बेचबिखन घटनाका अभियुक्त गिरफ्तार

३७ वर्षीया महिलालाई ०६४ चैत ७ गते भारत लगी बेचबिखन गरेको कुसुरमा जिल्ला अदालतले दोषी ठहर गरेका फरार अभियुक्त दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका ३६ वर्षीय सुकमान तामाङलाई असोज १३ गते प्रहरीले गिरफ्तार गरेको छ । अभियुक्तलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ बाट गिरफ्तार गरी जिल्ला जिल्ला अदालतमा असोज १३ गते नै उपस्थित गराई…

October 1, 2020  
नागरिक समाज र सञ्चार जगतको सहकार्यले गुणस्तरीय विकास गराउँछ

इन्सेक नुवाकोटको आयोजनामा असोज १ गते विदुरमा नागरिक सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूबीच छलफल भएको छ । विकासको लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य विषयमा भर्चुअल माध्यमबाट छलफल भएको हो । कार्यक्रममा विकास निर्माण, नागरिक समाज, सञ्चार जगत र कोरोना भाइरसको प्रभावको बारेमा छलफल गर्दै कार्यक्रममा सहभागीहरूले नागरिक समाज र…

September 17, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका ४५ वर्षीय काकालाई प्रहरीले भदौ १५ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ १४ गते बालिकाले लुगा धोइरहेको स्थानमा गई यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । आरोपितविरुद्ध…

September 1, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विदुर नपा–९ का ४८ वर्षीय सुरेश श्रेष्ठलाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १३ गते ललाई फकाई पैसा दिन्छु भनी यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा भदौ १४ गते पीडित पक्षले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएको…

August 31, 2020  
गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्ने धम्की

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भदौ ६ गते एक विज्ञप्ति प्रकाशन गरी म्यागङ गाउँपालिका अध्यक्षलाई जनकारबाही गर्ने धम्की दिएको छ । अध्यक्ष तामाङले गाउँपालिकामा भ्रष्टाचार गरेको, जनविरोधी काम गरेकोले सम्पूर्ण गाउँपालिका वासीको अघि आफूले गरेको अनियमितता स्वीकार गरी जनतासामु नबुझाएको खण्डमा जनकारबाही गरिने चेतावनी जिल्ला सेक्रेटरी विन्दुले…

August 23, 2020  
बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवपुरी गाउँपालिका–५ का ३० वर्षीय रमेश पाख्रिन र लिखु गाउँपालिका–१ का ३६ वर्षीय भुपेश घलेलाई प्रहरीले ०७७ साउन २४ गते काठमाडौँ बुढानिलकण्ठ नपा–८ बाट गिरफ्तार गरेको छ । पीडितलाई ०७६ चैत २ गते राती उनकै घरमा बलात्कार गरी नगद र सुनसमेत लुटेर फरार रहेका…

August 10, 2020  
माहामारीको समयमा राज्यले अवलम्बन गरेका नीति प्रभावकारी भएन

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउनको समयमा राज्यले अवलम्बन गरेका नीतिहरू प्रभावकारी बन्न नसकेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०७७ साउन २१ गते हेटौँडामा भएको बागमती प्रदेशको मानव अधिकारको अवस्था विषयक…

August 5, 2020  
बलात्कार घटनाका दुई जना आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ र दुप्चेश्वर गाउँपालिका–५ का ३२ वर्षीय सानोकान्छा तामाङलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले चैत ९ गते आरोपितहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले आरोपित दुबैलाई चैत ७ गते काठमाडौँको कपनबाट गिरफ्तार गरी ल्याएको…

March 24, 2020  
बलात्कार कसुरमा १४ वर्ष कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नगरपालिका–८ का २६ वर्षीय विक्रम नेपालीलाई नुवाकोट जिल्ला अदालतले १४ वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले चैत ४ गते आरोपित नेपालीलाई बलात्कार कसुर ठहर गर्दै १० वर्ष कैद र पीडित हाडनाता भित्र पर्ने भएकोले थप ४ वर्ष समेत…

March 19, 2020  
बलात्कार प्रयास कसुरमा नौ महिना कैद फैसला

शारीरिक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा किस्पाङ गाउँपालिका–२ का ७० वर्षीय सिङ्गा तामाङलाई जिल्ला अदालतले नौ महिना कैद र १० हजार रुपिँया जरिवाना फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले फागुन २९ गते फैसला गरेको हो । बलात्कार आरोप लगाइए पनि अदालतले यौन…

March 14, 2020