प्रसूति केन्द्र नहुँदा सुत्केरी गराउन भारत लैजानुपर्ने बाध्यता !

परशुराम नगरपालिका–७ सादनीमा प्रसूति केन्द्र नहुँदा गर्भवती महिला घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउँदा आमा र बच्चाको स्वास्थ्यमा असर पर्नुको साथै सुत्केरी महिलाहरूले पाउने प्रोत्साहन भत्ताबाट समेत वञ्चित भएको स्थानीय महिलाहरूले गुनासो गरेका छन् । प्रसूति केन्द्र नहुँदा गर्भवती महिलाहरू घरमा र अस्पताल लैजाँदै…

May 15, 2019  
अपाङ्गता भएका व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित

स्थानीय तहहरूले अपाङ्गता परिचयपत्र वितरणमा ढिलाइ गर्दा सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूले समस्या भएको गुनासो गरेका छन् । नयाँ संरचना अनुसार स्थानीय तहलाई परिचयपत्र वितरण गर्न भनिए पनि गत असारबाट परिचयपत्र वितरण प्रक्रिया नै रोकिएको छ । जसले गर्दा नयाँ परिचय पत्र प्राप्त गर्ने व्यक्तिहरू परिचयपत्र पाउन बाट वञ्चित हुनुका…

May 14, 2019  
सुत्केरीलाई दूधदही नदिने गरेको आरोप !

डडेल्धुरा जिल्ला सदरमुकामका महिलाहरूले सुत्केरी भएका बेला गाईभैँसीको दूध नदिने गरेको आरोप लगाएका छन् । सुत्केरी महिलालाई आफ्नै घरमा पालेको गाईभैँसीको दूध दिँदा गाईभैँसी बिग्रने रूढीवादी परम्परा अहिले पनि यहाँको समाजमा विद्यमान रहेको छ । सुत्केरी महिलाका लागि अत्यावश्यक पोषणयुक्त खानेकुरा दूधदही आफूले नपाएको अमरगढी नपा–१ मालुमकी मनिशा रोक्काले बताए…

May 13, 2019  
काम समान, ज्याला असमान !

जिल्ला सदरमुकाममा दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चालाइरहेका महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् । गैँती र बेल्चा चालउने काम पुरूष र महिला दुवैले गर्ने गरेका छन् तर ज्याला पुरूषलाई बढी र महिलालाई कम दिने गरेको अमरगढी नगरपालिका-१ मालुमकी श्रमिक महिला मिना टमाटाले बताइन्…

March 31, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–६ का ३१ वर्षीय जयबहादुर नागरीलाई चैत १४ गते गिरफ्तार गरेको छ । चैत १३ गते पीडित बालिका इलाका प्रहरी कार्यालय, जोडबुडामा उपस्थित भई आरोपित नागरीविरुद्ध उजुरी दर्ता गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, जोगवुडाका इन्स्पेक्टर इश्वरीदत्त पाण्डेले…

March 29, 2019  
अज्ञात पक्षबाट वडा अध्यक्षको मोटरसाइकलमा आगजनी

नवदुर्गा गाउँपालिका–४ का वडा अध्यक्ष पदम विष्टको से.७ प.३६९० नम्बरको मोटरसाइकलमा फागुन ३० गते राति अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट मोटरसाइकल पुर्ण रूपमा जलेर नष्ट भएको बेलापुर प्रहरी चौकी सेरीका असई  कर्णबहादुर सार्कीले जानकारी दिए । आगजनी गरिएको मोटरसाइकल केही दिन अगाडि मात्र अध्यक्ष विष्टले वडा कार्यालयको नाममा…

March 15, 2019  
सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा अजयमेरू गाउँपालिकामा इएलपी परियोजना अन्र्तगत सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम फागुन २६ गते सम्पन्न गरिएको छ । मानव अधिकार निगरानी समूहका सदस्य, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकार…

March 11, 2019  
दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित

दरबन्दी अनुसार चिकत्सक नहुँदा उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । उपक्षेत्रीय अस्पतालमा स्थापना कालदेखि रिक्त दरबन्दी पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् । २०७० सालमा स्थापना गरिएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पूरा नभएको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र कडेलले…

January 28, 2019  
पुल नबनाउँदा स्थानीयलाई ओहोरदोहोर गर्न समस्या (फोटो फिचर)

तिल्केनीका हर्कबहादुर परशुराम धाममा स्नान गर्न आए । परिवारसँगै बालबच्चा पनि ल्याएर उनि परशुराम धाममा आएका थिए । ‘महाकालीमा पुल छैन । डुङ्गामा आउँदा एउटा बच्चा डुङ्गाबाट महाकालीमा खस्यो । प्रहरीले उद्धार गरेकाले मात्र उ बाँच्न सक्यो ।’–उनले भने–‘कञ्चनपुरबाट यहाँ आउन भारतबाट सहज हुन्छ । महेन्द्रनगरबाट बनबासा १५ रुपियाँ र…

January 27, 2019  
१३ वर्षदेखि विस्थापित बाढीपहिरो पीडीतहरूको पुनर्स्थापना भएन 

२०६२ साल असोज ८ गते अविरल वर्षापछि आएको बाढीपहिरोबाट विस्थापित ३५ परिवारको अझैसम्म पनि पुनर्स्थापना हुन सकेको छैन । परशुराम नगरपालिका–३ शिर्षमा १३ वर्षअघि आएको पहिरोमा परेर एकै परिवारका आठ जनासहित ३२ जनाले ज्यान गुमाएका थिए भने ३५ परिवार पहिरोका कारण विस्थापित जीवन बिताउँदै आएका छन् । पहिरो पीडितका लागि…

January 21, 2019