धनुषा विष्फोटः इन्सपेक्टर साहको संयोजकत्वमा सातसदस्यीय छानविन समिति गठन

क्षिरेश्वरनाथ नपा–५ मा भएको बम विष्फोट घटनाबारे छानविन गर्न धनुषाका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको छ । प्रहरी इन्स्पेक्टर साहको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरू गरेको इन्स्पेक्टर अवधेश यादवले जानकारी दिनुभएको छ । बम विष्फोट घटनामा सलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई मङ्सिर २८ गते…

December 15, 2019  
बम विष्फोटमा परी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु, ६ जना घाइते

क्षिरेश्वरनाथ नपा–५ स्थित भिखारी साहको घरमा मङ्सिर २७ गते मध्यराति (१२ः१० बजे) भएको बम विष्फोट घटनामा परी भिखारीका ४८ वर्षीय छोरा राजेश साह र राजेशका ३० वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी गम्भीर घाइते हुनुभएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिरकुमार दाहालको उपचारका क्रममा मङ्सिर…

December 14, 2019  
दाइजोमा फ्रिज नदिएको भन्दै पत्नीको हत्याः माइती पक्षको आरोप

धनुषाको क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर बस्ने नविनकिशोर साहले २० वर्षीया पत्नी ज्योती नायक (साह) को मङ्सिर २५ गते बेलुका घाँटी थिचेर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । मृतक ज्योती साहका बुबा जनकपुर उमनपा–२२ कुर्था बस्ने सुरेन्द्र नायकले छोरीको विवाहमा फ्रिज नदिएको भन्दै पटकपटक छोरीलाई कुटपिट गर्दै ज्वाँइले हत्या गरेको…

December 14, 2019  
न्यायिक समितिकी संयोजक सामुन्ने वडाध्यक्षद्वारा कुटपिट

सवैला नपा–१२ का वडा अध्यक्ष प्रदिप महतोलगायतले सोही वडाकी ४० वर्षीया गुलोकुमारी यादव र जनकपुर उमनपा–१९ का ४५ वर्षीय शिवलाल दासलाई कुटपिट गरेको पीडित शिवलाल दासले आरोप लगाउनुभएको छ । पीडित यादवको जग्गा वडा अध्यक्ष प्रदिप महतोले हडपेको भन्दै सबैला नपाको न्यायिक समितिमा दिएको निवेदनमाथि न्यायिक समितिका सभापति समेत रहनुभएकी…

December 13, 2019  
प्रदेश २ मा दलित सशक्तिकरण ऐन, २०७५ प्रमाणिकरण

प्रदेश–२ मा प्रदेश सभाले सर्वसम्मत रुपमा पास गरेको ‘दलित सशक्तीकरण ऐन, २०७५’ प्रमाणिकरण भएको छ । संविधानको धारा १९७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश–२ ले बनाएको यो ऐनलाई प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मङ्सिर २४ गते पारित गर्नुभएको प्रदेश २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले जानकारी दिनुभएको…

December 12, 2019  
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते प्रदेश २ अन्तर्गतका जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेलका अनुसार “दिगो विकासको आधार, सबैका लागि मानव अधिकार“ मूल नाराका साथ ०७६ मङ्सिर २४ गते राजविराजमा अन्तरकृया कार्यक्रम गरी ७१ औँ अन्तर्राष्ट्रिय…

December 11, 2019  
इन्सेक प्रदेश २ का संयोजक पासवान सम्मानित

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी इन्सेक प्रदेश २ संयोजक राजु पासवान मङ्सिर २४ गते जनकपुरधाममा सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी पासवानलाई प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सम्मानपत्र प्रदान गर्नु भएको हो । मानव अधिकारको क्षेत्रमा क्रियाशील भइ महिला अधिकार, सामाजिक…

December 11, 2019  
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बिहान ७ बजे इन्सेक प्रदेश २ कार्यालय जनकपुर, राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर, मुख्य न्यायधिवक्ताको कार्यालय प्रदेश २, ओरेक नेपाल, महिला मानव अधिकार सञ्जाल, जिल्ला महिला अधिकार सरोकार समूह, एडभोकेसी…

December 11, 2019  
मिथिला नपामा १५ सदस्यीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजना तथा मिथिला नगरपालिको समन्वयमा मङ्सिर १९ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाअन्तर्गत सिताराम महतोको अध्यक्षतामा १५ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा सुनिता महतो, सचिवमा नन्दकुमार महतो, सहसचिवमा रामचन्द्र महतो र…

December 6, 2019  
जनकपुरमा दाइजो प्रथा न्युनिकरणको लागि १ सय ८ जोडीको आदर्श विवाह

तराई क्षेत्रमा दाइजो प्रथाले आफ्नो जरा क्यान्सर झैँ फिजाइरहेको बेलामा जनकपुरधाम उमनपा–१३ स्थित रामजानकी विवाह मण्डप (मणि मण्डप) मा १ सय ८ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद्को अगुवाइमा दाइजो प्रथाविरूद्ध मङ्सिर १६ गते सामूहिक रूपमा आदर्श विवाहको आयोजना गरिएको हो । मङ्सिर ६ गते राति ११…

December 4, 2019