बलात्कार घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
बलात्कार घटनाका कारण पीडित भएकी बालिकालाई न्यायको माग गर्दै स्थानीय महिलाहरूले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वैशाख २२ गते ढुङगामुढा गरेका छन् । प्रदर्शनकारी महिलाहरूको ढुङ्गामुढा प्रहारबाट इलाका प्रहरी कार्यालयको झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ । न्यायको माग गर्दै प्रदर्शनमा उत्रेका महिलाहरूले प्रहरी प्रशासन विरूद्ध नारावाजी गर्दै ढुङ्गामुढा गरेपछि प्रहरीले…
परिवारका सदस्यबाट आगो लगाएर घाइते भएकी निर्मलाको उपचारको क्रममा मृत्यु
शहीदनगर नपा–१ पुरवारी टोल चिरैयाकी २० वर्षीया निर्मला यादवको उपचारका क्रममा वैशाख १६ गते मृत्यु भएको छ । २४ वर्षीय पति मुकेश गोइत यादवले निर्मलाको शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा घाइते भएकी थिइन् । काठमाडौँको किर्तिपुरस्थित बर्निङ् अस्पतालमा उपचारको क्रममा वैशाख १६ गते निर्मलाको मृत्यु भएको पीडित परिवारले जनाएको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१४ वर्षीय बालिकालाई क्षीरेश्वरनाथ नपा–५ का ३३ वर्षीय राजकुमार साहले बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १६ गते ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते दिउँसो बेहोस पारी बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १६ गते जनकपुर…
पत्नीलाई मट्टितेल छर्केर आगो लगाएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
शहीदनगर नपा–१ चिरैयाकी २१ वर्षीया निर्मलादेवी यादवलाई मट्टितेल छर्केर आगो लगाएको घटनाका आरोपित पति २३ वर्षीय मुकेशकुमार गोइत यादवविरूद्ध पीडित पक्षले वैशाख ९ गते इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिएको छ । घटनाका आरोपित फरार रहेकोले खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर चन्द्रभुषण…
दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
एक दलित महिलालाई कपाल मुण्डन गरी दुर्व्यवहार गरेको आरोपमा पीडितले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाकी ४० वर्षीया सुकमरियादेवी सदालाई छिमेकी ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५…
मानव अधिकार आयोगको स्थलगत प्रतिवेदनलाई प्रमाणको रूपमा लिनुपर्छः प्रदेश प्रमुख कायस्थ
प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले गरेको स्थलगत अध्ययन पछिको प्रतिवेदनलाई प्रहरीको मुचुल्का जस्तै प्रमाणको रुपमा स्वीकार गर्नुपर्ने बताएका छन् । पुर्व आयुक्त समाज–राष्ट्रिय मानव अधिकार आयोग, डिफ्री–ललितपुरको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ को संयोजनमा वैशाख ५ गते जनकपुरधाममा आयोजित…
उपभोक्ताको स्वास्थ्य अधिकारसँग खेलवाड गर्नेलाई कडा कारवाही गर्छौँ–मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई कडा कारवाही गरिने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा वैशाख ३ गते आयोजित उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले उपभोग्य वस्तुमा मिसावट गर्ने जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताए । फर्मालिन (शवलाई…
शिक्षा, स्वास्थ्य र खाद्यका सवालमा सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत चैत २७ गते बटेश्वर गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर क्षेत्रीले गाउँपालिकाले गर्ने राम्रा कार्यहरू बाहिर अथवा जनतालाई सुनाइदिन…
हावाहुरीका कारण मृत्यु भएकाहरूको सम्झनामा शोक मनाउने प्रदेश २ सरकारको घोषणा
बारा र पर्सामा आएको हावाहुरीका कारण मृत्यु भएकाको सम्झनामा प्रदेश २ सरकारले प्रादेशिक शोक मनाउने घोषणा गरेको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले १३ औँ पुण्यतिथिमा चैत ३० गके शोक मनाउने निर्णय गरेको हो । प्रदेश २ सरकारले १३ औँ पुण्य तिथिको दिन चैत ३०…
मानव अधिकार निगरानी समूहसँग गरेको प्रतिवद्धता पुरा गर्ने वडा अध्यक्ष यादवको भनाई
बटेश्वर गाउँपालिका–५ का वडा अध्यक्ष शिवकरण यादवले मानव अधिकार निगरानी समूहसँग गरेको प्रतिबद्धता पुरा गर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्र्तगत चैत २० गते बटेश्वर गाउँपालिका–५ शान्तिपुमा आयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सम्बन्धमा…