दैलेख

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

भैरबी गाउँपालिका–५ लिउँडा घर भई हाल जिल्ला सदरमुकामको नारायण नपा–८ तर्ताङ्ग डेरा गरी बस्ने २५ वर्षीया कविता सुनारलाई ४० वर्षीय पति अर्जुन सुनारले फागुन ३० गते विहान कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । ‘तँ घर नबस, अर्को विवाह गर्छु’ भन्दै कुटपिट गरेको खुलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन ३० गते नै उजुरी ....

Post Update :March 14, 2019,  
बालविवाह गरेको आरोपमा दुई महिनाको कैद सजाय

बालविवाह गरेको कसुरमा १७ वर्षीय बालक र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले फागुन २८ गते दुई महिना कैद र जनही ५ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको छ । न्यायाधीश सनतचन्द्र लवटको इजलासले बाल न्याय कार्यविधि २०६४ अनुसार दुवै जनालाई कारबाही चलाएको जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी....

Post Update :March 13, 2019,  
पत्नी हत्याको कसुरमा जन्मकैदको सजाय

५६ वर्षीया हरिकला बस्नेतको हत्या गरेको कसुरमा नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले २० वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश सनतचन्द्र लवटले फागुन २६ गते गरेको फैसलाले आरोपित बस्नेतलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए । मुलुकी अपराध ....

Post Update :March 11, 2019,  
घरेलु हिंसा पीडितद्वारा आरोपितविरूद्ध प्रहरीमा उजुरी

नारायण नपा–८ तर्ताङ्गकी २६ वर्षीया नन्दा भण्डारीलाई २८ वर्षीय पति टोपप्रसाद भण्डारीले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन १६ गते उजूरी दिएकी छन् । फागुन १५ गते राति मरणासन्न हुने गरी कुटपिट गरेको र राति नै ज्यान जोगाउन नारायण नपा–२ कुसाडास्थित माइतीघरमा पुगेको पीडित महिलाले इन्सेकलाई बताइन् । उनको टाउको, ढाड र छातिमा चोट ....

Post Update :March 1, 2019,  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध उजूरी दर्ता

डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलकी ५० वर्षीया देबीसरा जैसीलाई सोही ठाउँका ३६ वर्षीय नरबहादुर शाही र उनकी ३४ वर्षीया पत्नी सर्जन शाहीले फागुन १२ गते कथित बोक्सीको आरोपमा कुटपिट भएको भन्दै पीडित पक्षले फागुन १३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गरेको छ । घरमा आफूहरू बिरामी परेको विषयलाई फागुन १२ गते साँझ बोक्सी लागेको भन्दै बाटो मार्न खरानीको ढेगा, ....

Post Update :February 26, 2019,  
छोरीको हत्या गरेको कसुरमा आमालाई जन्मकैद

नौ वर्षीया भावना बुढालाई विष खुवाई हत्या गरेको कसुरमा जिल्ला अदालतले महाबु गाउँपालिका–४ काशिकाँधकी २९ वर्षीया जौकला भन्ने शर्मिला बुढालाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट फागुन १२ गते सो फैसला भएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए । ०७५ असार ....

Post Update :February 24, 2019,  
सार्वजनिक सम्पति सुरक्षा जरुरी

कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले सार्वजनिक सम्पतिको सुरक्षा सबै जना मिलेर गर्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ २० गते बेलपाटामा गरिएको सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् । प्रदेशसभा सदस्य थापाले कमाउनका लागि उपभोक्ता समितिमा बस्न होडबाजी गर्ने, ठेकेदारले गुणस्तरहीन क....

Post Update :February 4, 2019,  
निगरानी समूहद्वारा शान्ति सुरक्षा कायम राख्न प्रहरी समक्ष माग

माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीले शान्ति सुरक्षा प्रभावकारी बनाउन नसकेको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् । सहरी विकाससँगै युवाहरूमा लागू औषध दुर्व्यसनी र अनियन्त्रित मदिरा सेवन रोक्न मानव अधिकार निगरानी समूह डुङ्गेश्वरले माघ १९ गते चौकी इञ्चार्जलाई भेटेर यस्तो असन्तुष्टी जनाएका हुन् । ....

Post Update :February 4, 2019,  
जनताको सक्रियताले पारदर्शिता बढ्यो

बजेटको खर्च प्रणालीमा आएको सुधार र जनताको सक्रियताले सरकारी काममा पारदर्शिता बढ्दै गरेको सरोकारवालाहरूले जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखको आयोजनामा डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटामा माघ १८ गते गरिएको सेवाप्रदायक र सेवाग्राहीबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो सुनाएका हुन् । इन्सेकको इएलपी परियोजना अन्तर्गत गएको भदौमा गर....

Post Update :February 3, 2019,  
छोराहरुको पालनपोषणको खर्च माग्दै पत्नीलाई कुटपिट

भगवतीमाई गाउँपालिका–२ रुमकी २२ वर्षीया बसन्ती सुनारसँग उनका पति २५ वर्षीय भरत बिकले छोराहरूलाई पालनपोषणमा लागेको खर्च आफूलाई फिर्ता गर्नुपर्ने भन्दै माघ १७ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । अढाई वर्ष कतार बसेर दुई साताअघि मात्र फर्किएका भरतले चार वर्षीय जेठो छोरा आशिष र तीन वर्षीय कान्छो छोरा अभिषेकलाई पढाउन र संरक्षणको लागि सदरमुकाममा डेरा गरी बसेको ....

Post Update :January 31, 2019,  






Top