मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र नेपाल पत्रकार महासङ्घ तनहुँको संयुक्त आयोजनामा पुस ८ गते दमौलीमा पत्रकार सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका पत्रकारहरूले भोग्नु परेको आर्थिक, भौतिक तथा अन्य सुरक्षाको विषयमा छलफल गर्ने उद्धेश्यले आयोजित सो कार्यक्रममा बोल्दै इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले अझै पनि पत्रकारहरू…

December 23, 2017  
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान वैठक पुस ७ गते दमौलीमा सम्पन्न भएको छ । वैठकमा इन्सेकले तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर १,२,३,६ र ७ (साविक जामुने र मनपाङ गाविस) मा सञ्चालन गर्दै…

December 23, 2017  
जिल्लास्तरीय परियोजना सल्लाहकार बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कास्कीको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाइ जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार वैठक पुस ६ गते कास्कीमा सम्पन्न भएको छ । वैठकमा इन्सकले कास्कीको लुम्ले र ढिकुरपोखरीमा सञ्चालन गर्दै आएको उक्त कार्यक्रमको विषयमा छलफल भएको थियो । इन्सेक क्षेत्रीय कार्यलयकी कार्यक्रम…

December 22, 2017  
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मनाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा मङ्सिर २५ गते सदरमुकाम चामेमा सम्पन्न गरेको छ । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले थोरै जनसङ्ख्या भएको मनाङ जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी आफूमाझ नआएको बताए । यस्तै जिल्ला न्यायाधीश…

December 13, 2017  
शिक्षकहरू विजयी सभामा, विद्यार्थीद्वारा तालाबन्दी

विद्यालय बन्द गरेर शिक्षकहरू वाम गठबन्धनको विजयी सभामा गएको भन्दै भिमसेन गाउँपालिका-१ मसेलको विन्द्रावती माविका विद्यार्थीहरूले मङ्सिर २६ गते विद्यालयमा तालाबन्दी गरेका छन् । मङ्सिर २६ गते प्रार्थना समयमा 'आज विद्यालय बन्द' भनेर शिक्षकहरूले भनेपछि पठनपाठन हुन नसकेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुरज घर्ती मगरले आरोप लगाए । 'हाजिर…

December 12, 2017  
विविध कार्यक्रम गरी मानव अधिकार दिवस मनाइँदै

६९ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र १६ दिने लैङ्गिक हिंसाविरूद्धको अभियानको समापन मङ्सिर २४ गते पोखरामा विविध कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार आयोग र शान्तिका लागि नागरिक समाजको सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लगायतका संस्थाहरूको आयोजनामा पोखरामा बृहत प्रभातफेरी कार्यक्रम गरी कोण सभामा परिणत भएको हो ।…

December 10, 2017  
काङ्ग्रेस कार्यकर्ताद्वारा मतदान प्रतिनिधिमाथि नै कुटपिट

पैयूँ गाउँपालिका-७ को जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वाम गठबन्धनको तर्फबाट मतदान प्रतिनिधिको रूपमा बसेका युवा सङ्घ नेपालका पैयूँ गाउँपालिका उपाध्यक्ष २५ वर्षीय सुदिप बस्याललाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट भएको पीडित पक्षले आरोप लगाएको छ । मतदान केन्द्रबाट खाना खानका लागि बाहिर निस्कन लागेका बस्याललाई मतदान केन्द्रको गेटबाटै लछारपछार…

December 8, 2017  
काङ्ग्रेस कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्ताहरूलाई आक्रमण गरेको आरोप

भिमाद नपा-५ का एमाले कार्यकर्ताहरूलाई मङ्सिर २१ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेको पीडित पक्षको आरोप छ । सो ठाउँको गणेशमान स्मृति प्राविमा मतदान सम्पन्न भई सुरक्षाकर्मीले मतपेटिका सदरमुकाम दमौली ल्याइसकेपछि राति करिब ७ बजेको समयमा काङ्ग्रेस कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूलाई बाटो छेकेर आक्रमण गरेको नेकपा एमालेका कार्यकर्ता श्यामकृष्ण गैह्रेले…

December 8, 2017  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले मङसिर १८ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित महिलाले मङ्सिर १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् पीडित महिलालाई बलात्कार गरेको आरोपमा म्यादे गाउँपालिकाका ३९ वर्षीय विक्रम थापा, २५ वर्षीय दिनेश…

December 6, 2017  
इन्सेकको आयोजनामा युवाहरूलाई मतदाता शिक्षा प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा जिल्लास्तरीय युवा समितिको संयोजनमा पहिलो पटक मतदान गर्ने तयारीमा रहेका युवाहरूलाई लक्षित गरी मङ्सिर १२ गते मतदाता शिक्षा प्रदान गरिएको छ । निर्वाचनको महत्व, मतदानको प्रक्रिया, मतदान दिने तरिका, मत बदर नहुने अवस्थालगायतका विषयमा युवाहरूलाई जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको…

November 28, 2017