इन्सेकद्वारा घाइतेलाई उपचार सहयोग प्रदान

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल नेतृत्वको अधिकारकर्मीको टोलीले जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका इन्द्रकुमार पासवानलाई भटेको छ । नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको आक्रमणबाट घाइते भएका नगराइन नपा-८ का १८ वर्षीय इन्द्रकुमार पासवानलाई इन्सेकका अध्यक्ष प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमलगायतले घाइतेलाई अस्पतालमा…

September 18, 2017  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा निर्वाचन पूर्व अनुगमन

तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा असोज १ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा धनुषामा निर्वाचन पूर्व अनुगमन गरिएको छ । अभियानकर्ताहरू इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम र इन्सेक प्रलेख तथा प्रसार विभागका प्रमुख…

September 17, 2017  
काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

नगराइन नपा-८ स्थित अकौरा भन्ने गाउँमा नेपाली काङ्ग्रेस उम्मेदवारले मतदातालाई पैसा बाँड्न नपाएपछि एमाले कार्यकर्तामाथि भदौ ३१ राति ११ बजे आक्रमण गरेको एमालेले आरोप लगाएको छ । नगराइन नपा-८ का १८ वर्षीय इन्द्रकुमार पासवान, ३२ वर्षीय पहलाद पासवान, ३५ वर्षीय अरविन्द पासवान, विरेन्द्र राउत र ललन दासलाई सोही ठाउँका नेपाली…

September 17, 2017  
निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइयोः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले प्रदेश नं २ मा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको जनकपुरमा भदौ ३० गते आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । निर्वाचन आचारसंहिता व्यापक रूपमा राजनीतिक दल र सरकारले उल्लङ्घन गरेको आयोगका सदस्य पाठकले बताएका हुन् । 'उम्मेदवारहरूले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नरोकिएको, प्रचारप्रसारको क्रममा तुल,…

September 15, 2017  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको कार्यक्रम भदौ २९ गते जनकपुरको रामा होटलमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अध्यक्ष सुबोधराज प्याकुरेल र नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र प्रसाद आर्यालको उपस्थितिमा निर्वाचन आचारसंहिताको सवालमा छलफल गरियो । उपस्थित सहभागिहरूले धनुषामा व्यापक आचारसंहिता उल्लंघन भएको बताएका छन् । राजनीतिक…

September 15, 2017  
निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा चुनावी सभा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरमा भदौ २८ गते आयोजित निर्वाचन आचारसंहिता विपरीत चुनावी सभालाई सम्बोधन गरेका छन् । निर्वाचन आचारसंहिता विपरीत आयोजित चुनावी सभामा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले मोटरसाइकल र्‍याली, रूख छाप भएको झण्डा, व्यानर, भेष्ट, टोपी र गम्छासमेत प्रयोग गरी कार्यक्रममा सहभागी भएका थिए । जनकपुरको रा.रा.व. क्याम्पसको अगाडि…

September 14, 2017  
निर्वाचन आयोगद्वारा पूर्व गृहमन्त्री निधिसँग स्पष्टिकरण माग

निर्वाचन आयोगले नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग भदौ २८ गते स्पष्टिकरण सोधेका छन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका निधिलाई २४ घण्टे स्पष्टिकरण सोधेको हो । आयोगका अनुसार भदौ २५ गते जनकपुरमा आयोजित चुनावी कार्यक्रममा पूर्व उपप्रधान एवम् गृहमन्त्री…

September 14, 2017  
आचारसंहित विपरीतका प्रचार सामग्री छापिएको छापाखाना प्रहरीको नियन्त्रणमा

जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले भदौ २६ गते छापा मारेर निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचारप्रसार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेको बेला जनकपुर कलवार कुट्टीस्थित रहेको उक्त प्रेसमा प्रहरीले छापा मारेर हजारौँ रुपियाँ बरावरको समान बरामद गरेको हो । आचारसंहिता…

September 12, 2017  
नेपाली काङ्ग्रेसको चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग

प्रदेश नं. २ मा असोज २ गते हुन लागेको चुनावमा धनुषास्थित नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा भदौ २५ गते पनि बालबालिकाको प्रयोग गरेको पाइएको छ । बालबालिकाको हातमा नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रूख छाप भएको झण्डा लिएर चुनावी प्रचारप्रसारमा प्रयोग गरेको हो । काङ्ग्रेसले मनोनयन दर्ता भएको दिनमा विद्यालय उमेरका…

September 11, 2017  
अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट

धनुषाधाम नगरपालिकाको मेयर उम्मेदवारको घरमा भदौ २२ गते साँझ बम विष्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका तर्फबाट मेयर पदकी उम्मेदवार प्रेक्षा मल्लको घरको कम्पाउण्डमा अज्ञात समूहबाट बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रविन धितालले बताए । विष्फोटबाट कुनै मानवीय क्षति नभएपनि कम्पाउण्डमा सामान्य क्षति भएको डिएसपी धितालले…

September 8, 2017