बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सबैला नपा–१२ रघुनाथपुर निवासी ३० वर्षीय स्वास्थ्यकर्मी श्रवण साहलाई भदौ २४ गते गिरफ्तार गरेको छ । सबैला नपा–१२ रघुनाथपुर बजारमा आरोपित साहले सञ्चालन गर्दै आएको क्लिनिकमा भदौ २२ गते उपचार गर्न गएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्यकर्मी साहलाई गिरफ्तार गरिएको जिल्ला…

September 11, 2020  
मानव अधिकारकर्मीहरूको टोलीद्वारा क्वारेण्टाइन अनुगमन

धनुषाको मानव अधिकारकर्मीहरूको टोलीले भदौ २३ गते औरही गाउँपालिका, शहीदनगर नगरपालिका र कमला नगरपालिकाको क्वारेण्टाइन अनुगमन गरेको छ । इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, ओरेक नेपाल धनुषा संयोजक रोजलिन सिंह बछार, एड्भोकेसी फोरम नेपालका अधिकृत कुमारप्रसाद थपलिया, महिला मानव अधिकार रक्षक सञ्जाल धनुषा अध्यक्ष शिला झा र महिला अधिकारकर्मी सम्झना…

September 11, 2020  
बलात्कार घटना आरोपितविरुद्ध उजुरी दर्ता

१० वर्षीया बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २२ गते लक्ष्मीनियाँ गाउँपालिका–२ बस्ने किराना तथा मदिरा पसल सञ्चालक ५५ वर्षीय बुधुवा साह भनिने बद्री साह सोनारविरूद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा दिएको उजुरी प्रहरीले भदौ २४ गते दर्ता गरेको सई रामपदार्थ साहले जानकारी दिनु भएको छ ।…

September 9, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य अनिल शर्मा ‘विरही’ लाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत धनुषाको गेटबाट भदौ २३ गते पुनः गिरफ्तार गरेको छ । धनुषामा विरहीविरूद्ध सङ्गठित अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका मुद्दा दर्ता थियो । शर्मालाई भदौ १९ गते चितवन जिल्लाको भरतपुरबाट प्रहरीले…

September 9, 2020  
स्वास्थ्य स्वयम्सेविकाले तलव भत्ता नपाएको गुनासो

जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य स्वयम्सेविकाहरूले २ वर्षदेखि तलव, भत्ता र पोशाक भत्ता नपाएको वडा नं. ७ की स्वास्थ्य स्वयम्सेविका अनिता श्रीवास्तवले गुनासो गर्नु भएको छ । नगरपालिकामा ३५ जना स्वास्थ्य स्वयम्सेविका कार्यरत रहेका छन् । स्वास्थ्य स्वयम्सेविकाहरूलाई दिंदै आएको मासिक ६ सय रुपियाँ र पोशाक भत्ता बापतको ७ हजार ५ सय…

September 8, 2020  
बटेश्वरमा प्रहरी र स्थानीयबिच झडप, प्रहरीसहित पाँच जना घाइते

बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा भदौ २१ गते राति प्रहरी र स्थानीयबासिन्दाबिच भएको झडपमा परेर दुई जना प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् । औरही खोलामा बगेर आएको सखुवा काठको गोलियाको विषयमा प्रहरी र स्थानीयबिच झडप भएको हो । झडपमा इलाका प्रहरी कार्यालयका ३५ वर्षीय इन्स्पेक्टर दीपक राय र ३०…

September 7, 2020  
यूपीआरका लागि सरकारको मस्यौदा प्रतिवेदनउपर प्रदेश २ का सरोकारवालाबिच भर्चुअल अन्तरक्रिया सम्पन्न

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि भदौ २१ गते प्रदेश २ स्तरीय भर्चुअल अन्तरक्रिया सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा प्रदेश २ का मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो…

September 6, 2020  
मानव बेचबिखन तथा ओसारपसार विरूद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानव बेचबिखन तथा ओसारपसार विरूद्धको चौधौँ राष्ट्रिय दिवस २०७७ को अवसरमा जनकपुरधाममा ‘मानव बेचबिखन तथा ओसारपसारको अन्त्यः सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’सम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ २० गते सम्पन्न गरिएको छ । ओरेक नेपाल, इन्सेक, एड्भोकेसी फोरम नेपाल र जिल्ला युवा सञ्जाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको…

September 6, 2020  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई भदौ १५ गते नाम थर ठेगाना थाहा नभएका अन्दाजी १८ वर्षीय युवकले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय ढल्केवमा सोही दिन उजुरी दिएको छ । पीडित बालिकालाई मुखमा मास्क लगाएर आएका अपरिचित युवकले बलात्कार गरेको पीडित बालिकाले भदौ १८ गते इन्सेक धनुषा प्रतिनिधिलाई बताएकी छन्…

September 3, 2020  
प्रदेश २ मा दलितहरूमाथि भएका विभिन्न घटना छानविनका लागि समिति गठन

प्रदेश २ मा विभिन्न घटनामा परी १३ जना दलितको मृत्यु भएको घटनाबारे छानविन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा भदौ १७ गते प्रदेश २ सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । प्रदेश २ सरकारका प्रतिपक्षी दल नेकपाका सचेतक एवम् जातीय विभेद तथा छुवाछुत अनुगमन समितिका सदस्य…

September 3, 2020