झापा

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई स्थापित गर्ने सेवा प्रदायकको प्रतिबद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरले बाहृदशी गउँपालिकामा फागुन २८ गते सेवाग्राही र सेवा प्रदायकबीच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा सेवाप्रदायकहरूले शिक्षा,स्वास्थ्य र खाद्य अधिकारलाई स्थापित गरी छाड्ने प्रतिबद्धता जनाएका छन्....

Post Update :March 15, 2019,  
व्यवसायीलाई अपहरण गरेको कसुरमा १४ जनालाई कैदको फैसला

अलैँची व्यवसायी सुनिलकुमार विन्दललाई अपहरण गरेको कसुरमा जिल्ला अदालतले १४ जनालाई कैद सजाय सुनाएको छ । ०७१ माघ १८ गते काँकडभिट्टाबाट व्यवसायी विन्दललाई अपहरण गरी ३० करोड भारतीय रुपियाँ फिरौती माग्ने भारत असामका फौदसिंह तामाङसहित १३ जनालाई अदालतले फागुन २७ गते कैद सजाय तोकेको हो । न्यायाधीश प्रम....

Post Update :March 14, 2019,  
पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार

मेचीनगर नगरपालिका-१५ की ३४ वर्षीया चम्पली राजवंशीको हत्या आरोपमा प्रहरीले ३५ वर्षीय पति लखीन्द्र राजवंशीलाई फागुन २९ गते गिरफ्तार गरेको छ । सामान्य विवादमा फागुन २९ गते कोदालो प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रह....

Post Update :March 14, 2019,  
अज्ञात पक्षद्वारा ६५ वर्षीय बृद्धको हत्या

भद्रपुर नगरपालिका–८ डाँगीवारीका ६५ वर्षीय वीरबहादुर राजवंशीको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । भद्रपुर नपा–४ स्थित मायालु सामूदायिक वन परिसरमा घाँटी रेटिएको अवस्थामा बृद्धको शव फागुन २४ गते फेला परेपछि स्थानीयले वडा प्रहरी कार्यालयमा खबर गरेका थिए । पाँच दिनदेखि हराएका राजवंशीको शव घाँटी रेटिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालयका इन्स्पेक्ट....

Post Update :March 10, 2019,  
कोदालो प्रहार गरी पत्नीको हत्या

मेचीनगर–१५ ज्यामीरगढीकी ३४ वर्षीया चम्पली राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति लखिन्द्र राजवंशीलाई फागुन १४ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा लखिन्द्रले कोदालोले टाउकोमा प्रहार गर्दा चम्पलीको घटनास्थलमै मृत्यु भएको थियो । हत्या आरोपी राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र....

Post Update :February 27, 2019,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

वौद्धिक अपाङ्गता भएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाहृदशी गाँउपालिका–५ का ७२ वर्षीय कमलबहादुर चौहानलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक ०७५ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ६ गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका असई दुर्गा खनालले बताए । पीडित महिलाको स्व....

Post Update :February 21, 2019,  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७६ वर्षीया वृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा मेची नगरपालिका–५ नकलबन्दीका २३ वर्षीय कुमार लिम्बू भनिने इन्द्र सुब्बालाई प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १ गते मादक पदार्थ सेवन गरी बलात्कार प्रयास गरेको आरोपमा पीडितका पतिले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । ....

Post Update :February 15, 2019,  
अज्ञात पक्षबाट ६२ वर्षीय ज्येष्ठ नागरिकको हत्या

भद्रपुर नपा–९ स्थित मानसा सिमेण्ट उद्योगमा कार्यरत ६२ वर्षीय कमलसिंह दुगडको अज्ञात पक्षले माघ १२ गते हत्या गरेको प्रहरीले जनाएको छ । स्थायी ठेगाना भारतको विशाखापट्टनम् भएका उनी दुई वर्षयता सो उद्योगमा व्यवस्थापकको रूपमा कार्यरत रहेका थिए । माघ १२ गते बिहान उनी बस्दै आएको कोठामा गोडा बाँधिएको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव फेला परेकाले हत्या भएको....

Post Update :January 27, 2019,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा झापा गाँउपालिका–२ का १८ वर्षीय लक्ष्मण चौधरीलाई प्रहरीले माघ २ गते गिरफ्तार गरेको छ ।   पीडित महिलालाई आरोपितले माघ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले २ गते इलाका प्रहरी कार्यालय कुमोरखोदमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पता....

Post Update :January 17, 2019,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–४ का अमर भन्ने घरबहादुर लिम्बूलाई पुस २७ गते गिरफ्तार गरेको छ । सामूहिक बलात्कार घटनामा संलग्न भएका अर्का आरोपित सोही ठाँउका २४ वर्षीय राजेश राजवंशी फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । पीडित बालिकालाई आरोपितहरूले पुस २२ गते कोकमा रक्सी मिसाएर अचेत बन....

Post Update :January 14, 2019,  






Top