कारागारका ५० जनाभन्दा बढी कैदी बन्दीमा भाइरल

कास्की जिल्ला कारागारका कैदी बन्दी भाइरल ज्वरोबाट पीडित बनेका छन् । कारागारमा रहेका तीन ओटा ब्लकमध्ये एउटा ब्लकमा एक हप्ता अघिबाट देखिएको भाइरल ज्वरोका कारण ५० जना कैदी बन्दी बिरामी परेको जेलर हरिनारायण पौडेलले बताए । उक्त ब्लकमा ३ सय २० जना कैदी बन्दी रहेका छन् । सबै बिरामीको पश्चिमाञ्चल…

August 29, 2017  
वडा अध्यक्षद्वारा गाउँपालिका उपाध्यक्षमाथि कार्यकक्षमै हातपात

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष ४६ वर्षीया ढिकी गुरुङलाई सोही गाउँपालिका-४, कागबेनीका वडा अध्यक्ष ३४ वर्षीय तेञ्जिङ गुरुङले भदौ १२ गते दिउँसो कार्यकक्षमै हातपात गरेको पीडित पक्षले जानकारी दिएको छ । सो गाउँपालिकामा रहेको एम्बुलेन्सका बारेमा कुराकानी चलिरहँदा आफूमाथि गुरुङले एक्कासी हातपात गरेको पीडितको भनाई छ । सो घटनापछि इलाका प्रहरी…

August 28, 2017  
विषादी मापन केन्द्र सञ्चालनको माग गर्दै ध्यानाकर्षण

राष्ट्रिय फलफुल, तरकारी थोक तथा खुद्रा विक्री केन्द्रमा रहेको विषादी मापन केन्द्रलाई व्यवस्थित तरिकाबाट सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराईएको छ । मानव अधिकार निगरानी समूह कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल, गैर सरकारी संस्था महासङ्घ कास्की र इन्सेकले भदौ ९ गते क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका वरिष्ठ अधिकृत धनबहादुर राना र कास्कीका…

August 26, 2017  
स्थानीय तहमा नागरिक सञ्जाल गठन गर्न सरोकारवालाको जोड

हरेक स्थानीय तहमा नागरिक समाज सञ्जालको इकाइ गठन गर्नुपर्ने एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । नागरिक समाज, साझा जबाफदेहिता, नेपालमा नागरिक समाज सवलीकरणका लागि पहल कार्यक्रम परियोजना अन्तर्गत भदौ ३ गते इन्सेक गोरखाको आयोजनामा गरिएको नागरिक समाजको सुव्यवस्था र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया तथा छलफल कार्यक्रमका वक्ताहरूले स्थानीय तहमा भएका…

August 19, 2017  
बलात्कार गरेको कसुरमा दश वर्षजेल सजायको फैसला

२१ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका-६, तिलाहारका २७ वर्षीय सुर्यबहादुर लामिछाने र सोही ठाउँका २७ वर्षीय 'सन्दीप' भन्ने कुलबहादुर क्षेत्रीले जिल्ला अदालत पर्वतले भदौ १ गते दश/दश वर्षको जेल सजाय तथा जनही ५० हजार रुपियाँ जरिबानाको फैसला गरेकेा छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले आरोपितद्वयलाई सजाय सुनाइएको जिल्ला…

August 18, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिका-३ का ५२ वर्षीय ऋषिराम देवकोटालाई साउन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २७ गते यौन दुर्व्यवहार गरेको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

August 15, 2017  
बाँधका कारण नेपाली भूभाग डुबान हुन नदीनका लागि सरकारसँग माग

नेपाल भारत सिमानामा एकतर्फी रूपमा बाँधिएको बाँधका कारण नेपालले वर्षेनी क्षति व्यहोर्दै आइरहेको भन्दै नेपाली भूभाग डुबान हुन नदीनका लागि दीर्घकालिन कुटिनीतिक पहल गर्न पोखराका विभिन्न सङ्घसंस्थाले सरकारसँग माग गरेका छन् । इन्सेक क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक ढाकाराम पौडेल, गैरसरकारी संस्था महासङ्घ…

August 15, 2017  
जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराले म्याग्दीमा मानव अधिकारका आधारभुत विषय र समसामयिक समस्याका बारेमा सरोकारवाला निकायसँग साउन २५ गते छलफल गरेको छ । कार्यक्रममा सहभागीले आत्महत्या, ज्येष्ठ नागरिकको समस्या, वैदेशिक रोजगारका कारण पारिवारमा उत्पन्न हुने विखण्डन, द्वन्द्वपीडितका समस्या, अपाङ्गता भएका व्यक्तिको अधिकारलगायतका समस्याहरूको समाधान गर्न आवश्यक रहेको बताएका…

August 10, 2017  
प्रदेश नम्बर ४ मा द्वन्द्वकालीन एक सय घटनामा प्रारम्भिक अनुसन्धान सम्पन्न

प्रदेश नम्बर ४ मा  सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रादेशिक मुकामले द्वन्द्वका १ सय घटनामा प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको जानकारी दिएको छ । उक्त मुकाम असार ७ गते पोखरामा स्थापना गरिएपछि द्वन्द्वकालका विभिन्न घटनाहरूको प्रारम्भिक अनुसन्धान गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोग प्रदेश नम्बर ४ का विज्ञ खगराज आचार्यले बताए…

August 8, 2017  
डा. केसीको जीवनरक्षा गर्न मानव अधिकारकर्मीको माग

तनहुँका मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्रका बेथितिविरूद्ध १४ दिनदेखि आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न माग गरेका छन् । साउन २२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले डा. केसीले प्रस्तुत गरेका मागहरू उनका निजी नभई सार्वजानिक जीवनका सरोकारका विषयहरू भएको हुँदा ती मागहरू राज्यले सम्बोधन गर्नु पर्ने मानव…

August 6, 2017