एनसेल टावरमा राखिएको जेनेरेटरमा आगजनी

शान्तिनगर गाउँपालिका–५ मा रहेको एनसेल टावरमा राखिएको जेनेरेटरमा भदौ २ गते अपरिचित पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । स्थानीय खडक विष्टको मकैबारीमा रहेको एनसेल टावरमा राखेको जेनेरेटरमा आगजनी गरिएको हो । आगजनीबाट जेनेरेटर पूर्णरूपमा जलेर नष्ट भएको छ भने तारमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले…

August 20, 2019  
शिशुसहित महिलाको हत्या गरिएको आशङ्का

तुलसीपुर उपमनपा–८ अश्वारास्थित झाडीमा मृत भेटिएका नवजात शिशु र २५ वर्षको जस्तो देखिने महिलाको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।   साउन ३२ गते दिउँसो गोठालो गएका महिलाहरूले सडेको अवस्थामा शव भेटेपछि प्रहरीले शव उठाउन जाँदा महिलासँगै नवजात शिशुको शव समेत फेला पारेको थियो ।   कालो कुर्ता, कालो…

August 18, 2019  
गाउँपालिकाको गाडीमा अज्ञात पक्षबाट आगजनी

बङ्गलाचुली गाउँपालिकाको एउटा बोलेरो डवल क्याव जीपमा अज्ञात पक्षबाट आगजनी भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओली चढ्ने रा १ झ १५२ नम्बरको उक्त जीपमा साउन २६ गते बिहानको राति करिब पौने १ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले बताए । बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीस्थित वडा कार्यालय…

August 11, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य घोराही उपमनपा–१५ का २९ वर्षीय हेमन्त जिसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।   घोराही–लमही सडक खण्डको घोराही उमनपा–१८ डबरी चोकमा साउन १८ गते राति सवा नौ बजेतिर जाँचका क्रममा लु १ च ७४४३ नम्वरको जीपबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी…

August 4, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला रून्टीगढी गाउँपालिका–३ का २२ वर्षीय घनश्याम केसीलाई साउन १६ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले साउन १० गते प्रलोभनमा पारेर घोराहीको दुईखोलीमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएको…

August 2, 2019  
पत्रकारलाई मार्ने धम्की दिएकोप्रति नागरिक समाजको ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा नागरिक समाज दाङका सदस्य ६१ वर्षीय केबी मसाल (केदारबाबु तिवारी) लाई मार्ने धम्की दिएको प्रति साउन १३ गते नागरिक समाजले ध्यानाकर्षण जनाएको छ । नागरिक समाज दाङको बैठक सकेर साउन १३ गते बजार निस्कँदै गर्दा घोराही बजारमै बाटो छेकेर घोराही उपमनपा-१८ का ४२ वर्षीय…

July 31, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका-१ का २६ वर्षीय नवीन यादवविरूद्ध पीडित पक्षले साउन १३ गते वडा प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते लमहीको एक गेष्ट हाउसमा बोलाएर बलात्कार गरी भागेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

July 30, 2019  
छुट लगत लिन सरकारले चासो नदिएको मुक्त कमैयाहरूको गुनासो

कमैया मुक्तिको २० औँ वर्षगाँठको अवसरमा साउन २ गते मुक्त कमैयाहरूले लमहीमा मुक्ति दिवस मनाउने क्रममा मुक्त कमैयाहरूको छुट लगत लिन सरकारले चासो नदिएको गुनासो गरेका छन् । मुक्त कमैयाहरूको छुट लगत लिन सरकारले चासो नदिएको भन्दै लगत लिएर आवश्यक सेवा सुविधा प्रदान गर्न माग गरेका छन् । मुक्त कमैया…

July 20, 2019  
फूल टिपेको आरोपमा वडा अध्यक्षद्वारा बालकमाथि कुटपिट

घोराही उपमनपा–४ गोग्लीका नौ वर्षीय बालक भरत घर्तीलाई साउन १ गते सोही वडाका अध्यक्ष ५० वर्षीय भिमबहादुर सार्कीले फूल टिपेको आरोपमा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । घर नजिक खेल्ने क्रममा फूल टिपेको आरोपमा कुटपिट गरेको र कुटपिटबाट बायाँ कान र पेटमा चोट लागेको पीडितले बताए । कान…

July 19, 2019  
बलात्कार गरेको कसुरमा १५ वर्ष ६ महिना कैदको फैसला

३५ वर्षीया बुहारीलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ३० गते राजपुर गाउँपालिका-४ का ६६ वर्षीय ससुरालाई १५ वर्ष ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले बलात्कार कसुरमा आठ वर्ष र हाडनाता करणीको कसुरमा थप सात वर्ष ६ महिना कैद गर्ने फैसला…

July 16, 2019