बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अजिरकोट गाँउपालिका–५ का २१ वर्षीय गोविन्द गुरुङलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत्र २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत्र २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भइ हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई छाक टार्दै आएकी २१ वर्षीया सपना विश्वकर्मा र ६ वर्षीया छोरीलाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान गरिएको हो । सपनाका पति…
उमेर नपुग्दै गरिएकाे विवाहपछि जन्मिएका बच्चाहरूकाे जन्मदर्तामा समस्या
क्वहोलासोथर गाउँपालिकामा उमेर नपुगि बच्चा जन्माउने आमाको सङ्ख्या बृद्धि भएको छ । विगत ६ महिनाको तथ्याङ्कलाई हेर्ने हो भने गाउँपालिकामा ५५ जना उमेर नपुगि आमा बनेको क्वहोलासोथर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताउनुभयो । उमेर नपुग्दै बच्चा जन्माएपछि बालबालिकाको जन्मदर्ता गर्न पनि समस्या भएको गाउँपालिकाका न्याय समितिका सदस्य…
शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ स्थित ब्रम्हारूपा माध्यमिक बिद्यालयमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगर शिक्षाको शाखा अधिकृत विश्वराज आचार्यले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले महानगरको शिक्षा नीति, शिक्षक, अभिभावकसंगै अभिभावकको काम कर्तव्य र अधिकारका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा कोही नभएको बेला डरत्रास देखाएर दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत २८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वालिङ नगरपालिका–९ का १९ वर्षीय मदन माझीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएकाे छ । जिल्ला अदालत स्याङजाका न्यायाधीश सुर्यबहादुर थापाको चैत २५ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १८ वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत २५ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई सात वर्ष कैद सजाय र ८० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नगरपालिका–६ का २१ वर्षीय गणेश विकलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत २३ गते वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएका छन् । पीडित पक्षको सोही उजुरीका आधारमा आरोपितलाई चैत २३ गते गिरफ्तार…
कर्मचारीलाई दुर्व्यवहार गरिएको विरोधमा कामकाज बन्द
भानु नगरपालिकामा कार्यरत कर्मचारी भानु नगरपालिका बस्ने ४५ वर्षीय होमबहादुर भण्डारी र नगर प्रहरी २५ वर्षीय मिलन रानामगरलाई दुर्व्यवहार गरिएको विरोधमा नगरपालिकाका कर्मचारीहरुले ०७७ चैत २२ गतेदेखि सम्पुर्ण कामकाज बन्द गरेका छन् । कर्मचारीहरुले चैत २२ गते प्रेस विज्ञप्ति प्रकाशित गरी चैत २० गते जनप्रतिनिधिको नेतृत्व र उक्साहटमा केही व्यक्तिहरुले…
न्यायाधीश नहुँदा न्याय सम्पादनमा समस्या
जिल्ला अदालत म्याग्दीमा लामो समयदेखि न्यायाधीश नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । म्याग्दीमा भएको एउटा अदालत र त्यसमा एक जना मात्र दरवन्दी रहेको न्यायाधीश सरूवा भएर गएपछि न्याय सम्पादनको काम पुरै रोकिएको छ । अदालतमा गत फागुन २९ पछि कुनै पनि मुद्दाको अन्तिम फैसला हुन सकेको छैन । जिल्ला…