बर्थिङ्ग सेन्टर निर्माणको विषयमा झडप, तीन जना घाइते

विदेह नपा–२ र ३ का स्थानिय बासिन्दाहरू बिच बर्थिङ्ग सेन्टर निमार्णको विषयमा असार १९ गते झडप हुँदा तीन जना घाइते भएका छन् । विदेह नगरपालिकाको नगरपरिषदबाट वडा नं. २ मा बर्थिङ्ग सेन्टर निमार्ण गर्न सर्वसम्मत पारित भएकाले सोही ठाउँमा निमार्णकोे लागि छलफल भई रहेको बेला विदेह नपा–३ का बासिन्दाहरूले विरोध…

July 3, 2020  
प्रहरी र प्रदर्शनकारी बिच झडप, एक प्रहरीसहित तीन जना घाइते

इलाका प्रहरी कार्यालय सवैलाको प्रहरी हिरासतमा मृत्यु भएका सवैला नगरपालिकाका २६ वर्षीय शम्भु सदा र प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपचार नपाएर मृत्यु भएका हंसपुर नगरपालिकाका १५ वर्षीय राजु सदा घटनाका पीडित परिवारलाई न्याय र दोषीलाई कार्वाहीको माग गर्दै गरिएको प्रदर्शनको क्रममा प्रदेश २ को मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय अगाडी प्रदर्शनकारीले…

July 2, 2020  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता नगरेको पीडितको आरोप

२४ वर्षीया विवाहित महिलाले जनकपुरधाम उमनपा–१३ का वडा अध्यक्ष शुभनारायण मण्डलका ३० वर्षीय छोरा रोशनकुमार मण्डलले असार १२ गते बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय मुजेलिया र जिल्ला प्रहरी कार्यालयमा असार १७ गते उजुरी दिँदा दर्ता नगरेको आरोप लगाउनु भएको छ । पीडित महिलाका अनुसार पति घर बाहिर गएको…

July 2, 2020  
प्रशासकीय अधिकृतलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

औरही गाउँपालिकाका प्रशासकीय अधिकृत ४२ वर्षीय सन्तोषकुमार शर्मालाई उहाँकै कार्यकक्षमा असार ८ गते दिउँसो ४ बजे स्थानीय बासिन्दाहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् । कार्यालयमा बसेर कार्यसम्पादन गरिरहेकै अवस्थामा १०/१२ जनाको सङ्ख्यामा आएकाहरूले प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादवको मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लगाउँदै मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।…

June 24, 2020  
पारदर्शिताको माग गर्दै उपमहानगरपालिकाको बोर्ड बैठकमा कुर्सी तोडफोड

जनकपुरधाम उपमहानगरपालिकाको योजना तर्जुमा बैठकमा असन्तुष्ट वडा अध्यक्षहरूले पारदर्शिताको माग गर्दै असार ८ गते साँझ एक दर्जन भन्दा बढी कुर्सी तोडफोड तथा बैठक पुस्तिका च्याति दिएको नगर उपप्रमुख रीता मिश्रले बताउनु भएको छ । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उप्रमुख मिश्रलगायत २० जना वडा अध्यक्ष र पाँच जना असन्तुष्ट…

June 24, 2020  
प्रहरी हिरासत र सीमा नाकामा मृत्यु भएका पीडित परिवारलाई राहत दिने प्रदेश सरकारको निर्णय

प्रदेश २ सरकारले इलाका प्रहरी कार्यालय सवैलाको हिरासतमा मृत्यु भएका सवैला नगरपालिका–७ का २२ वर्षीय शम्भू सदा र लकडाउनको अवधिमा भारतबाट भोकै आएर धनुषाको जटही नाकामा मृत्यु भएका शहीद नगरपालिका–९ विसरभोराका ३० वर्षीय विरेन्द्र यादवको परिवारलाई ५/५ लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको…

June 18, 2020  
प्रहरी हिरासतमा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन

इलाका प्रहरी कार्यालय, सबैलाको हिरासत कक्षको शौचालयमा जेठ २७ गते राति झुन्डिरहेको अवस्थामा फेला परेका २२ वर्षीय शम्भु सदाको शवको पोस्टमार्टम असार २ गते प्रादेशिक अस्पताल, जनकपुरधाममा गरिएको छ । शवको पोस्टमार्टम गरिएको भए पनि पीडित परिवारले शव बुझेका छैनन् । असार ३ गते अस्पतालबाट शव बुझेर सबैला नगर परिक्रमा…

June 16, 2020  
सबैला थुनुवा मृत्यु प्रकरणः वडा अध्यक्ष र इन्स्पेक्टरविरुद्ध उजुरी दर्ता

थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको परिवारले प्रहरी र वडा अध्यक्षविरुद्ध सरकारी वकिल कार्यालयमा पीडित पक्षले असार १ गते उजुरी दिएको छ । इलाका प्रहरी कार्यालय सबैलाका इञ्चार्ज इन्स्पेक्टर चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष सन्तोष साह,…

June 16, 2020  
काकीलाई कुटपिट गरेको आरोपमा भतिजविरूद्ध प्रहरीमा उजुरी

मिथिला नगरपालिका–८ की ४० वर्षीया गुनो गौरीदेवी साहलाई जेठ ३२ गते ३५ वर्षीय भतिज सुनिल साहले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा असार १ गते उजुरी दर्ता गराउनु भएको छ । कुटपिटबाट गुनोदेवीको तिघ्रा, नाक, टाउको, पिठ्यूँमा र सम्वेदनशील अङ्ंगमा चोट लागेको छ । उहाँलाई सोही दिन प्रादेशिक…

June 15, 2020  
प्रहरीमा किटानी उजुरी दर्ता नगरेको पीडित परिवारको आरोप

इलाका प्रहरी कार्यालय सवैलाको हिरासत कक्षको शौचालयमा जेठ २७ गते राती शङ्कास्पद अवस्थामा झुन्डिएर मृत्यु भएका सबैला नगरपालिका–१२ का २२ वर्षीय शम्भु सदा मुसहरको हत्या गरिएको पीडित परिवारले दावी गर्दै जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको किटानी जाहेरी दर्ता नगरेको पीडित परिवारले आरोप लगाएका छन् । जिल्ला प्रहरी…

June 14, 2020