विदा कार्यान्वयन गराउन भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्री नै धर्नामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव राष्ट्र बैङ्कको जनकपुरको मुलढोका अगाडि भदौ १७ गते धर्ना बसेका छन् । प्रदेश २ सरकारले दिएको विदाको अवज्ञा गरेको भन्दै मन्त्री यादवले धर्नामा बस्नु परेको बताए । विदाको अवज्ञा गर्ने र बैङ्क बन्द गराउने सङ्घीय समाजवादी फोरमका कार्यकर्तालाई प्रहरीले गिरफ्तार समेत…

September 3, 2018  
प्रदेश २ सरकारले मानव अधिकार उल्लघङ्घनका घटनामा शून्य सहनशीलता अपनाउँछः आन्तरिक मामिला तथा कानुन मन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले मानव अधिकार उल्लङ्घनका घटनामा शून्य सहनशीलता अपनाउने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजना र प्रदेश २ मुख्यन्यायाधिवक्ताको कार्यालयको समन्वयमा भदौ १३ गते जनकपुरधाममा आयोजित ‘मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका’ विषयक…

August 30, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला अजमरपट्टकिा ३५ वर्षीय रामरोहित मण्डललाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा…

August 16, 2018  
जनकपुर उपमहानगरपािलका वडा नं. १९ को पुनः मतगणना गर्न उच्च अदालतको आदेश

जनकपुर उपमहानगरपालिका–१९ को मतगणना बदर गरी पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले साउन १७ गते आदेश जारी गरेको छ । उक्त वडामा सङ्घीय समाजवादी फोरमबाट जगदिश यादव वडा अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय चुनावमा वडा नं. १९ मा सङ्घीय समाजवादी फोरमका उम्मेदवार जगदीश यादव ७ सय ८७ मत प्राप्त…

August 5, 2018  
अज्ञात पक्षद्वारा गोली प्रहार गरी एक युवकको हत्या

कमला नगरपालिका–८ का २५ वर्षीय राजेश यादवलाई साउन १८ गते बिहान अज्ञात पक्षले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवको शव जनकनन्दनी गाउँपालिका इनर्वा स्थित रेल्वे स्टेशन छेउमा साउन १८ गते बिहान फेला परेको हो । रेल्वे लिकको छेउमा यादवको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर…

August 4, 2018  
प्रकाश मानव अधिकार पुरस्कार दाइजो विरोधी अभियन्ता राँकीलाई प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘२४ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट दाइजो विरोधी अभियन्ता महम्मद मकसुद राँकीलाई सम्मान गरेको छ । साउन १६ गते प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक समारोहका बीच दाइजो विरोधी अभियन्ता ५५ वर्षीय महमद मकसुद राँकीलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदान गरेका हुन्…

August 1, 2018  
कानुनमन्त्रीको संयोजकत्वमा सप्तरीको मलेठ घटना छानबिन गर्न समिति गठन

सप्तरीको मलेठ घटनाको छानविन गर्न प्रदेश नम्बर २ को मन्त्रीपरिषदको साउन ७ गते बसेको बैठकले आन्तरिक ममिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रीस्तरीय छानबिन समिति गठन गरेको छ । समितिमा सामाजिक विकास मन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहेका छन् । छानबिन…

July 24, 2018  
कथित बोक्सीको आरोपमा दुर्व्यहार, प्रहरीमा उजुरी

मुखियापट्टि मुसरनिया गाउँपालिका-५ की ३५ वर्षीया सुनितादेवी महतो र ४० वर्षीया मञ्जुदेवी महतोलाई असार ३० गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही ठाउँका ५० वर्षीय नरेश महतो र उनका २५ वर्षीय छोरा हरिन्द्र महतो, ३० वर्षीय जिम्दार महतो र २० वर्षीय भरत महतोविरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ…

July 17, 2018  
सेवा प्रदायक र सेवाग्राहीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजानामा सेवा प्रदायक र सेवाग्राहीबीच जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रम असार ३१ गते जनकपुरमा सम्पन्न गरिएको छ । स्थानीय समुदायले सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे अन्तर्क्रिया गरिएको हो । हालको अवस्थामा शिक्षा, स्वास्थ्य र खाद्यान्नसँग सम्बन्धित अधिकारहरू…

July 16, 2018  
दलित समुदायको खबरदारी जुलुसमा सांसदलाई दुर्व्यवहार

प्रदेश २ को सरकारले जारी गर्न लागेको प्रदेश प्रहरी ऐन संशोधनका लागि असार २७ गते प्रदेश २ का दलितहरूले प्रदेश सभा अगाडि खबरदारी जुलुश प्रदर्शन गरेका छन् । प्रदेश सरकारले संसदमा टेबुल गरेको प्रदेश प्रहरी ऐन दलितविरोधी रहेको भन्दै दलितहरूले प्रदेश सभा भवन अगाडि जुलुश प्रदर्शन गरेका हुन् । खबरदारी…

July 12, 2018