेन्द्र चौरसियाले बलात्कार गरेको भन्दै चार जना युवाहरूको…
छोरी हत्याको आरोपमा बाबु गिरफ्तार
७ वर्षीया छोरीको हत्याको आरोपमा पर्सा प्रहरीले वीरगंज मनपा–१ का २९ वर्षीय सञ्जयकुमार सर्राफलाई वैशाख ४ गते गिरफ्तार गरि वैशाख ७ गते सार्वजनीक गरेको छ । सर्राफले ७ वर्षीय छोरी अंशुकुमारी सर्राफलाई घाँटी थिचेर मारेको अनुसन्धानबाट खुलेपछि उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले जानकारी दिनु भयो…