वडा अध्यक्षलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

जनकनन्दिनी गाउँपालिका–१ का वडा अध्यक्ष ३८ वर्षीय धर्मेन्द्र गोइतलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय अरविन्द यादवलाई ईलाका प्रहरी कार्यालय खजुरीले चैत १ गते गिरफ्तार गरेको छ । फागुन १६ गते वडा कार्यालयमा नागरिकता सिफारिस गराउन गएका वेल वडा अध्यक्ष गोइतले समयमै काम नगरेको भन्दै अपशब्द प्रयोग गर्दा दुबै…

March 16, 2020  
अज्ञात पक्षद्वारा मोटरसाइकलमा आगजनी

जनकपुरधाम उमनपा–७ स्थित कुम्हारकुटीमा चैत १ गते राति अज्ञात पक्षले नेपाली कांग्रेसका कार्यकता रहेका पेठिया बजारमा किराना पसल गरि बस्ने पप्पु साहको मोटरसाइकलमा आगजनि गरेको छ । घर अगाडि रोकि राखेको प्रदेश ०२–०२–००१ प ५२४२ नम्बरको एफजेड मोडेलको मोटरसाइकलमा आगजनी गरिएको घरधनी पप्पु साहले जानकारी दिनु भएको छ । राती १…

March 16, 2020  
औषधी व्यवसायीमाथि आक्रमण, अवस्था गम्भिर

क्षिरेश्वरनाथ नपा–६ नयाँ सखुवाबजारमा औषधी व्यवसायी २२ वर्षीय शशिलाल कर्णलाई अज्ञात समूहले चैत १ गते राती हेलमेटले कुटपिट गरी घाइते बनाएको छ । आफनै औषधी पसलमा बसि रहेको बेला रातो रङ्गको अपाचे मोटरसाइकलमा आएका दुई जना युवाले पसलभित्र प्रवेश गरी हेल्मेटले टाउकोमा आक्रमण गरेको हो । घाइते व्यावसायी कर्णको जनकपुरस्थित…

March 16, 2020  
डोजर लगाएर घर भत्काइएको वस्तीमा मानवअधिकारकर्मीद्वारा अनुगमन

२० वर्षदेखि जनकपुरधाम उमनपा–४ विश्वकर्मा चौक बस्ने चन्द्रा देवीको घरमा चैत १ गते दिउँसो डोजर लगाएर घर भत्काइएको घटनाको मानवअधिकारकर्मीहरूको संयुक्त टोलीले अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का मानव अधिकार अधिकृत मनमाया थापा मगर, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) प्रदेश २ का संयोजक राजु…

March 16, 2020  
बलात्कार घटना उजुरी दर्ता नगरेको पीडितको आरोप

२० वर्षीया अविवाहित चार महिनाकी गर्भवती युवतीले आफुलाई न्याय दिलाउन स्थानीय प्रशासनले चासो नलिएको गुनासो गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन ५ गते दिएको उजुरी चैत ३ गतेसम्म पनि दर्ता नगरेको पीडितको आरोप छ । चार महिनाको गर्भ लिएर माघ महिनादेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला…

March 16, 2020  
दलित महिलाको घर घरमा प्रवेश गरी कुटपिट गरेको आरोपमा उजुरी दर्ता

धनुषाधाम नपा–४ रामपुर टोलमा पाँच जना दलित महिलाहरुलाई फागुन २७ गते कुटपिट गर्दै दुर्व्यवहार गरेको भन्दै पीडित महिलाहरुले फागुन २८ गते ईलाका प्रहरी कार्यालय धनुषाधाममा उजुरी दर्ता गराएका छन् । सोही नपा–३ सर्सा बस्ने राजिव यादव र जयकिशोर साह लगायत सात जना युवाहरुको समुहले दलित वस्तीमा प्रवेश गर्दै महिलाहरुलाई दुर्व्यवहार…

March 16, 2020  
बालिका अपहरण गरेको आरोपमा विप्लव नेतृत्वका प्रतिबन्धित नेकपाका १४ कार्यकर्ता गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका नौ जना पुरुषसहित १४ जना कार्यकतालाई ठुलो परिमाणमा हतियारसहित फागुन २९ गते गिरफ्तार गरेको छ । गणेशमान चारनाथ नपा–५ चिसापानी गौरी खोला बस्ने लाल बहादुर मोक्तानको १४ वर्षीया छोरी करिना मोक्तानलाई फागुन २८ गते…

March 15, 2020  
राजपा नेपालका कार्यकर्ताले सञ्चार उद्यमीलाई ज्यान मार्ने धम्की दिएको आरोप

जनकपुर टेलिभिजनका सञ्चालक रहेका औषधी व्यवसायी सङ्घका महासचिव प्रमोद अग्रवाललाई राजपा नेपालका कार्यकर्ता रहेका होटल व्यवसायी धर्मेन्द्र कुमार साहले फागुन २६ गते दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा जनकपुर टेलिभिजन र मधेशी पत्रकार समाज प्रदेश २ ले छुट्टा छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै ज्यान मार्ने धम्की दिने धर्मेन्द्र साहलाई…

March 15, 2020  
दाइजो नदिएको भन्दै विवाह स्थगित 

धनुषाको नगराइन नपा–२ जटहीका सुकदेव सदा र बेचनी सदाकी २० वर्षीया छोरी पूजा सदा र धनुषाको मिथिला विहारी नगरपालिका बस्ने रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग फागुन २५ गते हुने विवाह सहमति अनुसार दाइजो नदिएको भन्दै स्थगित भएको छ । दुई आना सुन र १२५ सि.सि. को मोटरसाइकल माइती…

March 15, 2020  
महिलाको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने बाटोमा अग्रसर हुन आग्रह

१ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयले महिलाको अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्ने बाटोमा अग्रसर होस् भनि शुभकामना व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष “समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने…

March 13, 2020