बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भीरकोट नपा-७ बस्ने ४७ वर्षीय केशरबहादुर क्षेत्रीलाई असार २८ गते बेलुकी पोखराबाट गिरफ्तार गरेको छ । आरोपित क्षेत्रीले असार २२ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले असार २६ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका आरोपितलाई…

July 16, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

अपाङ्गता भएकी २३ वर्षीया भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीरकोट नगरपालिका–७ का अन्दाजी ४७ वर्षीय केशरबहादुर क्षेत्रीविरूद्ध असार २६ गते उजुरी परेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । पीडित युवतीलाई आरोपितले असार २२ बलात्कार गरेको भनी उजुरी परेको र पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल स्याङ्जामा असार…

July 13, 2019  
कथित बोक्सी भन्दै दुर्व्यवहार, आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई कथित बोक्सीको भन्दै गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला चापाकोट नपा-२ बस्ने २५ वर्षीया चन्द्रकला थापा र तनहुँ जिल्ला बन्दिपुर नपा-६ घर भई हाल पोखरा मनपा-१६ बस्ने ३३ वर्षीया सोममाया गुरुङलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले असार १७ गते कथित…

July 4, 2019  
बलात्कार गरेको कसुरमा आठ वर्षकैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले सङ्खुवासभा जिल्ला खाँदबारी नपा-११ स्थायी घर भई हाल स्याङ्जा जिल्ला विरुवा गाउँपालिका-२ बस्ने १९ वर्षीय सागर राईलाई असार १७ गते आठ वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश रमानाथ पौड्यालको इजलासले आरोपितलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद…

July 4, 2019  
अनुगमनका क्रममा म्याद गुज्रिएका औषधि फेला

कालीगण्डकी गाउँपालिकाले असार १८ गते गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका औषधिका साथै खाद्य पदार्थ फेला पारिएको छ । गाउँपालिकाको वडा नम्बर ७ स्थित मिर्मी बजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका औषधि र खाद्यवस्तु भेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खनालले बताए । अनुगमनका क्रममा मिर्मिबिजार स्थित सुरज…

July 4, 2019  
मिर्मीमा भेटिएको कुकर बम डिस्पोज

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले असार १० गते आह्वान गरेको बन्दमा कालिगण्डकी गाउँपालिकास्थित मिर्मी बजारमा भेटिएको कुकर बमलाई निष्क्रिय पारिएको छ । पाल्पाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोली र कालिगण्डकी ‘ए’ जलविद्युत केन्द्रको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटना स्थलमा पुगेर सो कुकर बमलाई निष्क्रिय पारेको हो । प्रमुख…

June 25, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपाचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवाषिक समीक्षा कार्यक्रम असार ८ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले सन् २०१९ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलन गरेका बलात्कार तथा बलात्कार प्रयासका १२, प्रहरीद्वारा गिरफ्तार चार ओटा र…

June 23, 2019  
बलात्कार गरेको कसुरमा १२ वर्षकैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले चापकोट नपा-१० का २१ वर्षीय सुर्य बिकलाई असार १ गते १२ वर्षकैदको सजायको फैसला गरेको छ । न्यायाधीश रामनाथ पौड्यालको इजलासले कैद सजायसंगै पीडित पक्षलाई २५ हजार रुपियाँ क्षतिपूर्ति स्वरूप भराउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए ।…

June 20, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबुलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ चैत ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा उजुरी दिएको थियो । घटना पश्चात् फरार आरोपितलाई पीडित पक्षको उजुरीको आधारमा गिरफ्तार…

June 19, 2019  
बिहे गर्ने उमेर नहुँदै गर्भपतन !

नेपालको संविधानमा विवाह गर्ने उमेर २० वर्ष तोके पनि सो उमेर अगावै जिल्लामा गर्भपतन गराउने बालिकाहरूको सङ्ख्या बढ्दै गएको छ । गर्भपतन गराउनेहरूमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले बताइन् । महिनामा ४० देखि ६० जनासम्म गर्भपतनको लागि आउने गरेको पाठकले…

June 16, 2019