चुनावीप्रचारका क्रममा झडप

गण्डकी गाउँपालिका-८ घ्याल्चोकमा काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच वैशाख २७ गते बेलुकी झडप भएको छ । चुनावी प्रचारको क्रममा रहेका काङ्ग्रेस र माआवादी कार्यकर्ताबिच बेलुकी ६ बजेतिर ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ । साविकको गाविस भवन नजिकै भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको र हवाइ…

May 11, 2017  
मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न

स्वच्छ निर्वाचनको लागि नागरिक अभियानको सचिवालय इन्सेकले बागलुङमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना र विभिन्न संस्थाहरूका सहकार्यमा भएको कार्यक्रममा बोल्दै बागलुङका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले बागलुङ जिल्लामा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको बताए । उनले बागलुङ जिल्लामा…

May 10, 2017  
चुनावी सभामा झडप हुँदा एक घाइते

बागलुङमा चुनावी सभा गर्ने क्रममा झडप हुँदा माओवादी केन्द्र र नेपाली काङग्रेसका संयुक्त उम्मेदावार २७ वर्षीय प्रदिप थापा मगर घाइते भएका छन् । बागलुङको बरेङ गाउपालिका-२ को बराहकोट चौतारे डाँडामा नेकपा माओवादी केन्द्र र नेपाली काङग्रेसले आयोजना गरेको चुनावी सभामा सोही गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार चलन काला मगरको चुनावी…

May 10, 2017  
नेपाली काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्ताको घरमा आक्रमण

नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले व्यास नपा-४ फराकचौरमा नेकपा एमालेका कार्यकर्ताहरूको घरमा आक्रमण गरेको पीडित पक्षले आरोप लगाएको छ । वैशाख २६ गते राति १० बजे सोही वडाका काङ्ग्रेसका तर्फबाट अध्यक्ष उम्मेदवार निरबहादुर खड्काको नेतृत्वमा २०/२२ जनाको समूहमा मोटरसाइकलमा गएका काङ्ग्रेसका कार्यकर्ताले एमाले कार्यकर्ता बिन्दु अधिकारीको घर भित्र पसी तोडफोड गरेको पीडित…

May 10, 2017  
काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परेर एमाले उम्मेदवारका छोरा घाइते

बेनी नगरपालिका-५ मा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण बानियाँका छोरा मदन बानियाँलाई चुनाव प्रचारप्रसारको क्रममा नेपाली काङ्ग्रेसका बेनी नगरपालिकाका मेयर पदका उम्मेदवार हरिकुमार श्रेष्ठ सहितको टोलीले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । काँग्रेसका कार्यकर्ताले वैशाख २५ गते बेलुकी गरेको आक्रमणबाट बानियाँ घाइते भएका हुन् ।…

May 9, 2017  
१० जना मेयरका उम्मेदवार एउटै मञ्चमा

स्थानीय तहको निर्वाचनका लागि पोखरा-लेखनाथ महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूबिच 'ककस' कार्यक्रम कास्कीमा वैशाख २६ गते सम्पन्न भएको छ । पोखरा जेसिज, लेडी जेसिज र लेखनाथ जेसिजसँग सहकार्य गर्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले आयोजना गरेको कार्यक्रममा मेयर पदका १० जना र उपमेयर पदका एक जना गरी ११ जना उम्मेदवारहरूको सहभागिता…

May 9, 2017  
चुनावमा धम्की दिएको आरोपमा कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचनमा उठेका उम्मेदवारलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले वैशाख २५ गते नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरका दुई जना नेतालाई गिरफ्तार गरेको छ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्रमा रहेको ढोरपाटन नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य हरि कुँवर र वडिगाड गाउँपालिका घर भएका सोही पार्टीका जिल्ला…

May 9, 2017  
मन्त्रीकै उपस्थितिमा मतदातालाई पैसा बाँडेको आरोप

निर्वाचन आचारसंहिता विपरित काङ्ग्रेसको सभामा भाषण गर्दै काङ्ग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शङ्कर भण्डारीले आफ्नै उपस्थितिमा वैशाख २५ गते भानु नगरपालिका-१ सालबिस्नेमा मतदातालाई पैसा बाँडेको आरोप लागेको छ । निर्वाचन आचारसंहिता लत्याउँदै वनमन्त्री भण्डारीले सालबिस्नेका मतदातालाई प्रभावित पार्न पैसा बाँडेको भन्दै स्थानीयले विरोध गरेका छन् । पैसा बाँडिएको खबर थाहा…

May 8, 2017  
हतियार सहित दाजुभाइ गिरफ्तार

बेसीशहर नगरपालिका-९ भिरकटेरी निवासी २४ वर्षीय मनोज बिक र उनका १९ वर्षीय भाइ प्रदिप बिकलाई प्रहरीले भरूवा बन्दुक सहित सोमबार बिहान गिरफ्तार गरेको छ । चुनावको लागि खटिएको प्रहरीको बिशेष गस्ती टोलीले वैशाख २५ गते बिहान एक बजे हतियार बनाउँदै गरेको अवस्थामा आरोपित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय लमजुङका…

May 8, 2017  
जङ्गलमा सकेट बम फेला

सुलिकोट गाउँपालिका-३ स्वाँराको जङ्गलमा लुकाएर राखेको अवस्थामा सकेट बम फेला परेको छ । वैशाख २५ गते बिहान स्थानीय व्यक्तिहरूले ढुङ्गाको ओडारमुनि शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि सोही सूचनाको आधारमा गएको प्रहरी टोलीले बोरा भित्र खिया लागेको अवस्थामा सकेट बम फेला पारेको जिल्ला प्रहरी…

May 8, 2017